Saturday, August 14, 2010

- बिहानी नुतन प्रभात सँगै

बिहानी
नुतन प्रभात सँगै
मेरो कलम
जाँगेको छ
एक बैसालु युवतीझै
आज मेरो कलममा
जोस छ
काब्यको खेती गर्ने
कापीको बक्ष्यस्थल
सिगार्ने
अब लड्ने छ
मेरो कलम
युगको ज्याजती बिरुद्ध
अनि
जन्माउने छ
एक काब्य सपुत
एक युगान्त क्रान्तीविर
आज छैन घायल
रात भरको
दिमागी सहबास सँगै
काब्यरुपी डिम्ब
निछेचित भै सक्यो
अब कसैले
रोक्न सक्दैन
मेरो कलम बाट
अर्को मुनामदन जन्माउन
मेरो कलमको
संतान निडर हुनेछ
अनि एक
अ्इट छाप छोड्ने छ
साहित्यकासमा
मेरो कलम को
संतान पुग्ने छ
गाँउ-गाँउ
बस्ती बस्ती
चेतनाको
ज्ञानको
बिगुल फुक्दै
हे!
पापिस्ट समय
हे!
कालो युग
होसियार!!
मेरो कलम
गर्भिणी छे
उस्को गर्भ मा
हुर्किदै छ
एक युगकारी साहित्य
डर छैन मलाई
मेरो कलम को
गर्भ तुहिने
किनकी
मेरो कलम
अब परिपक्क
युवती छे
होसियार!!
मेरो कलम लाइ
बाझो भन्नेहरु
मेरो कलम को
उछितो काट्ने हरु
मेरो कलम को
पहिला को संतानलाइ
हेला गर्ने हरु
मेरो कलम को
यो संतान
बुद्ध हुने छ
कृष्ण हुने छ
राम हुने छ
सबैको मुखमा
मन रहनेछ
युगको लंका
जल्ने छ
तीन लोक
चौध भुवन
कम्पन हुनेछ
साहित्यप्रेमिको दिलमा
राज गर्ने छ
एक धुर्ब तारा हुनेछ
साहित्यमा
त्यसैले
नसोच मेरो कलम
घाइले छे
बिरामि छे
बाझो छे
किनकि
मेरो कलम
दोजिया छे!!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive