Saturday, August 28, 2010

गज़ल-५

हिड्दा हिड्दै दोबाटोमै बहिष्कार भो जिन्दगानी!
अनायसै सबैतिर हारै-हार भो जिन्दगानी!!

फुल्ने रहर सबै तिर लहलह बेलीसरी!
त्यसै आज मरुभुमी तिते झार भो जिन्दगानी!!

छैन ओत देशमानै हेप्नु हेपे यो गोर्खेलाई!
बिदेशिदा हर्ष छैन बीना सार भो जिन्दगानी!!

उठ्नै पर्छ जुट्नै पर्छ कु-बिचार तोड्नलाई!
फिर्ता गर्न अधिकार अवतार भो जिन्दगानी!!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive