Monday, January 17, 2011

म कवि होइन

म कवि होइन
म कविता लेख्दिन
मेरो नाम 
मेरो काम 
चिन्दैन् समाजले।।



बहुरङ्गबाद 
जान्दिन
तेसैले 
म समादर्शि काईला भइन
म जीवन दर्सन 
बुझ्दिन
चुम लिम्बु भइन
म सँग 
जीवन भोगाइ छैन
हेमन्त परदेशि हुन सकिन
ममा आगो ओकल्ने
क्षमता छैन
म दीप्त शाह बनिन
ममा कोमलता छैन
मनु लोहोरुङ हुन सकिन
मैले आफुलाई
खार्न सकिन
तेसैले 
परीहास् शुब्बा 
प्रभा आचार्य हुन चाहिन


मेरो नाम
तेसैले कसैले 
जानेन
म सिकारु भएको 
कसैले मानेन
म 
कविता लेख्दिन
म 
कवि होइन
हुनै सक्दिन
तर
सिक्नु छ
बहुरंगवाद
बुझ्नु छ
दर्शन जीवन 
अनि उतार्नु छ
कवि भएर होइन
सिकारु भएर।।।

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive