धेरै दिन पछि आज जि-मेल खोल्दै छु,१२० वटा नहेरीएका मेल रहेछन्।म्यासेज भन्दा पनि पठाउँने ठेगना पहिला हेर्ने मेरो बानी,पठाउँनेको ठेगना हेर्दै थिए एक्काशि मेरो नजर एउटा ठेगनामा पुगेर रोकियो।अनायसै मेरो हात काप्यो,हात कमाउँदै हातका औलालाई माउसको साहराले त्यहाँ किलिक्क गरे।बिषयमा If u dont mind लेखिएको थियो।जती जती म्याशेज पढ्दै जान्छु म उति उति अतितमा पो हराउँन थाले।
चन्द्रा म तिमीलाइ माया गर्छु,जुन दिन तिमिलाई देखे त्यो दिन बाट यो मन-मुटु तिम्रो नाममा सुम्पिए।प्रभातले मलाइ भनेको शब्द हो यो सायद ७ वर्ष पहिला।
त्यो बेला म मा ज्यादै रुपको घमण्ड थियो।म संसारकै सुन्दर युवती हु भन्ने अहमता थियो म मा।त्यो समयमा उसको प्रेम प्रस्ताप नकार्दै पृथ्विले आकाश सँग पीरती गाँस्ने सपना नदेख्न अनि मलाइ माया गर्ने कुरा भन्दा पनि ऐनामा आफ्नो अनुहार हेर्न अनुरोध गरेकि थिए।टिलपिल आँशु नयनमा पार्दै चन्द्रा म तिम्रो रुपलाइ होइन तिमिलाइ माया गर्छु,जन्मै जन्म गरीरहनेछु भन्दै बिदा लियो।बिचमा उसको र मेरो भेट/ च्याटमा हल्का कुरा नभएको भने होइन।फेरी मैले सम्झे त्यो कालरात्री जुन समयमा मेरो दुर्घटना भएको थियो,४ महिना म पूर्णतया थाला परे ।मेरो अनुहार मा चोट लाग्यो जसको कारण मेरो सुन्दरता गायब भयो ।म कुरुप भए ।अनयासै मेरो आँखा बाट आँशु आयो । फेरि उही इमेल पढ्न थालें -उसले अन्त्यमा लेखेको थियो"चन्द्रा प्राप्ती भन्दा नपाउँदाको प्रेम अमर हुदोरहेछ ।म सुन्दर हुन सकिन सकिन तर ऐना सँधै हेर्छु तिम्रो घृणा याद आउँछ जुन सुखद पल बन्छ । अब शायद तिम्रो घमण्डको अंहमको सिमा रेखा ढल्यो होला तर मलाई कुनै फरक पर्दैन तिम्रो मुहार सँग किनकी म तिमीलाइ माया गर्छु नकी तिम्रो रुपलाई ।
मेरो आँशाबाट असारे भेल बहन लागे मनमा खिन्नता छाँयो,म कस्तो घमण्डी केटी रहेछु आत्मा ग्लानी भो ।
रचनाकाल-१९ /१ /२०११
0 सुझाबहरु:
Post a Comment