पिरतीको आगो दनदनी छ दिलमा।
मायाकै ज्वरो हनहनी छ दिलमा।।
भेटियो माया मनबाटै रोजेकी।
त्यसैले तिम्रो मनमानि छ दिलमा।।
भमरा डुल्छ फूलडाँली जहाँ छ।
पापीको आँखा भनभनी छ दिलमा।।
यो हाम्रो नाता मुटुभित्रै ताजा छ।
सुबु र तिम्रो चिनजानी छ दिलमा।।
रचनाकाल-२४।०१।२०११ सोमबार
0 सुझाबहरु:
Post a Comment