Wednesday, May 4, 2011

कबिता


मेरी एउटी प्रेमिका छिन
राम्री नभए पनि कुरुप होइन
काला चक्षु चञ्चल छन्
झरना जस्ता काला कपाल
कम्मर सम्म लत्रीएका
फराकिला चौडा निधार
अनार जस्ता रसिला ओठ
हिराका लहर जस्ता दाँत
हल्का उठेका बक्षस्थल
साँस्ची मेरी प्रेमीका राम्री छिन्।।
मुस्कान सँगै बोल्ने उनको बानी
कती लठिए कति पागल भए
म पनि लठिए र पागल भएँ।
उनलाइ म अँगालोमा कस्न चाहन्छु।।

 मेरो हृदयमा पोखिन लागेको माया
ए!मेरी प्रेमीका,हृदयकी रानी
तिमीलाई माया  दिन चाहान्छु
तिमीलाइ तन र मन दिएँ 
थाहा छैन म तिम्रो प्रेमी हो 
या होइन?
तर 
म एक्लै तिमीलाइ प्रेम गर्छु
जुन प्रेम प्राप्ती र गुमाउँनुमा
सरोकार हुन्न 
तर
प्राप्ती मिठो हुन्छ।।

थाहा छैन कसरी मैले तिमीलाई प्रेम गरे
के तिमी मलाइ प्रेम गर्छौँ?मेरी प्रेमीका

तिम्रो सलक्क परेको त्यो पातलो तन
हिडाइको बिराले चाल
साँच्चै सपनीमा पनि देख्छु
सपनामा टोलाई रहेको बेला 
निन्द्रा देवीले प्रश्न गरिन्
तलाई यो सन्सारको के प्यारो लाग्छ??
मैले गोलबोलीमा भने हिमाल
देवीले मानिनन्
फेरी मैले भने
आफुनै
उनले झन मानिनन् 
मैले भने मेरो जन्मभुमी
उनले मलाइ लोप्पा दिइन्
म सपनामै चिच्याएँ
म कापीरहेको थिएँ
कापेकै श्वरमा भने मेरी प्रेमीका
देवीले पनि अट्टाहस् लगाइन्
हो बल्ल ठिक!!
मैले प्रेमीकालाई सपनिमै पाएँ
जोडले अंगालोमा कसे
तर
फजुल त्यो सिरानी थियो।।

ए!!!
मेरी प्रेमीका 
मलाइ माया गरन
के माया पाउँन कठिन छ?
माया पाउँन तारा झार्नु पर्छ?
तारा त म सक्दिन झार्न
मेरी मायालु म तिमीलाई पाउँन
मुटु भित्रको धड्कन दिन्छु
नशा नशा दौडिरहेको
रगत दान दिन्छु
म तिमीलाई प्रेम गर्छु
मेरो प्रेममा लोभ छैन यौनको
म हृदयमा पूजिराख्न चाहन्छु
तिमीलाई म धित नमरुन्जेल
हेर्न,माया लाउँन चाहन्छु
तिमी आउँल प्रेम बोकेर
प्रेमको शिखा जलाएर
तर,
यो सम्वभ छ त??
म कहिले तिम्रो मायालु 
प्रेमी बन्छु???

मेरी एउटी प्रेमीका छिन 
राम्री साँच्ची राम्री अप्सरा जस्ती
राम्री मलाइ लाग्दछिन्
ए! मेरी प्रेमिका तिमी मेरी 
मात्र मेरी अरुको होइन
म तिमीलाई मदनले मुनालाई
मञ्नुले लैलालाई दिएको 
माया दिगो माया दिन्छु
तिम्रो प्रतिबिम्ब मैले राख्या'छु
आँखाको नानीमा हृदयको सिङ्गासानमा
मुसुक्क हाँस्दै खिचाएको तस्विर
सदा सदा तस्विर तिम्रो
छातीमा राख्छु अनि चुम्छु
कती पटक तिम्रो साथ हुदा
कती पटक तिमी सँग खुलेर बोल्दा पनि
तिमीलाई माया गर्छु भन्न सकिन
के तिमी मलाइ माया गर्छौँ भन्न सकिन
म प्रेममा काँतर,होइन होइन
एक्लै माया गर्नु के नामर्दपन हो
कातरपन हो??
प्रेम गर्नु दोष कसको??मेरो??

ए!मेरी राम्री प्रेमिला
बुझन मेरो मायालाई
मेरो प्रेम स्विकार गरन
तिमी राम्री छौँ होइन अति राम्री छौ
भनेर सर्काउनु मेरो लक्ष्य होइन
तिमी मलाई राम्री लाग्छौ 
पुग्यो मलाई ।


खोइ कहिले सम्म म तिमीलाइ एक्लै माया गर्छु????
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive