Tuesday, July 12, 2011

गज़ल-७७

सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो  छाती !
थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो  बाती !!

बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो  मेरो  हात !
शुन्य प्राय कोठा हाम्रो,कस्तो मात  चढ्यो  राती  !!

 तन मन  सुम्पियौ’नि,फुट्यो बार समाजको !
भए हुने सोची रहे,रात पछी रात जाती !!

जिते युद्ध  तिम्रो भने,रातो पिरो अनुहार!
खोली हेर्दा आँखा मैले,सिरानी पो थियो माथि!!

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive