Wednesday, August 24, 2011

भुत !!


दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो  गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/

चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको एकोहोरो स्वर /सुनसान सडक अनि त्यो नदी /दुई भाइ नदी छेउमा के पुगेका थिए/अलिक पर जहाँ धेरै जसो मान्छे जलाउने गरिन्थियो एउटा आकृति देखियो हल्लिरहेको /लाग्थियो त्यो आकृति हिड्दैछ /दुई भाइकै होस् उड्यो /अब के गर्ने कसो गर्ने बेखबर/"यहाँ  बाट खोला तर्नु ठीक छैन अब भाग्नु पर्छ"-एक भाइले भन्यो /हो हो हामीले आज गल्ती गर्यौ भूतले हामीलाई घेरेजस्तो छ भाग्नुनै उचित होला /

अब भाग्न थाले दुई जनानै  ,भाग्दा भाग्दै एक जनालाई कसैले समाते जस्तो अनुभव भो-ओई राजु मलाई कसैले समाते जस्तो छ "/पछाडी फर्किएर हेर्दा राजुले पनि त्यहाँपनि त्यो आकृतीनै देख्यो /गुहार गुहार हामीलाई भूतले मार्न लाग्यो राजु करायो /तर उसको अर्को साथी चुप चाप छ /हल्ला खल्ला भएपछी गाउँका मान्छे पनि भेला भए/राजुले सबैलाई उसको अर्को मित्र भए ठाउमा लाग्यो /टर्चको उज्यालोमा देखियो उ त  बाटाको काडेतारमा अड्किएको रहेछ /अलि अलि श्वास बाँकीनै थियो अब छिटै उसलाई घर लाग्ने तरखर भो /ठूलो हुल बाँधिएका थिए अब भने /खोला तर्ने बेलामा सबैले पहिला भुत भएको ठाउमा टर्च लगाएर हेरे /


त्यहाँ त एउटा बुढो रुखको जरो अनि सानो मुढो नदीको किनारमा छाल सँग हेलिदै थियो /
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive