Tuesday, September 27, 2011

कथा-"राज-"


कथा-"राज-"

                                                   Nirajan Prabhat Luitel

 म कुदेर मतान कोठामा पसे धन्न मलाई कसैले देखेन।मलाई खपिनसक्नुको पीडा भो,यो पीडा प्रसव पीडा भन्दा कम थिएन पक्कै पनि।एक कुमारीको कुमारीत्व सबै भन्दा महान सम्पती तर आज मैले त्यो सम्पतीनै गुमाएँ।मेरो छाती जस्तै टुक्का टुक्का भएको ऐना हेरे आफ्नो अनुहार आफुलाईनै घिन लाग्दो कुरुप लाग्यो।म मन खोलेर रोएँ,रुनु बाहेक मेरो अर्को सायद बिकल्प पनि त थिएन।

मेरो बा आमाको एक्लो सन्तान म।२०,२५ वटा पशुवली दिएर,धेरै देवी देवतालाई भाकेर मात्र मेरो जन्म भएको रे आमाले मलाइ सुनाउनु भएको।विवाह भएको लामो समय सम्म पनि कुनै संतान नहुदा गाउँमा अनेक थरी कुरा गर्न थाले रे गाउँलेहरुले,समाज त्यस्तै छ अर्काको कुरा नकाट्दा कहाँ खाएको  पच्छ र?बाँझि यस्तै यस्तै खोइ के के नानाथरी भन्न थालेछन् आमालाई,एका तिर सन्तान नहुनुको पीडा त्यसमा गाउँलेहरुको सधैँको निच हेराई।जे जस्तो भए पनि जीवन नामको गाडीलाई अगाडी बढाउनु पर्ने बाध्यता।लामो समय पछि मेरो जन्म भयो आमाको खुशिको सिमानै रहेनछ,तर छोरी पो भनेर बाले एक पटक मुख खुम्चियाउनु भएछ। "नखाउ भने दिन भरीको सिकार,खाउ भने कान्छबाबुको अनुहार" भने जस्तै भयो सायद बालाई।

एक मध्यम वर्गको परीवार हाम्रो।के लगाउ के खाउ को चिन्ता थिएन हामीमा।मेरो बा सरकारी स्कुलको शिक्षक आमा घर मन्त्री।उच्च वर्गिय जीवन शैली नभएपनि मेरो लालन पालन सुखपूर्वक भएको थियो।


दिन बित्दै गयो अलि अलि गर्दै,उमेर रुपी पात्रो पनि पल्टिदै गयो।प्राथमिक शिक्षा मैले बाकै स्कुलमा लिएँ।कक्षा ६ बाट मैले अर्को स्कुल भर्ना हुने पर्ने बाध्यता,नजिकै कुनै पनि मध्यमिक स्कुल नहुनले दिनको २ घण्टा हिडेर स्कुन जानु पर्ने मेरो मात्र होइन हामी सबैको बध्यतानै थियो,अझै पनि छ।जीवन नामको रथ हुइकियो बे तालमै।म दिन दिनै बढ्दै गए।सबैले मेरो रुपको चर्चा गर्न थाले गाउँमा,स्कुलमा।पढाईमा मध्यम म तर पनि सबै शिक्षकहरुको आँखामा परिरहेने मध्य एक म पनि थिएँ।उमेरको प्रवाह सँगै धेरैले मलाई मीठा मीठा शब्दहरुले सझाएर प्रेम पत्रहरु लेख्न थाले।तर मैले कसैको मायाको वास्था गरिन।मेरो पनि आफ्नै ईच्छा थिए,सपना थिए।सपनाले मान्छेलाई के के गराउँछ,मान्छे सपना लिएर जन्मिदो रहेछ सायद त्यो सपना सँगै मर्छ पनि।

बाहिर कोहि बोलेको आवाजले म झस्किएँ,अतित बाट बाहिर आएँ।ढोका खोलेर बाहिर हेर बाहिर कोही पनि थिएनन्।आफु सुत्ने कोठाका सामान मिलाउन थाले।पुस्तकहरु मिलाउन थाले एक्कासि मेरो हातमा एउटा नोट पर्‍यो।पून म अतितमा हराउन थाले।

म कक्षा ८ मा पढदाको कुरा हो हाम्रो घर नजिकै एक काका(गाउँले)अर्को गाउँबाट बसाई सरेर आउनु भएको थियो।उहाँहरुको अनि हाम्रो घरको परीवार बिच छोटो समयनै आत्मियता बढ्यो।उहाँहरुको २ बहिनी छोरी एक भाई छोरा थिए।हाम्रो घरमा छोरा नहुनाले काकाको छोरा(नविन)लाई बा आमाले आफ्नो छोरा जस्तै माया गर्नुहुन्थियो।हाम्रो घरमा केहि मिठो मसिनो बन्यो कि नविनलाई बोलाएर उसलाई खुवाएर मात्र उहाँहरु खानु हुन्थियो।नविनले पनि बा आमालाई आफ्नो बा आमा जस्तै माया अनि आदर सत्कार गर्थियो।नविन अनि म एउटै कक्षामा पढ्ने हुनाले सँगै स्कुल जाने सँगै घर आउने स्कुलको होमओर्क पनि सँगै गर्ने गर्न थाल्यौ।हामीमा पनि एक प्रकारको आत्मियता बढ्न थाल्यो।एक अर्कोको भावना साटासाट हुन थाल्यो।एक मेहनती केटाहुनाले स्कुल अनि गाउँमा सबैले छोरा होस् नविन जस्तो भन्न थाले।

आत्मियताको एउटा हदपार भो,मैले उसलाई पनि त भनेर बोलाउन थाले,उसले पनि त।त त म म गर्ने जिस्किने राती अबेर सम्म सँगै पढ्ने गफ गर्ने यस्ता हाम्रा दैनिकिनै भए।हाम्रा बा आमा पनि खुशिनै हुनुहुन्थियो हाम्रो आत्मियता देखेर।छोरीले दाजु पाएकिछे भन्नुहुन्थियो आमाले।परिवेश बदलियोस्,योग्यता बढोस् अनन्त तहगत यात्रा सपेक्षण गर्नै किन नपरोस् तर हाम्रो यो आत्मियता,मित्रगत नाताको लहरा कहिले पनि सुक्ने छैन हामीले कसम खयौ।जीवनका गोरेटाहरु कसरी पार गरियो थाहानै भएन।हामी दुबै जनाले एस एल सि प्रथम श्रेणीमा पास गर्यौ।

म साहित्यलाई माया गर्ने मान्छे कलेजमा मानविकी पढ्ने भए नेपाली साहित्यमा केहि गर्ने सोच लिएर।उ म भन्दा अब्बल दर्जाको पढाई भएको हुनाले उसले व्यस्थापन लिने भयो।अब हाम्रो कलेज पनि फेरीयो।मलाइ उसको आत्मिताले सधैँ पोल्न थाल्यो।२ वर्ष सँगै बिताएका अतितले घोच्न थाल्यो।मलाइ थाहा छैन किन किन मलाइ एक्लोपनले सताउन थाल्यो।नविनको याद सुनामि बन्न थाले,धड्कन बीनाको मुटु अनि पानी बिनाको माछो सँग मेल हुन थाल्यो मेरो दैनिकी।जे जस्तो भएपनि म आफ्नो सपना पूरा गर्ने अठोट लिएर मनलाई काबु गर्दै पढ्न थाले।प्रथम वर्षको परिक्षा पनि सकियो।बिदाको समयमा घर गएर पनि गर्नु केहि थिएन त्यसैले म शहरमानै बसेर कम्प्युटर सिक्न थाले।अलि अलि गर्दै मैले नविनलाई यादको तरेलीबाट निकाल्दै गएँ,मनबाट भने होइन।आखिर जीवन हो जीउनु छ तर बाध्यता विवशताको खाडललाई कुल्चेर,दमन र मानसिक पीडाले पीडित मुटुलाई थिचेर कृतिम हाँसोमा मुस्काएर।बाध्यता अनि कर्तव्य पनि कस्तो अनौठो हुने है।मैले मेरो मात्र होइन मेरो आमाको सपना पनि पूरा गर्नु पर्नेछ,बालाई देखाउनु छ बा आजका छोरी पनि कम छैनन्,छोराले भन्दा धेरै गर्न सक्छन्।त्यसैले मैले अरु केहि सोचिन मात्र लक्ष्य प्राप्त गर्न मन वचन अनि कर्मले लागे,लगि रहे।मेरो मेहनतकोफल ,आमाको आशिर्वादले प्रथम वर्षको रिजल्ट पनि राम्रोनै आयो,जसले मलाई यो सालपनि अझै राम्रो गर्न प्रेरणा दियो।तर अझै पनि मैले नविनलाई भुल्ल सकेको थिइन किन किन।म घर गएको समयमा उ घरमा नहुने अनि म शहरमा हुदा उ घर जाने हुनाले २ साल सम्म हाम्रो भेट भएकोनै थिएन।दोश्रो वर्षको परिक्षा सकेर यो पटक म घर गएँ,नविन पनि घर आएको रहेछ।धेरै राम्रो देखे मैले उसलाई किन किन उसलाई अंगालोमा बेरेर रुन दिलले भन्यो तर शरिरले मानेन।

"हेर हेर शहरको हावाले यो पनि मोटी भइछे।"नविनले भन्यो
"आफुलाई कसले भन्दियोस् नि?"मैले पनि छड्के हाने

लामो समयको पछिको भेट भएपनि नविनले म सँग खासै कुरा गर्न मन गरेको जस्तो लागेन।शहरको हावा पानीले सायद मेरो नविन बदलियो होला दिमागले भन्यो तर यो मन कहाँ मान्थियो होइन मा अड्डिलियो । म शहरबाट आएको तेस्रो दिन,नविनले दिउँसो उसको घरमा बोलाएको थियो।मेरो मन फुरुङ्ग थियो कहिले यो बिहान बित्ला पनि उसलाई भेटेर वर्षै देखि मनको भंडारमा राखेका यि शब्दलाई पोख्नु झै भएको थियो।समयपनि कति निष्ठुरी अनि बैमान हेर न यो घडीको सुई पनि बिस्तारी चलेको घडीसँग रीस पोखे।

दिनको 12 बजे म नविनको घर गएँ।घरमा नविन अनि उसको शहरबाट आएको एउटा साथि मात्र रहेछन्।कहाँ बाट आएको होला त्यो साथी हामी दुईको बीचमा रीस पनि उठ्यो।

"हेलो ईशा आइज आइज हामी तेरो प्रतिक्षामा थियौ।" नविनले भन्यो
"हेलो नविन होर?" मैले प्रश्नको घोचो तेर्साएँ

"हो त कुनै शंका?"नविनले हाँस्दै भन्यो

"छैन छैन किन शंका गर्नु मैले तलाई?" सटिक उत्तरको साथमा प्रश्नपनि झुन्डियाएँ मैले

"उ मेरो सबै भन्दा मिल्ने साथी राज उसको घर धरान,यो बिदा मनाउँन म सँग यहाँ हाम्रो गाउँ आएको।" नविनले साथी सँग परीचय गरायो।

"नमस्कार हजुर-म ईशा, हजुरलाई हाम्रो गाउँमा स्वागत छ।अनि कस्तो लाग्दैछ हाम्रो गाउँ?"स्वागतम् सँगै प्रश्न मेरो

“नमस्कार-राम्रो तर हजुर जस्तो होइन" राजले ठट्टा गर्दै भन्यो।
"अहो!शहरका मान्छे सँग कुरा गर्न कसले सक्छ र?" मैले त्यो बिषयबाट उम्किन चाहे

"हजुरको बारेमा अक्सर नविनले कुरा गर्छ,मेरो बालसखि यस्तीछे उस्तिछे।अहो!के कुरा गर्नु त्यसैले मलाई पनि हजुरको गाउँ भन्दा पनि हजुरलाई भेट्न मन थियो,आज त्यो ईच्छा पूरा भएकोछ,धन्य भगवान।" मायालु बोलीमा बोल्यो राज

होला होला,शहरका अप्सराको अगाडी यसले मेरो याद त गरेन होला?शंका व्यक्त गरे मैले अनि राज जि मलाई हजुर भनेर नबोलाउँनु होला है अब देखि ,म उमेरमा पनि हजुर भन्दा सानी तिमी भन्नु होला"प्रस्ताप थियो मेरो

"तिमी कि त?" नविनले जिस्किएकोपारामा भन्यो
"जे भने पनि भयो तर हजुर भने भन्न नपाई"म पनि कहाँ कम थिएँ
"हुन्छ हुन्छ म तिमीनै भन्छु"राजले हाँस्दै बोल्यो

यसरी छोटो समयमै आत्मियताले भरिएको अनुभुती भयो मलाइ।नयाँ नयाँ नाता आउछन्-जोदिन्छन् कति तोडिन्छन् आखिर जीवन यस्तै त होला मनलाई बुझाए मैले।

"ईशा जि मलाई हजुरको गाँउ डुलाउने होइन?"राजको प्रश्न गर्यो

"ल ईशा तेरो जिम्मा भयो राजलाई डुलाउँने त्यसैले मैले तलाई यहाँ बोलाएको।"नविनले बल्ल राजको कुरा खोल्यो

नयाँ मान्छे,आजै त परिचय भएको मैले कसरी उसलाई सँगै गाँउ डुलाउन सक्छु?मेरो मनले प्रश्न गर्यो म सँग।म केहि सोच मग्न भएँ

"होइन कता हराएकि नि ईजा तिमी"राजको प्रश्नले झस्किएँ म।"होइन तिमीलाई आपत्तिछ भने ठिकैछ म नविनले भ्याएको दिन घुम्छु अझै ५, ६ दिन त बसिन्छ जस्तो छ।" राज लगातार बोल्दै गयो उसको अनुहारको मायालुपन देखेर आफुलाईनै कता कता कुतकुती लागेको भान भयो।

"होइन त्यस्तो ,किन नडुलाउँनु पाहुनाको सत्कार गर्नु हाम्रो सस्कारनै त हो,बोरु अब ढिला नगरी बाटो लाग्नुपर्छ कि?नत्र साँझापनि पर्छ।"मैले हिड्न अनुरोध गरे

रमिते डाँडो,आम्पाते भिर।औसी बजार सबै उसलाई डुलाएँ मैले।
"आहा!! साँच्चै सुन्दर गाउँ मान्छेहरु जस्तै"-राजले मलाई हेर्दै बोल्यो

एक्कासि किन किन मेरो नजरले उसलाई हेर्न सकेन अनि मेरो चक्षु नत भए। के भन्ने के नभन्ने दुबिधामा परे म।"होइन होला मैले सुनेको हजुरको धरान पनि धेरै सुन्दर नगरीमा पर्छ रे?"कुनै बोल्ने माध्यम थिएन त्यसैले मैले प्रश्न माथि प्रश्न गरे राजलाइ

धरान पनि सुन्दर छ,तर यो गाँउ किन किन मलाई धेरै प्यारो लाग्दैछ।मैले खोजेको बस्तु पाएँ झै भान हुदैछ यहाँ आए पछि।हिजो सम्म म अपूरो थिएँ,आज सारत्व भेटेको आभास हुदैछ।खोइ के छ यो गाँउमा म तानिदैछु,हराउँदैछु यो गाँउमा।यि कलकल गर्दै बग्ने झरना,ति तारे भिर हो मलाई सपना जस्तो लाग्दैछ।मैले गन्तव्य पाएँ अब,म हराएको थिएँ हिजो सम्म तर आज सम्हालिदैछु।"राज धेरै भाबुक हुदै बोल्दै गयो।राजको जीवनमा केहि न केहि राज पक्कैछ मैले अनुमान लगाएँ।

"आहा!! उ त्यो झराना भए ठाउँमा जान सकिन्न?" राजले सोध्यो

"सकिन्छ तर आज होइन भोली हुन्न?साँझ पर्न लाग्यो अब घर पनि जानु पर्छ।"मैले भने

"ईशा भोली कसले देखेको छ र, भोली मरिन्छ कि बाँचिन्छ कसलाई थाहा? यो भौतीक तनको के भर?भोलीवादलाई कहिले पनि अंगाल्नु हुन्न।भोलीवादी मान्छे कायर हुन।"राजले साहित्य अनि दर्शन छाट्यो

जे होस् उसको आवाजमा कुरा गराईमा केहि दम पक्कै थियो।मैले किन उसको प्रत्येक शब्द शब्दमा नयाँपन पाउन थालेको थिएँ,किन होला म उसको संसारमा हराउन चाहन्थे?किन किन................???????

"होइन बेला बेला के हुन्छ तिमीलाई?"राजको आवाजले म तन्द्राबाट बाहिर आएँ
"जाने होइन?"पून उसले सोध्यो

मैले टाउको हल्लाएँ मेरो ईसारा पाएर उ खुशि भयो।

हामी काब्रे डाँडा छिचोल्दै असारे झरना हेर्न गयौ।बाटोमा हिड्दा हिड्दै एक्कासि मेरो खुट्टामा ठेसलाग्यो म चोटले कराएँ,धन्न मेरो खुट्टाबाट रगत आएन।राज म भन्दा धेरै तल थियो,उसलाई हिड्न कठिन भएको स्पष्टै देख्न सकिन्थियो उसको अनुहार हेरेर।मेरो आइया!को अवाज सुनेर उ दौडेर आयो।के भो ईशा रुन्चे अनि मायालु आवाजले म अवाक भएँ।मलाई लागेको होइन चोट उसलाई लागेको छ अनि पीडापनि उसैलाई हुदैछ उसको अनुहार त्यसै भन्छन्।उसलाई चुम्न मन लागेर आयो तर सकिन।किन किन आज मलाई मेरो यौवनले खिल्लि उडाएझै लाग्यो,मनले भन्यो यो जोवान कसलाई हो र किन आखिर किन मैले यसलाई साँचेर राखेकोछु कतै राजलाई दिन त होइन?होइन होइन अह! यो कदापी हुन सक्दैन् मैले दिमागको कुरा सुने।यसरी मन अनि दिमागको युद्धले मलाई मर्म मर्ममा प्रहार गरेको अनुभुतीले दुख्नु दुख्यो।

"ईशा धेरै दुख्यो?हिड्न नसक्ने भए जाउँ घर अब।"अहो कस्तो मायालु मन कस्तो आत्मियता आखिर किन राजको व्यवहारले मलाई सोच्न बाध्य बनायो

"होइन होइन म ठिक छु यस्ता कुरा हामी गाँउलेहरुको जीवनमा साधारण हुन्छन्।"बोल्दै म उकालो लागे

दिनको यस्तै ४ बजे हुदो हो हामी अक्करेभिरको छेउबाट झर्ने असारे झरना भएको स्थानमा पुग्यौँ।राजले झरना देखेर खोइ के सोच्यो उ ज्यादै खुशी भएको रेखाहरु उसको अनुहारमा स्पष्ट देखिन्थियो।
लामो समयको थकानले गर्दा म सुस्ताएँ एउटा ढुङ्गामा,म देखि निकै पर आएर बस्यो राज।

"राज हजुर किन त्यति पर बस्नु भएको?"मैले सोधे
"त्यसै,तिम्रो आत्मितयाको बारेमा सोच्न होला सायद"राजको भनाइ

हाँस्दै हास्दै राज मेरो नजिकै आएर बस्यो।
"तिमीलाई जीवन के हो जस्तो लाग्छ ईशा?"राजको प्रश्न

"जीवन ईश्वरको वरदार हो अनि यो चराचर जगतको सुन्दर फूल"मेरो सटिक जवाफ।"अनि हजुरको हेराईमा के हो त राज जि जीवन?"पून प्रश्न

तिमी प्रश्न धेरै गर्छौँ।" हा हा हा राज ले राज लुकेको हाँसो छोडेर बोल्यो।उसको त्यो हाँसेले मलाई लठ्ठ बनायो।हामी दुरीमा धेरै नजिक थियौँ मात्र हावाको झोका छोर्ने दुरी कायम थियो हामी दुईमा।उसबाट बहने प्रतेक स्वसले मलाई लठ्ठ पार्दै थियो,जसरी परागमा किरा,माहुरी लटिन्छन् उसै गरेर।उसलाइ मेरो बहुपासमा कस्न मन फेरी अतुर भयो,तर समाल्नु समाले मैले यो मनलाइ।कस्तो आत्मियता खोइ कुन्नि?आज मैले जीवनमा कहिले नपाएको खुशी  पाएको अनुभुतीले मलाइ टोकसो दियो,मन हर्षले नाँच्न थाल्यो।


जीवन  मेरो हेराईमा राजले बोल्न थाल्यो-"वास्तवमा जीवन दु:ख,पीडा मात्र होइन।जीवन सुख,हर्ष,प्रेम अनि मित्रता पनि हो।धेरै दुखेर जीवन बाँच्छन् तर होइन जीवन हाँसेर भावना आदान प्रदान गरेर पनि बाँच्न सक्नु पर्छ तब मात्र जीवन के हो कस्तो छ थाहा हुन्छ।ईशा यहाँ धेरै जीवनमा मोडमा मेरा ओठ काँपेकाछन्,आँखाबाट आँशु झरेकाछन्।मैले धेरै निरिह अनुहारको बोली सुनेकोछु।जीवन के हो भनेर मज्जाले जान्न त जीवन पूरा भोग्नै पर्छ नि होइन?"राज बोल्दै गयो

यहाँ दुई दिन मायाको नाटक गरेर भोली छोडेर जानेपनि छन्।प्रगाढताको छहारीमा महान्ताको संगीत गुञ्जने यो अनन्त स्मरणमा चञ्चलता दिने त के कुरा हरेक पल स्मरण केन्द्रको मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन् भन्न सकिन्न।" राजले खोइ के भन्यो मैले कुरा बुझिन्

म चुप लागेको देखेर राजले सोध्यो "ईशा तिमीले माया गरेको छौँ?" यो प्रश्नले म एक पटक फेरी नराम्रो सँग झस्किएँ।सम्माले आफुलाई"छ किन नगर्नु" सटिक तर मेरो सोच बीनाको शब्द खुस्कियो मन खिन्न भयो।

कसलाई?-राजले हठास प्रश्न गर्यो

"आफुले आफुलाई।" रेडिमेट जवाफ

लामो स्वास तानेर भन्यो राजले "अहो! कस्तो पाल्सि कुरा गरेको"

हा हा हा हा हाँसेरनै कुरा टार्ने बिचार गरे

"अब रात पनि पर्न लाग्यो जानु पर्छ घर।"आकाश हेर्दै बोले म

"हुन्छ जाउँ अब भोली पनि त घुम्नु छ तिमी घुमाउछौँ होइन मलाइ भोली पनि?" राजले जिज्ञासा राख्यो

मनले भन्यो अब त यो शरिर तिम्रोनै हो राज यो तनमा मनमा तिम्रोनै अधिकार छ तर मुखले आवाज जन्माउन सकेन बिसौलीको जिब्रो नकाम भएपछि मैले घार्निकै टाउँकाको सहयोगले समर्थन जनाएँ ।

हिजोको बाचा अनुसार आज पनि म राजलाई गाउँ गुमाउँन नविनको घर लागे।मनमा अनेक तर्कनाले डेरा जमाइरहेछ आज किन किन?मन स्थिर छैन,एउटा अदृष्य भय,त्रास अनि खुशी मनको तरेलीमा चचहुई चचहुई गर्दैछन्।मनमा अनेक तर्कना खेलाउदै म नविनको घरमा पुगे।

आज बाहिर कोहि मान्छे पनि थिएनन् त्यसैले मैले बाहिरबाट आवाज दिएँ नविन नविन ।भित्रबाट राजले आवाज दियो-"ए! ईशा तिमी आउ आउ भित्रै,आज घरमा कोहि पनि छैनन् त्यसैले म एक्लै भित्र पुस्तक हेरेर बसेको।"

म भित्र गएँ राजको पछि पछि।आज भन्दा २ वर्ष पहिलाका नविन सँगै बसेको त्यो कोठा,फेरी मलाई नविनको यादले सतायो अझ भनौ अतितले दुखायो,कता कता चिमोट्यो।घाउ बल्झियो फेरी,मैले सधैँ मनमा पूजा गरेको मान्छेको कोठामा म अर्कै पुरुष सँग छु त्यो पनि एक्लै?खोइ किन् अकिन मलाई नराम्रो लाग्यो।थाहानै नपाई दुई थोपा आँशुले गालाको डिल पार गरेर गह रुझाएछन्।मैले आफुलाई अब सम्हाल्नै पर्छ अठोट गरेर मनलाई सम्हाले।

"बस न किन ट्वाल्ल परेर हेरेकि?"राजको आवाज सँगै झस्किएँ

ज्ञानी बालक जस्तै म चुप चाप बसे खाटको छेउमा।राज कुर्सिमा बसेर पुस्तक पढ्दै थियो।
"के पढ्नु भएको राज जि हजुरले?"मैले कुरा गर्न चाहे

"पारीजातको 'मैले नजन्माएको छोरा'।"राजले जवाफ दियो

हजुरलाई पनि साहित्य मन पर्छ?पून प्रश्न

"साहित्यनै मेरो जीवन जीउने आधार हो,म कथा गजल पनि लेख्छु।"रामले जवाफ दियो

"हो र?"एक प्रकारको खुशी महसुस गर्दै बोले म
हो त,तिमीलाई पनि साहित्य मन पर्छ र?उसले प्रश्न गर्यो

"धेरै मन पर्छ मलाई साहित्य त्यसैले त मैले मानविकी लिएको नि" स्पष्टीकरण मेरो

राम्रो अति राम्रो भन्दै उ मेरो छेउमानै आएर बस्यो।उसको शरिरको महकलेकुतकुती लगायो मलाई,म अधर्य भएँ तर मैले सम्हाल्नु थियो मनलाई तनलाई म अ न्सफल पनि भएँ।

"ईशा के तिमी मलाई माया गर्छौ?"उसले मेरो हात समाएर बोल्यो

म वाल्ल परे,खोइ के भन्ने मैले बिचार गर्नै सकिन।चुपचाप चुपचाप

ईशा के भयो,के तिमीलाई म मन पर्दैन?पून प्रश्न

हिजो मात्र भेट भएको हाम्रो,मैले हजुरलाइ चिनेको छैन राम्रो सँग माया खेल होइन राज जि यो दुई मुटुको मिलन हो अस्था हो,पूजा हो।एक दिन देख्दै माया भयो भन्नु हजुरको आबेग मात्रै हो,रोक्नुस् आबेगलाई राज जि।यदी दैबले हामी दुईलाई हामी दुईकै लागी बनाएका रहेछन् भने हाम्रो मिलन पक्कै हुन्छ।एकै शासमा बोले म

खोइ के भयो मलाई थाहा छैन रात भरी जसको नामले म सुत्न सकिन उसले मलाई प्रेम प्रस्ताव राख्दा मैले किन अस्विकार गर्दैछु?आखिर किन

राजले मलाई भोको बाघले जस्तै हेर्यो।उसको हेराई डर लाग्दो थियो।

राजले मेरो हात जोडले समात्यो,अनि मलाई खाटमा लडायो।मैले धेरै बल गरे अह त्यो सबै व्यर्थ थियो।उसले मेरा सबै अंग अंग चुम्न थाल्यो।प्रतिकार गरे मैले तर म एक अबला नारी उ बलिष्ट पुरुष।म कराएँ तर सुन्ने कसले?मेरो चिच्टावट कता कता गुम भयो क्षितिजमा।लामो समय सम्म उ मेरो शरीर सँग खेल्यो,म शिथिल थिएँ उ पनि शिथिल भयो।मेरो शरिर सँग खेलेर उ बाहिर गयो,म भने आफ्नो कुमारीत्व लुटिएकोमा दु:ख मनाउ गर्दै खाटको छेउमा बसे।आँशुको खहरेनै बग्यो-मान्छे रोएर सुखि-खुशि हुने भए म अहिले कति खुशि हुने थिएँ होला,तर सबै ब्यर्थ।२० मिनेट अगडी सम्म मैले माया गर्ने मेरो मनको नयाँ राजकुमार अहिले तनकै बैरी भएको छ।खोइ के रहेछ जीवन,साथित्व अनि आत्मियता।उसले मलाइ एक भोग्ने साधन मात्र ठानेको रहेछ।अब यो संसारमा मैले कसलाई बिश्वस गर्ने,कसलाई आफ्नो भन्ने?प्रश्नका पहाडहरुले मलाई ऐठन बनाए।

एक्कासि कसैले मलाई पछाडी बाट फेरी समत्यो।उसले मलाइ खाटमा लडायो।बलिष्ट हातले बक्षस्थलमा समात्यो।फेरी त्यो राक्षेस आएछ क्यारे जस्तो लाग्यो मलाइ।ए!कुकुर तलाई अझै पुगेन मेरो शरिर सँग खेल्न?त जस्ता कुकुरलेनै साँचो माया गर्नेलाई बदनाम गर्दैछ।मिठा मिठा कुरा गरेर युवतीलाई फसाउनु तेरो दैनिकीनै हो।एक्कासि उसले मलाई उत्तानो पार्यो।म बेहोस् प्राय भएँ।यो कसरी हुन सक्छ,मैले सपनामा पनि सोचेकि थिइन।त्यो पछाडीबाट मलाइ यो पटक समाउने मान्छे राज नभएर नविन थियो।मैले कसरी बिश्वास गर्नु यो सबै?हे भगवान!!आपतको समयमा सबैको साहरा भगवाननै त,तर भगवान पनि खोइ कहाँ बसेर यो सबै तमास हेर्छ मात्र।

नविन तिमीलाई यो भएको,के गर्दै छौ तिमी?के तिमी ठिक त छौँ।आँशुको खहरेले मेरो आवाज रोकिदै थिए।

चुप साली,यसरी भर्भराउदो यौवनले भरीएको चरीलाई देखेर कसले मन थाम्न सक्छ र?राजलाइ घुमाउन लगाउनु यो सबै हाम्रो योजना मात्र हो।तलाई फसाउने,अनि त्यो मायाको नाटक पनि।के सोचेकि छेस् तैले त यो संसारकै सुन्दर युवती होस्?कहिले अनुहार कहिले ऐनाम हेरेकि छेस्?तेरो मिलेको शेरीर अनि भर्भराउदो यौवन बाहेक अरु के छ त सँग?

उसले मेरो शरीर सँग प्यास मेटिन्जेल खेल्यो।अनि उ पनि बाहिर निस्कियो।अब यही बस्नु खतराले खाली छैन,म आफ्नो कपडा मिलाएर(सम्हालेर)कुदेर बाहिर निस्किएँ।कतै पनि हेर्दै नहेरी म घर तिर लागे।

म फेरी अतित बाट बाहिर आएँ,अहो !म लुटिसकेको छु,मैले मेरो अमुल्य गहना यौवनका प्यासिलाई दिएकोछु।मैले नसोचेको हुदैछ सबै।अब म भित्र के बाँकीछ भनेर बिचारे,एउटा मुल्यहिन मुटु,अपराधका खाटा बसिरहेका दुई तीनवटा वटा खत अनि स्वाश लिने एउटा फोक्सो मात्र।जसलाई मैले आफ्नो माने उसैले मलाई आज यो गती बनायो,यसमा के मेरो दोष छैन?के संसार यस्तै बर्वाद नियतीको खेल हो,जीन्दगी त्यसको प्ररुप खरानी मात्र?किन सधै इश्वरले दुखिलाई मात्र दु:ख दिन्छ।बाल कृष्ण शमले जस्तै दुखिको घरमा मात्र तेरो वासहुने भए हे!ईश्वर मलाई अझै दु:ख दे भन्न सक्दिन।जसले भित्री हृदय देखी आत्मियता पोख्छ उसैको दिललाई धुजा धुजा पर्दिन्छ आखिर किन?

प्रश्न धेरै थिए मनमा तर पनि के गर्ने,अब कसरी अगाडी बढ्ने मैले सोच्न सकेकै थिइन।

लुटिएँ म तर पनि नविन अनि राज जस्ताको राज त थाहा पाएँ।लुटे पनि मैले आफ्नै मानेकाहरुले लुटे मलाई,यो पीडामा दु:खको साथमा केहि सुखको पनि अनुभुती गर्दै मनलाई सम्हाले मैले।


साँझ पर्‍यो घरमा बा आमा पनि आउँनु भयो।मेरो उदास मुहार देखेर पक्कै केहि गलत भएकोछ भन्ने बुझ्न उहाँहरुलाई कठिन भएन।खान पनि राम्रो सँग खान सकिन मैले।मेरो चालाले उहाँहरुको शंकामा घ्यु थप्ने काम गर्यो।
“ईशा के भएको छ आज तलाई”?आमाले सोध्नु भो
मैले केहि पनि जवाफ दिन सकिन,निगुरमुन्टी मात्र लगाएँ मैले।

“होइन यो केटीलाई के भएकोछ किन बोल्दिन?”आमाले झर्किएर सोध्नु भयो।
मैले मेरो मन थाम्न सकिन,आँशुको कोशी बग्नथाले गालाको किनारै किनार।आँशुलाई मैले बग्न दिएँ कुनै रोकावट बीना।
“बाबा ले भयो तलाई?”आमाले मायालुपाराले पून सोध्नु भयो।“मलाइ थाहाछ त सँग कुनै गहिरो पीडाछ,सानो तिनो बज्रलाई पचाउने क्षमता छ मेरो छोरी सँग,यो सानो सुनारीको झड्का पक्कै होइन।“

आमाको काखमा आफ्नो शिर राखेर मैले दिनमा भएका सबै घटनाहरु भने।मेरो कुरा सुनेर आमा वक्क नबक्क हुनु भयो,यो सबै आमाले सपनामा पनि सोच्नु  भएको थिएन,किन कि नविन त्यस्तो केटा हुदै होइन।
आज सुत छोरी म भोली नविनको घरमा जानेछु,त्यस्ता कुलङघारलाई सजाय दिनुपर्छ।आमाले ढाढस् दिनुभयो

यो समय सम्म बाले केहि पनि भन्नु भएन,म जन्मिदा बाले मुख खुम्चियाएको सायद यो दिन देख्नु पर्छ भन्ने सोचेर हो कि?


रात भरी निन्द्रानै परेन,पोल्यो सारा शरीर।जसो तसो बिहान भयो।

बिहानै आमाले मलाई लिएर नविनको घरमा जानु भयो,तर घरमा नविन थिएन,साथमा राज पनि।आमाले हिजो भएको घटना सबै नविनको आमालाई सुनाउँनु भयो।हामीलाई लागेको थियो नविनको आमाले हामीलाई सहयोग गर्नु हुनेछ।हाम्रो सोचको बिपरीत नविनको आमाले कुरा गर्नु भयो-"माष्टर्नी बजै,पहिला आफ्नो थैलीको मुख राम्रो सँग बाँध्नुस् अनि मात्र अरुलाई चोर दोष लगाउँनुस्।छाडा गाई जस्तै कहिले चिन्दै नचिनेको मान्छे सँग नारिएर हिडेको सारा गाँउलाई थाहाछ।पहिला आफ्नो छोरीलाई समाल अनि मात्र अर्काको छोरालाई दोष देउ।

यि सबै कुरा सुनेर मलाई थुक्न मन थियो नविनको आमाको मुखमा तर फोहोरलाई चलाएर किन आफै फोहोरी हुने भन्ने सोचेर आमालाई सम्हालेर घर गएँ।

के भयो,मिल्यो न्याय?बाले ब्यङ्ग गर्नु भयो।

आमा अनि म दुबै चुप

छोरी त मेरो एक मात्र संतान होस्,आज सम्म तैले भनेको कुरा मैले पूरा गरेको छु,अनि त मेरो खुन होस् तैले पक्कै गलत कदम चाल्न सक्दिनस्।हामी चुप बस्नु अपराधीलाई सहयोग गर्नु हो,त्यसैले आजै म सदरमुकाम गएर प्रहरी ल्याउँछु।अपराधिले पक्का सजाय पाउनेछ छोरी।बाले गह भरी आँशु पारेर बोल्नु भयो।
मैले आज सम्म बाको मायालाई बुझेको रहेनछु भने झै लाग्यो।

भोली पल्ट बिहानै प्रहरीले नविनको घरबाट नविन अनि राजलाई समात्यो।गाँउमा कचहरी बस्यो प्रहरीको मध्यस्ततामा।

गाँउलेहरुको भेलाले राज र नविनलाई दोषि मान्दै उनिहरुलाई हस्दै सम्मको कारवाहीको सामुहिक माग गर्दै प्रहरीलाई जिम्मा लगाए।

हिजो आज राज अनि नविन आफ्नो पापको सजाय भोग्दैछन् चिसो खोरमा।

समाप्त



Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive