Thursday, March 19, 2015

फेसबुकको भेट -२

जीवनमा यस्तो छटपटी कहिले पनि भएको थिएन,रातको समयमा पनि कति पटक उठेर भित्र बाहिर गरे,कति पटक मोबाइल खोलेर हेरे,बन्द गरे।फिटफिटीले मलाई रुग्न बनाएको थियो।आफुलाईनै नाताकत भएको अनुभव हुदै थियो।हो मैले गल्ती गरे मनले यसै भन्दै थियो तर दिमाग मान्न तयार थिएन।मन दिमागको युद्धले झन् आक्रान्त भएँ।यो समयमा मनको उत्वेग कसलाई सुनाउ?आफै भित्र राखै पनि चुली चुली हुदै बढ्दै गएको महसुस गर्दै थिएँ।सिरानीले मुख छोपेर सुत्न खोज्दा पनि त्यहि आवाज मेरो कानमा ठोकिदै गर्थे,अहो कस्तो बाध्यता,कस्तो नियती? धिक्कार मलाइ अनि मेरो त्यो गल्तीलाई।
रात भरको छटपटीले खोइ कुन समयमा निन्द्रा देवीको बहुपासमा बेरिएँ पत्तै भएन बिहानको 9 बजे निन्द्राबाट बिउझिएँ,घरबाट श्रीमतीको मिसकल 15/16 वटा आएको रैछ,बिहानै सधै फोन गर्थे आज ढिला सम्म फोन नगर्दा उताको मन आत्तिएको होला अनुमान लगाएँ। आज शुक्रवार हुनाले कामको चटारो थिएन,ढिला उठनु सँग यसैको संयोग मात्र हो नत्र बिहानै काँचो आँखा लिएर मेलो जानू पर्ने हुन्थियो अझै मेरो दिमाग,मन ठेगानमा थिएन घरमा फोन गरे मेरो निन्द्रा बाट भक्खर बिउझिएको आवाज सुनेर श्रीमती आत्तिइन के भो हजुर बिरामी होइन? सधै यो बेला अगाडीनै फोन गर्ने हजुर आज फोन नआउदा मेरो मन कम्ता आत्तिएको होइन हजुर निष्ठुरी भन्या मेरो शंका सत्य थियो आज शुक्रवार हुनाले अलिक ढिला सुतियो त्यसैले ढिलानै उठियो मैले स्पष्ट पारे मनको हुटहुटी उनिलाई पोख्न मन थियो तर दिमाग डराउदै थियो,कतै उनिले गलत अर्थ लगाएर रीसाउने होइनन् ? दिल,अनि दिमागको युद्दले टोलाएछु होइन हजुरलाई के भएको एक्लै बोल्दैछु हजुर कता हेलो हेलो हेलो श्रीमतीको यो शब्दहरुले पून चेतमा आएँ। मन भरी भरी भावनाको भेल थियो, भावनाको भेलमा हेलिदै थिएँ। भाव धारमा रेटिदै थिएँ आज मन कदापी थिएन निको आराम सोध्ने औपचारिक हुन सक्दै सकिन चाहेर पनि मेरो पीडाको आँकलन उनिलाई परि सकेको हुनुपर्छ उनले कर गरिन आखिर के भा हजुरलाई ? भन्नुस् हजुरको दुखमा दुख्न चाहन्छु हजुरको आँसुमा रुझ्नु छ। पोखिनुस असरल्ल भएर मेरो पछ्यौरीमा थाप्नेछु के हजुरको पीडा,खुशिको भागिदार होइन,ती अग्नि घुमेर खाएको कसम भुल्नु भयो?
उनको यी शब्दले झन झन भावुक भएँ,दुखे नमीठो गरेर हो मैले पोख्नु पर्छ यी पिडाको रारालाइ अनि पीडा कम गर्नु भन्छन् पीडा बाँडेर घट्छ रे खुशी बाँडेर बढ्छ रे
काली एउटा घटना घटयो मेरो जीवनमा हिजो मैले अझै सोच्न सकेको छैन ठीक या गलत धेरै तागत लगाएँ भुल्ल ती घटना तर झन झन झाङिए पीडा हो मैले पोख्नु यी पीडा मेरो आफ्नो भन्नू तिमी बाहेक को यो दुनियाँमा तर कतै तिमीले मलाइनै गलत मान्ने होइन यो शंकाले मलाइ खुल्ल दिएको छैन। 
"
होइन के भन्नू हुन्छ हजुर हाम्रो सम्बन्ध विश्वासको आधारमा चलेको , हजुरलाइ अनि हजुरले मलाई विश्वास गर्नु हुन्छ त्यो नै गतिलो आधार हो/हुनुपर्छ पोखिनुस डरको कालो बादल हटाउनुस हजुरबाट पक्कै क्षमा हुनै नसक्ने गल्ती भएको छैन,मेरो मन त्यसै भन्छ। " श्रीमतीको ढाडसले फुरुङ्ग भएँ
बेलिविस्तार लगाएँ मैले हिजोको कुरालाइ,उनले सुनिरहिन बीचमा केही बोलिनन। सबै कुरा सुनेर उनी मुसुक्क हाँसिन अनि प्रश्न गरिन " के तपाईं पनि उसलाई माया गर्नु हुन्छ ?" यदि गर्नु हुन्न भने किन डराउनु हुन्छ,तपाईंले महिलाको मन बुझ्नु भएको छैन सम्झाउनुस उसलाइ,हो माया अन्धो हुन्छ तर मायाले अन्याय गर्नु हुन्न एउटी महिलाको पति खोस्न सजिलो छैन जहाँ सम्म मलाई लाग्छ उनी आधुनिक केटी हुन उनमा अक्कल धेरै छ। हो हजुरले गल्ती गर्नु भएकै हो उसलाई ब्लक गरेर,उसलाई आफ्नो मान्नुस,साथीको सम्बन्ध अटुट भन्नुस् सम्झाउनुस अझै समय। हजुरको आवेगले के बित्यो होला उसमा कल्पना सम्म गर्न सक्दिन। पीडा उसको होस या मेरो आखिर पीडा पीडानै हुन्छ "
"उसो भए के गरौ ?" मैले प्रश्न गरे 
"
तपाईं मेरो श्रीमान होइन छोरा हो त्यसै भनेको होइन नि मैले,रीसाउन कम गर्नुस् रीसले समस्याको निकास दिन्न प्यारा अनि पून सँग कुरा गर्नुस् सम्झाउनुस। " श्रीमतिको सल्लाह पाएर पुलकित भएँ,आफुलाई भाग्यमानी ठाने उनी जस्तो श्रीमतिको श्रीमान भएकोमा  
"
फेरि सँग मेरो साँच्चैको लभ पर्यो भने?" मैले जिस्किन चाँहे अझ भनौ सम्भावना देखाएँ
" मैले पहिलेनै भनेकोछु सम्बन्ध विश्वासमा अडेको हुन्छ,मलाई हजुरको विश्वास लाग्छ यो नै मेरो ठूलो अहम हो अनि एउटा हतियार पनि।" उनको सहज जवाफ
धेरै लामो समय आत्मियताको,मायाको,सम्बन्धको छलफल गरेर उनिबाट छुटे मन केही हल्का भएको आभास भएको अब
अब के गर्ने ? कसरी उसलाई सम्पर्क गर्ने प्रश्नहरु घुम्न थाले दिमागमा,पून फेसबुकमा जोड्ने ? होइन होइन अरु उपाय ? सोच्दा सोच्दै समय घर्किदै गयो अझै निधो गर्न सकेकै थिइन ।मेरो मोबाइल बज्यो,सिरानी मुनि राखेको भ्राइबेसनमा भएको मोबाइलले सिरानीलाई भुकम्पले झै हल्लायो सिरानी उठाएर हेरे नो नम्बरबाट फोन आएको ,नो नम्बरबाट फोन गर्ने को होला? सोच्दा सोच्दै फोन काटियो फेरि आउला भनेर मोबाइल हातैमा राखे अह पून फोन आएन ,आउदै आएन zzzz कामको भए पून आउला नो नम्बर हुनाले कल ब्याक गर्ने कुरा नि भएन  
दोधारको भुमरीमा घुम्दै फेसबुकमा पुगे,दिनमा १२/१४ घण्टा फेसबुकमै घुम्ने आज किन किन फेसबुक चलाउनै मन लागेन होइन कस्तो भुतिया रोग लागेको होला ?? पागल हुँ,रीसको आवेग थाम्न सक्दिन,मेरो सबै भन्दा कमजोरी। खोइ के सोचे आफ्नै फेसबुक एकाउन्ट Deactivate गर्न मन लाग्यो,मन लाग्यो मात्रै होइन गरे पनि अझै मेरो मनोदशा शान्त भएको छैन आफैले बुझ्न सकेको छैन चिन्तन गर्दैछु या चिन्ता पून भुकम्प आयो मोबाइलमा +61 बाट आएको थियो ।मोबाइलमा अनेक कुरा गरेर फकाउने गोरोह हो कि भनेन फोन उठाउन मन मानेन दोधारमै पून फोन कट्यो शंका उपशंका बीच मैले यता बाट कल ब्याक गरे। एकै रिङ्गमा फोन उठयो बुलेट पड्कियो उता बाट फोनमा होइन कुनै युद्ध मैदान मा छु जस्तै भान भयो फोन अरु कसैको नभएर उहीँ पूरानो साथीको थियो। जसलाई सम्पर्क गर्न डराउदै थिएँ। 
"
ओइ तैले के सोचेको आफुलाई,फेसबुकबाट किन डिलिट गरिस ?" उसको प्रश्न अझै भनौ एटम बम 
निशब्द थिएँ,माफी माग्न पनि लाज लाग्दै थियो। " खोइ किन किन मलाई जे गर्न मनले भन्यो त्यो मैले गरे ।यो ठीक या बेठीक त्यो बेला सोच्न सक्ने स्थितिमा थिइन। गल्ती गरे भनेर माफी पनि माग्ने मुडमा छैन,अब आफै बुझ अनि सँग धेरै ब्यालेन्स छैन भाइबरबाट फोन गर " यति भनेर मैले फोन काटे
लामो समय सम्म फोन आएन,मैले पनि प्रयास गरिन। सायद उसले नि उसैले गर्नु पर्छ भनेर कुरेर बसेकी होला,यो केटीको जात कम जब्बर हुन्छन् ,आफ्नो अधिकार जताउन खोज्छन् अह भएन अब नै कल गर्छु भनेर भाइवरबाट कल गरे,उसको नम्बर व्यस्त पो देखायो,सायद पनि मलाई कल गर्न प्रयास गर्दै होली  
केही समयको पर्खाइमा उसको फोन आयो
"
होइन तैले फोन काटेर गर्नु पर्दैन?" पून आवेगमा
"
तेरो रीस धेरै नदेखा है भन्देको छु,धेरै रीस उठाइस भने यता पनि ब्लक गर्छु नि " अधरमा हल्का मुस्कान फुलाउदै मैले जवाफ दिएँ 
"
तेरो बानी अझै उस्तै होइन?नाकैको टुप्पामा रीस। " अतीत सँग तुलना उसको 
"
हो उस्तै छु,रहन्छु।"  
"
लु छोड फेसबुकनै जीवन होइन, सँग बोल्दैनस होला भन्ने डर थियो तर बोलिस यो नै काफी मलाई " उसले कुरा मोड्न चाहेको छनक बुझे मैले 
"
त्यो आवेगको निर्णय थियो " पनि संलिन चाहे 
"
अनि नयाँ नौलो ? के साँच्चै मलाई तेरो जीवनमा ठाउँ दिदैनस ?" - 
"
माग्नेहरुको ताती कस कसलाई के के दिएर सकौ ?प्रीय सँग एउटा चुरोटको धुवाँले पुरिएको फोक्सो,कहिले आफ्नो हुन नसकेको धड्कन अनि बिगतको खाटा बस्न नसेका घाउ मात्रै ,सोच्छु दुनियाँ मेरो हुन सकेन या दुनियाँको हुन सकिन। नै भन अब के दिउ के लिउ?" -
"लु भो धेरै साहित्य नछाट,के मलाई माया गर्दैनस ?" अझै उहीँ कुरा उसको 
"
तलाइ माया गर्थे,गर्छु,गरिरहन्छु यसमा दुई मत छैन।म तलाई शंकर लामीछानेले शिरिषको फूलको भुमिकामा पारिजातलाई गरे जस्तै माया गर्छु,सायद त्यो भन्दा ज्याँदानै पो। " गहिरा कुराले उसलाई अझाउने प्रयासमा लागे  
"
तलाई भुल्न सक्दिन अह सक्दै सक्दिन। मेरो मनमा यसरी टाँसिएको छस जसलाई उप्काउन मैले मर्नै पर्छ "  
"
लु यस्ता कुरा नगर,सोच त्यो आइमाईको बारेमा जसले मलाई तैले भन्दा ज्यादा माया गर्छे,जसले मेरो लागि दुनियाँ त्यागेर आएकी छे,के उसको माया खोस्नु पाप होइन?"  
"
माया अन्धो हुन्छ,यसले पाप धर्म हेर्दैन केबल निस्वार्थ माया गर्छ "  
"
निस्वार्थ रे तर मा स्वार्थ ,यो आवेग हो। कुरा बुझ "  
"
यो मनलाई कसरी बुझाउ आफै भन ? 10 साल देखि जसले तेरै पूजा गर्यो,तलाईनै पर्खिएर बस्यो के यसको दोष ? सोच्दा सोच्दै एउटा उपन्यासको पलट बनेछ, लेख्न सक्दिन तर सपना देख्नु मेरो अधिकार हो आँखा बन्द गरेर होस् या खोलेर भो नरोक मलाइ दे देख्न यी कहिले पूरा नहुने सपना अनि फिजाउन दे बिस्कुन मनको पटाङ्गिनी मा त्यसलाई दुखको तापले सुक्न दे विगतमा फर्किएर दुख्न चाहन्न तर पनि विगत किरिङ मिरिङ आउँछ आखाको डिजिटल फ्रेममा कसरी डिलिट गर्न सक्छु? भुल्नै सक्दिन ती विगत " कुरा बुझ्नु कसरी पोखिन थाली
" उसो भए पहिलेनै किन माया लुकाइस ? त्यो तेरो गल्ती थियो,त्यो गल्तीको सजाय पक्कै यो हुनुपर्छ " -
" मैले तलाई भन्न खोजेको थिएँ तर ,त्यो १४ February अझै भुल्ल सक्दिन,बिहानै सखारै उठेर मैले तेरो लागी केहि बनाएँ, आफैले बनाएको उपहार दिएर आज जसरी पनि मायाको इजहार गर्छु भनेर।मन त्यसै त्यसै फुरुङ थियो,डराएको थियो।एक प्रकारको अनौठो,मीठो,नमीठो अनुभुतीले मनमा डेरा जमाउदै थियो।कलेज नजिकैको डेरा मेरो, आज मेरो नजर मात्र मा थियो।यदी एक्लै आइस भने यतै रोकेर भन्छु तर त्यो सम्भावना थिएन, सधै ग्याङमै हिड्ने आज झन् के एक्लै आउलास्?अनेक तर्कना मन भित्र लिएर कलेज लागे लुरुलुरु पछाडी हेर्दै हेर्दै,झोलामा तेरो लागी उपहार लिएर।
पर देखे मैले तेरो ग्याङ मनमा आशाको दियो जल्यो,मनै हरर भयो।खोइ कस्तो कस्तो काउकुती लागेको होला मनमा अहिले यसको वयान सक्दिन,भावनाले हेलिन्छु त्यो पल सम्झिदा आँशु -खुशीको नदीमा गोतालगाउछ मन।मेरो छेउमै आएर तेरो ग्याङको एउटाले भन्यो।
"
ओइ ... एक्लै कता?"आज प्रणय दिवश रे नि के विचार?"
मैले सबै भन्दा पहिला तेरो अनुहार हेरे तेरो अनुहारको भावमा केहि परिवर्तन थिएन।त्यो बेला तैले भनेको याद ?कस्तो निश्ठुरी मन है तेरो?
फोनमा एक्लै बोल्दै थिई,उसको प्रश्नले बोल्न बाध्य भएँ-"खोइ के भने ?मलाई याद छैन यार।"
"हो मलाई थाहा थियो तेरो जवाफ त्यो नै हुन्छ भनेर, नै मुर्ख जानिजानि तलाई प्रश्न गर्ने।" केहि रीसाएको केहि घुर्कियाएको जस्तो गर्न थाली 
"
लु लु के भने भन्न ? " मैले सुन्न आतुर भएको नाटक गरे 
"
मलाई अझै गला लाग्छ त्यो दिन तैले मलाई हेर्दै नहेरी कुन सँग यसको पनि लभ पर्न लागे जस्तो ,दुई दिन रमाइलो हुन्छ मायाको दुनियाँ तेस्रो दिन टुट्छ अनि पागल हुँदै हिड्नु पर्छ " अनि मैले आँट बटुलेर सोधेको थिएँ तलाई आज कसैले माया गर्छु भनेर उपहार दियो भने के गर्छस ? तैले बेफिक्री केही नसोची जसले उपहार दिन्छ उसलाई त्यो उपहारको झटारो हान्नेछु। कसैलाई नआएको बैँस आएकाहरुलाई ,अरु के गर्नु यो समय पढ्ने हो,प्रेमको खेल खेल्ने होइन तैले यसै भनिस तब भित्रको माया पनि मुर्झायो,मैले तलाई दिन ल्याएको उपहार जोडले समाते,त्यसले धर्म छोडेन त्यो टुट्यो झोला भित्र मेरो मन जस्तै चकनाचुर भएर " 
"
हाँसे हाहाहाहा सायद मैले त्यो बिगत सम्झिएँ हुला, त्यो मैले जिस्किएर पो भनेको जस्तो हाँडीलाई कसले माया गर्छ भन्ने जो थियो मलाई " गोलबोलीमा बोले  
यसरी कुरा हुँदै गयो बिहान 8:30 देखि बोल्न थालेको सँग 7/8 घण्टा कुरा भयो ननस्टप कति पटक मैले फोन राख्न भने अह उसले मानिन, लगातार पोखिरही
"तलाइ याद एक दिन क्रीकेट खेलेर लखतरान भएर एक्लै आउदा संगम चोकमा भेट भएको ?"
किन थाहा नहुनु,गोजिमा सुक्को थिएन भोकले हैरान सबै केटाहरु उतै छुटे एक्लै मलाई घर पुग्न कठिन भएको थियो त्यो दिन तैले मलाइ गरेको सहयोग कहाँ भुल्छुर ? " हार्दिकता देखाएँ 
"
त्यो दिन मेरो लागि झन बिशेष ,तैले खाना खाएर थाल पखाल्न खोज्दा मैले किन दिइन थाहा ?" प्रश्न उसको
"
पाहुनाको स्वागत गरेको होला नि मलाइ के थाहा ?"
" लाटै रैछस, मैले सुनेको थिएँ,'जुठो खायो भने माया बढ्छ रे',त्यसैले घर गए पछि त्यो थालमा मैले भात खाएँ,मायाले आत्मियताले पोखिएँ असरल्ल तेरो मायामा तर दूर दूर हुँदै गईस जति तेरो नजिक नजिक हुँदै गएँ उति उति टाढा बसेको स्थानलाइ दिन भर छामी रहे,त्यो स्थान मेरो लागि पूजनिय बन्यो। अरु दिन पनि त्यो स्थानलाई स्पर्श गरेर दिन शुभारम्भ गर्थे " अतीत बल्झाइ उसले अहो! कस्तो माया कस्तो समर्पण स्खतित भएँ,मेरो आँखा रसाएँ आँखाको ढकनीले आँसुलाई रोक्न सकेनन् बग्न दिएँ आँसुलाई अनवरत असामान्य भएको उसलाई थाहा नहोस् भन्ने हेतु फोनमै मुस्कुराएँ मुस्कुराउनु के थियो फगत अभिनय गरे।
" जब जब कलेक सकिने दिन आउन थाले झन झन बिचलित हुँदै गएँ, कसै सँग बोलेको हाँसेको देख्न नसक्ने हुँदै गएँ। केवल मेरो होस् भन्ने भावनाले मलाई सधै कोर्रा लगाइ रहयो,नमीठो दर्दलाई पनि मीठो मान्दै जिउदै गएँ। आशा थियो एक दिन मेरो हुनेछस आशाको पोखरीमा गोता लगाउनु कम्ता सुखद हुन्छ तलाइ के थाहा??"
अहो! अहो! झन् झन् आक्रान्त हुँदै गएँ,मलाइ उसले भावनाको भेलले बगाउदै लग्यो, आफू आफु हुनै सकिन। तर पनि सम्हालिनु ,सम्भावित दुर्घटनाको कल्पना गर्दा पनि कहालीलाग्दो हुन्छ भविस्य
"
लु केटी अब धेरै लामो समय भयो छुटिनु पर्छ,अब हामी मिल्ने साथी है सधै कुरा गर्नु पर्छ " सँग छुटिन खोजे तर अझै मानिन मान्दै मानिन " बल्ल पोखिन पाउदैछु,यो मनको तलाउमा पीडाको रारा फेवा ,अब सक्दिन पोखिनदे मलाई।" उसले याचना गरि।
"
होइन यार भोलि पनि बोल्नु पर्छ नि बिदा " छोटिन चाँहे 
खोइ के सोची उसले हुन्छ आफ्नो ख्याल गर है अब राख्छु भन्दै बिदा भइ
उसँग छुटेपछी पून बिगतमा पुगे,याद गरे ती बिगत अहो ! कस्तो बिगत तरेर यहाँ पुगेको रैछु कहाली पो लाग्यो मलाई
यसरी अब उस बोल्नु मेरो दैनिकी हुँदै गयो,हामी,एक अर्काको सुख दुखको साथी भएका थियौ,एक दिन उसले फोन नगर्दा मलाई त्यो दिन अपुरो लाग्न थालेको थियो। होइन मलाइ कतै माया भएन झस्किन थालेको थिएँ,होइन होइन यो आत्मियता मात्र हो माया होइन मनलाई सम्झाउने बहाना यतिनै थियो तर उसको good morning,good afternoon अनि good night म्यासेज नपाउदा सम्म काकाकुल हुन्थे मैले छातिमा हात राखेर भन्नु पर्छ यो,स्विकार्नु पर्छ यो सत्यलाई। मैले आफुलाइ विश्वकै भाग्यमानी मानिस मान्न थालेको छु,जसको माया गर्ने श्रीमती अनि साथी हो भाग्यमानी हुँ कामना गर्छु हाम्रो जीवन यसरीनै बगोस अब मृत्यु सँग पनि गुनासो लाग्छ,त्यो मृत्युुको नजर कहिले हामीमा नपरोस सधै सधै आत्मीयताले जीवन पाउँ,कामना गर्छु
समाप्त



Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive