Monday, July 27, 2015

शेख साहेबलाई बिन्तिपत्र !

सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामी
देशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाको
होटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेर
पाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको जय
जय भन्दै यो बिन्तिपत्र लेख्नै पर्ने कुरोको चुरो खोल्न चाहान्छु ।



 हेरि ल्याउदा कतार नेपालीहरुकोलागी एक रोज्जा रोजगारको गन्तव्य हो यो कुरामा इन्द्रेको बाबू
चन्द्रेको पनि दुई मत छैन । कतार सरकार हामी प्रती साँच्चै उदार छ । तर कुरो बिगार्ने यहाँ भित्रकै कु
मानव हुन, "टाबे" हरु हुन । निशुल्क भिषा साथमा टिकटपनि निशुल्क उपलब्ध गराउछन यहाँका
कम्पनीहरुले (म पनि निशुल्क आएको हुँ) तर बीच बाटोमा हसुर्नेहरुको भिडले एक कामदार बेचिन्छ आफ्नै
पैसामा । अनेक हुने नहुने कुराको लोभ देखाइन्छ सोझा दाजुभाइलाइ अनि "टाबे"हरुको झुण्डले हसुर्छ्न
पैसा निर्लज्ज । पैसा तिर्नु कुनै ठूलो कुरा भएन सर्भिस चार्ज ( सेवा शुल्क ) मानेर लगुन न त भन्न सकिन्छ
तर हिजो नेपाल हुदा देखाएको सुनौलो दुनियाँ यहाँ नहुदा कति अमिलो होला त्यो बेचिनेको मन । एउटा
काम भनेर यहाँ अर्कै काम दिनु,समयमा तलब नदिनु,कम सुविधा भएको कोठामा खादी खादी राख्नु/ बस्नु
पर्दाको पीडा न "टाबे"लाई ज्ञात होला न शेख हजुरलाई । यहाँ धेरै कम्पनी दक्षिण भारतका वासिन्दाको
व्यस्थापनमा चक्छन। यी हरु बिजनेश माइन्डका हुन्छन् ,शेख साहेब यीहरुलाइ अलिक लगाम लगाउने
कानुन चाहियो । नेपालीको हकमा नेपालीलेनै नेपालीलाई चिकन तन्दुरी बनाएर टोमाटो सर्समा हालेर लुस्दै
छन् । यो विषयमा शेख साहेबलाइ ज्ञान छ कि नाइँ ? शेख साहेबले नि नयाँ कानुन नामको ललिपप ल्याउने
सुन्दा हामी कम्ता हर्षित भएका थियौ,तर खोइ त्यो लपिपप अझै बजारमा आएको छैन,आएर नि हामीले
सुन्न नपाएका पो हौ कि? जुन सुकै देशमा श्रम गर्ने महान हुन्छ,श्रमिकलाइ हित हुने कानुन
हुन्छ,युरोप,अमेरिका तिर त श्रमिक र मालिक उस्तै हुन्छन् रे । तर अझै नि यहाँ श्रमिकमुखी कानुन किन
नआएको शेख साहेब? यहाँ धेरै कम्पनीमा  द. भारतका मान्छेको हालीमुहाली छ,उनिहरुले कम्ता श्रम
शोषण गर्छन् शेखलाई ज्ञान होला कि नाइँ ?

शेख साहेब,नलेख्दा पनि हुने हो मलाई त कम्पनीले राम्रै सेवा-सुविधा दिएर राखेको छ।मलाइ मेरो
काम पनि दाम प्रति कुनै गुनासो छैन आज सम्म भविष्यका कुरा ति टाउकेलाई( कम्पनीका बोस)थाहा
होला या भगवानलाई(अल्लाहलाई)थाहा होला।अर्काको दु:ख लेखेर के पाउछस् पनि भन्नु होला तर ति सारा
दु:ख पाउने अर्काका होइन शेख ति म जस्तै बाबुका सपना हुन,आमाको आशा हुन ,छोरा-छोरी अनि
जीवनसंगिनीको भविष्य हुन।तिनीहरुलाई दुख हुदा म कसरी हाँस्न सक्छु होला?
शेखले नयाँ कानुन ल्याउदै हुनुहुन्छ,कानुन पक्का पनि राम्रो होला भन्ने आशा छ,अब घर जानलाई
कुनै पनि कामदारले कफला कुर्नु पर्दैन होला(आशा गरौ)।कतिको घरमा बाबु घिटिक घिटिक हुन्छन्,बल्ल
बल्ल टिकट पाइन्छ तर एक्जिट पर्मिट नपाएर पाएको टिकट पनि गुमाउनु पर्छ,भोली अर्को टिकट पाइन्न
पाए पनि बढी मुल्यमा पाइन्छ।कफला,अनि टिकट सबै तयार हुदा उदा बाबुको प्राण परमात्मामा विलिन
भइसकेको हुन्छ,आखिर त्यो बिचरा बाबुको के दोष थियो,मर्ने बेलामा आफ्नै छोराको अनुहार हेर्न
पाएनन्।कति कम्पनि यस्ता छन् घरमा कोहि बिरामी छन् बिदा पाउ भन्दा मरेको त छैन नि भन्छन्।के
मरेपछी मात्र बिदा पाउने नियम हो शेख?  कामदारले कसको लागी काम गर्दैछ? यदी परिवारको दुखमा
साथ दिन सक्दैन भने उसको मन कति दुख्ला?
अनि शेख साहेब अर्को लेख्नै पर्ने कुरा-  हजुरहरुले सबै कम्पनीलाई अनिवार्य बैक मार्फत तलब दिने
नियम ल्याउनु भएको छ रे।यो एक दम राम्रो काम हो,यसले गर्दा सरकारलाई कम्पनी माथी निगरानी राख्न
सहज हुन्छ।तर यसको भित्री गाठी कुरा शेखलाई थाहा होला नहोला?धेरै कामदार कम पढे लेखेका
छन्,सबैलाई कार्ड कसरी हाल्ने भन्ने पनि ज्ञान नहोल।अनि त्यो अंग्रेजी लेखेको मेसिनमा कहाँ
थिच्ने,कसरी थिच्ने झन् के थाहा होला।अस्ती एउटाले एटिएम कार्ड  बुथमै कार्ड छोडेर गएछन्।पैसा त
अरुकै सहयोगमा निकाले नि घर पनि पठाए।एक महिना सम्म त्यो कार्ड बानरको हातमा नरिवलनै
हुन्छ,एक महिना पछाडी कम्पनीले पैसा कार्डमा हाल्दियो कार्ड छैन,घरमा अनिवार्य पैसा पठाउनु
पर्ने अब भएन फसाद? कम्पनीमा गुहार माग्यो,कम्पनीले सहयोग गर्नु त कता हो कता उल्टै
गाली गर्छ।कामदारको दुखेको मन झन् दुखाउछ। एउटा मुला कार्ड सम्हाल्न नसक्नेले कसरी
जिन्दगी सम्हाल्छस् भन्छ।अनपढ गवार,पाखे सम्म भन्छ।त्यसलाई थाहा हुनु पर्ने हो यदी
पढेलेखेको भए त्यसको कम्पनीमा गुलामी गर्न त्यति कम तलबमा आउथे होला त ति? बैकको
प्रोसेस लामो हो या कम्पनीको आलेटाले निति बिचराले १५/२० दिन पछी मात्रै कार्ड पाउछ।यसरी
कसरी कामदारलाई सहयोग भयो शेख?यो समस्याको भाडो मात्रै भएको धेरैको गुनासो छ यस
विषयमा केहि सोच्ने कि नाइँ शेख?
शेख शुक्रबार (महिनाको अन्तिम)कति भिड हुन्छ थाहा छ नि नाइँ एटिएम बुथमा,१०००
रुपयाँ पैसा निकाल्न ४,५ घण्टा लाइन लाग्नु पर्छ भने त्यो कसरी सुबिधा भयो शेख?अहिले त
यो अवस्था छ अझ सबैलाई अनिवार्य गरे पछी यो समस्या झन् बिकराल हुनेमा शंकानै
छैन।संख्या आधारमा एटिएम बुथ बढाउनु पर्छ कि पर्दैन शेख? कामदारलाई देखाउने दात होइन
चपाउने दात चाहिएको छ।यो विषयमा कतार सरकार गम्भिर होला नहोला?
ग्राहक आधारमा एटिएम बुथ संख्या बढाइनु पर्छ पर्दैन।यदी सरकार कामदारको हित
सोच्छ भने यो विषयमा चाँडै निकास आउनु पर्छ।अनि एको मुख्य कुरा सबै कामदारलाई कार्ड
कसरी प्रयोग गर्ने भनेर तालिम दिनु आवाश्यक कम्पनीले अनि शेख साहेबले देख्नु भएको छ कि
छैन? यी कुरा हेर्दा साधारण देखिए पनि यसरी धेरै कामदारले सास्ती पाएका छन्।शेख साहेब यो
पटकलाई यो सानो समस्यामा बिन्ती पत्र राखे समय मिलेमा पून पून समस्याको पोको पार्सल
गर्दै गर्नेछु।यो बसाइमा यतिनै है शेख महोदय! यो छोटो बिन्तीपत्र देखेर समस्या थोरै रैछन् नसोच्नु
होला,समस्याका पहाड छन्।तर ती पहाडलाई तिल बनाउने कार्य हुदैछन्,टाई कोटमा सजिएकाहरु
बाटै।कतारको कानुनको सम्मान गर्छौ,यसको अर्थ यो होइन हामी ती कोट र टाइका मानवको सबै ज्याजति
सहन्छौँ।
शेखको जय होस्,साथमा हामी सबै कामदारको जय होस्।कामदारबाट माथी उठेर श्रमिक हुन
पाउं।श्रमिक पनि एक मानव हो भन्ने कुराको ख्याल सबैबाट होस् बिन्ती ।

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive