Wednesday, April 1, 2015

डायस्पोरा नभन्देउ

हज्जारौं सपना
लाखै रहर
मरुभुमीको घाममा सुकाउदै
पसिनाले आत रसाउदै
कित्ता कित्ता जीवनको उदिन्दै
परख्दै छु जीवन
आरानको फलाम झै !
आशा छ
भरोसा छ
हुन्छ पक्कै
आकार दिन्छु यसलाई
म फलामबाट कुनै आकारको हतियार बन्छु
चम्किनेछु चमचम चमचम
मलाई मञ्जुर छैन छदै छैन
झुन्डिन भित्ताको पात्रो झै
मलाई मञ्जुर छैन बग्न तमोरको पानी झै
मलाई मञ्जुर छैन चुहिन अरबको पसिना झै
म भित्ताको घडीको काँटा बन्नुछ
कुदाउनु छ दुनियाँलाई आफ्नै तालमा
मलाइ फेवा बन्नु छ
अनि हराउन लालयित बनाउनु छ मन भएका मनहरुलाई
मलाई शितल पवन बन्नु छ
भिजाउनु छ हरहर भएका आतलाइ
ए! समय कति जब्बर त
म तलाई टिप्नेछु
पत्तकर झै सोरेर
म जमाउनेछु तलाई
फ्रीजको आइस झै
अनि पगाल्नेछु तलाई
बिदेशी बिजुली पानीमा हालेर
पिउनेछु बीना सितन घटघट घटघट
देखाउनेछु यो दुनियाँलाई
शब्द भन्दा बलियो समय होइन
शब्द भन्दा ठूलो तेरो सत्ता होइन
जिन्दगी रंगिन छ या रंगहिन
बुझ्न तिमी प्रयोगशालामा पस्नै पर्छ
त्यसैले मैले आज उर्दी लगाउदैछु
यो रेगिस्तान होइन
हामी रेगिस्तानी होइनौ
यो एउटा जीवन परख्ने प्रयोगशाला हो
यहाँ जीवन फुल्छन,फल्छन
एकाध झर्छन
जति छन् यहाँ
ती बहादुर छन्
मानव महाविध्यालयमा पि एच डी गर्दै छन
बिन्ती डायस्पोरा नभन्देउ हाम्रो शब्द अझै नेपालीनै हो
देश दुख्छ उसको/मेरो छातिमा
परिवार बग्छन आँशुमा
भविष्य पखालिन्छ पसिनामा
यसै रीतले उसले/मैले जीवन खोज्छ/छु
डाँडाको गुराँस लेख्छ/छु शब्दमा
मायालुको यौवन पोख्छ/छु शब्दमा
हिमालको शितलताले चिस्सिन्छ/छु शब्दमा
आउ अब खोजौ शब्द भित्र नेपाल
आउ अब लेखौ शब्द भित्र नेपाल



तपाइँ
हामी
तिमी
सबै सबै !
धन्यवाद
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive