Friday, May 27, 2016

ती दिन यी दिन


बाल्यकालका यादहरु
उर्लिदा छन् कोशीका छाल सरी
उहीँ बाँसका खबटाको फिरफिरे 
फिरफिरे सँगै उडान
उहीँ चि मुसी चि
तेरो बाउ मेरोबाउ माछा मार्न गए
उहीँ नक्कली विवाह
उहीँ माटोको भात,दाल
नक्कली पातको पैसा
सलाईको बट्टाको टेलीफोन
हेलो .......हेलो धागाको तार
आज साँच्चैको जहाजमा चढेर
प.....रदेश पुग्दा पनि छोड्दैनन यादका तरेलीहरुले
छोड्ने होइन झन बढ्छन मलको मुलाझै हुलुक्क
 मन अझै बच्पन खोज्छ
के मज्जा होला
मोबाइल भित्रको खेलमा
के आत्मियता होला स्किनको स्पर्शमा
न उसका बा माछा मार्न जान्छन्
न मेरा बा
न चिलले लग्दिछन माछा
सक्कली विवाह भित्रका जिम्मेवारी
सक्कली विवाह भित्रका दायित्वबोध
नक्कली झै कहाँ होला ??
हातमा छ रियालका सक्कली नोट
अह ! भरिन्न मन
गोजीमा छ आइ फोन
अह संतुष्ट हुदैन दिल
एका बिहानै हल्ला गर्दैनन थिए अलाराम
हुँदैन थियो खुईले साहु
न फाइल हुन्थे
न जागिरको चटारो
सुर्यको किरण सँगै दिन शुरु
ठेकीको दहि चोर्नु
कपिको पन्ना सँग पाइनापल बिस्कुट साट्नु
झुम्राको बल खेल्नु
हर्के काकाको बारीबाट काक्रो चोर्नु
के स्वाद , अल्माराइको दहिमा
के मज्जा बजारको बर्गरमा
के तुलना औषधिले बचेको फलफूलमा ??
अह !!
कहाँ पाइएला ती पल
ती दिन
मात्र यादहरुको
तरेलीमा पेण्डुलम छन्
देखिन्छन् दिन रात
स्पर्श गर्न सकिन्न ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive