Saturday, August 6, 2016

कविता - (....)

प्रसव बेदनाको पहाड बोकेर 
जन्मिएको संविधान
एक अपांग छोरा !
निरीह निरीह -
आमाहरु 
बाबुहरु
हेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएको
एक तमास छ आकाश
एकोहोरो रुदैछ बादल
झर्दैछ प्रसान्त सागर
अह !
पखालिएन दाग -
रजस्वलाको
नियती को ।
नियतीले बेस्मारी कुटिएको
जमिन
बन्जर बन्जर
बन्दैछ
समयका च्ट्याङ्गले त्राहिमाम
केही जोडी ढुकुर
भविस्यको सिकारमा पर्दैछन
तुहिदैछन गर्भाशय
बीना निसेचित डिम्ब र शुक्रकिटहरु ।

अह !! -
महाशय
होइन हुँदै होइन
यो दुर्गती -
समयको
नियतीको
यी आफ्नै सन्तान हुन
रक्तशुर जस्ता जालिम ।
अब सकिन्न -
टिप्न ती ढल्किन लागेका
आयुहरु
सकिन्न रोक्न -
पुरिन लागेका
वर्तमानहरु
सकिन्न बनाउन
बेरंग
भविस्यहरु ।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive