Tuesday, August 9, 2016

प्रेम !!


हामी भित्रका केही पेरुङ्गा प्रेम
केही थुन्से आत्मियता
केही डोका आत्मविश्वास
बोकेर
उ.......कालो नै उकालो चढ्नु छ जीवनको
हावाको केही झोक्का टिपेर भर्नु छ फोक्सो
अनि छुनु छ त्यो सफलताको एक पित्को चुचुरो ।।
हो
माया भित्रको माया
प्रेम भित्रको प्रेम
उनी भित्रको उनी
अनि म भित्रको म
उदिन्नु छ
सुम्सुमियाउनु छ
अनि राख्नु छ
यो ढुकढुक ढुकढुक गर्ने मुटुको भित्री भागमा

इतिहास लेख्नु छ
तिम्रो र मेरो अमर प्रेमको
मुना र मदन भन्दा भिन्न
उनिहरु माया गर्दा गर्दै गले
गल्दा गल्दै मरे
हामी जाग्नु छ
हामी बाँच्नु छ
हामी अमर हुनुछ
देखिनु छ हर प्रेमीको आँखामा
लेखीनु छ हर प्रेम कथामा
सझिनु छ हर प्रेमिल मुटुमा
बग्नु छ सलललल
मुटु,धमरी,अनि शिरामा
ओ प्रीय !!
साँच्चै प्रेममा जीवनु कस्तो सुखानुभुती है ??
प्रेममा हाँस्नु कस्तो आत्मसम्मान है
प्रेममा खेल्नु कस्तो जीतको स्वाद है
अनि सबैको मुहारमा मुस्कान सरी फूल्नु
कस्तो आत्मीयता है ।
उ त्यो बग्ने पवन छोएर भन्छु
उ त्यो आगो टेकेर भन्छु
उ त्यो देउराली भाकेर भन्छु
उ त्यो माटो छोएर भन्छु
आउ
प्रीय आउ
लेखौ एउटा प्रेम गीत
सबैको माथिङ्गल तरङ्गित पार्न
सुर्योदयको शीत सापटि मागेर
गोधुलीको किरण सापटी मागेर
नदीहरुको संगीत सापटी मागेर
हावाहरुको बहाव सापटी मागेर
हरेक प्रेमीहरुको धड्कन सापटी मागेर
अनि मागेर
हाम्रै प्रेमको केही पल
उ हेर त जोडी ढुकुर
प्रेम होस त त्यस्तो पो ।
बाचा गरौ हामी पनि ढुकुर बन्नेछौ ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive