Monday, June 14, 2010

२१ औँ सताब्दिका नरभक्षिहरु !!

यो भु-मण्डलका हामी
सर्वसेस्ठ मानिएका हरु
मानव रगतले निसंकोच
उन्माद हुँदै होली खेल्दै छौ
मनवियपन र भाइचारा
अपहरण गरि,बन्दी बनाइ
मात्रुभुमिलाइ अंशबन्डा गर्दैछौ
आफू-आफूनै लड्दै छौ
पैसाको मोलमा बिक्दैछौ हामी
काँधमा बोक्दैछौ ति
कु-मानवलाइ
सत्ताको आसनमा पुर्याउन

मानवलाइ मानव सँग डरछ
यहाँ,घर भन्दा पर्खाल ठुलो बन्दैछ
पर्खाल भित्रै योजना बन्छ
पर्खाल बाहिर मानवताको हत्याहुन्छ
मानव कसाइबाट
गरीबीको गला घोटेर
भाग लाग्दैछ मानवता
नाइके र भरौटेको भाग मा
गरीब को पसिनाको प्याला पिउदै
हुकार गर्दैछन प्रगतिको
मानब नकाब भएका ति
२१ औँ सताब्दिका नरभक्षिहरु
गरीब चेलीको अस्मिता लुटछन
मानव सिकार गर्छन
स्वार्थको लागि
सत्ताको लागि
लाजनभएका नाइकेहरु
२१ औँ सताब्दिका नरभक्षिहरु!!!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive