Monday, August 30, 2010

- भेट भा'को याहुमा

भेट भा'को याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!- १

म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।।- २

डल्लि भैसी किन्नेथे,दुध खान्थ्यो छोराले
पैसा सबै लुट्दियो,मुटु न'भा मोराले
दु:ख छ,
परदेशमा कस्लाइ सुख छ।।- ३

स्वर्ग जस्तो देशछ,सँधै मेरो आँखैमा
कुनै दिन फर्किन्छु,बस्छु तिम्रो काखैमा
मनैमा,
आज फसे सुक्खा धनैमा!- ४

चञ्चले म गाउँले,काले भन्छन् मायाले
दिनै भरी घेर्दछ,गाउँ घरको छायाले
चञ्चले,
मत झिल्के पुर्व अञ्चले!!- ५

गाउँ मेरो सुन्दर,वास्ना छर्ने फूलैको
हुर्के बढे म पनि,पानी खादै मुलैको
यादै छ,
भित्री दिल्मा अझै ताजै छ!!- ६
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive