Wednesday, September 22, 2010

- रीति

जवानीमा लम्किदै गरेकि फूलमाया पढाइमा अब्बल दर्जाकी बिधार्थि थिई।राम्रो रुप बिनम्र बोलि,सबैसँग मिलेर बस्ने बानिले उ सबैको प्रिय थिई । पहाडी पानी अनि प्रकृतीको रेखदेखमा उ हुर्कदै गइ ।समयको प्रबाह सँगै उ पन्ध्र (१५)बर्षकी पुगी ।उसमा शारिरिक परिवर्तन हुन थाले,प्रकृतिक रुपमा । उसको महिनावारी सुरु भयो । हाम्रो गाउँ-घरको रीति-रीवाज पनि अचम्मकै छन ।पहिलो पटक महिनावारी हुँदा बा आमाको अनुहार हेर्नु हुन्न भन्ने चलन अनुसार,फुलमाया लाइ पनि पारी हर्केको घरमा पठाइयो।।फूलमाया पनि हर्केको घरमा ५-६ दिनको लागी गइ।हर्केको घरमा पनि उसलाइ बस्नको लागी गाईको गोठमा सानो ठाउँ बनाइएको
थियो।मान्छेलाइ पशुको गोठमा बस्नु पर्ने कस्तो रीति।एस .एल .सि .पास हुनाले उसमा केही ज्ञान थियो,उसले गोठमा बस्न अस्वीरकार गरी ।तर उसको कुरा मान्ने कोही पनि थिएनन ।उ सँग त्यो फोहोर गाई गोठमा बस्नु बाहेक कुनै बिकल्प रहेन ।आफ्नो भाग्यलाइ सराप्दै उ गोठमै बस्न थाली ।गाईको गोबरको बाँस अनि फोहोर ठाउँ उसको मन धेरै दुख्यो तर गर्नु के?अर्काको घर ,अर्काको गाउँ ।दैब किन मलाई छोरीको जुनि दिएको भन्दै आफुले आफुलाई नै धिक्कारी ।दु:ख पूर्वक पहिलो दिन अनि रात पनि बित्यो ।उसलाइ केही खान पनि मन लागेन ।एक्लै एक्लै बिताइ त्यो समय ।यसै गरी दोस्रो दिनपनि बित्यो,जब रात हुँदै गयो फूलामायालाई अत्यास लाग्न थाल्यो ।उसको मन मा बिद्रोहको भावना पनि नउठेको कहाँ होर?तर पनि किन किन मन बुझाई,सम्झैता गरी मन सँग अनि समाजको रीतिसँग । उसलाई यो पुरुषबादी समाज प्रती नराम्रो सँग बितृणा पलायो।अनि हिन्दु संकार प्रती पनि उ दुखि भइ।बाध्यता अनि विवसताले हामि महिलालाइ कति पिल्सियाउछ उसले एकल प्रश्न गरी,समाजलाइ अनि संकारलाइ तर के गर्नु उ बिवस थिइ।
घना जंगलको छेउमै थियो हर्केको घर ।गाई हल्लिदा पनि उसको मनमा डरले डेरा जमाउथियो ।दूर कता हो लाटोकोसेरो कराएको आवाज पनि आउँदै थियो रातको ३ बज्यो उसलाइ निन्द्रा परेकै थिएन ।कसो कसो उ झकाउँन लगेकी थिई ।एक्कासी उ कराइ चिच्याइ ।बचाउ बचाउ को आवाजले सुन्य रातमा टाढा-टाढा सम्म डेरा जमायो ।हर्केमा परिवार पनि उठे अनि गोठ तिर लागे ।जब हर्के गोठमा पुग्यो उ पनि एक पटक आत्तियो ।डरले उसको सारा शरिर काप्यो ।फूलमाया छटपटाइ रहेकी थि भने उसको निरिह सारीरमा बाघले निर्घात आक्रमण गर्दै थियो ।हर्के मुकदर्शक मात्रै ।हर्के कराउँन पनि सकेन त्या बाट भाग्न पनि सकेन ।फूलमाया केही छिन छटपटाइ अनि यो लोक बाट बिदा भई ।बाघ उसको रगतमा मज्जा लिदै थियो,हर्के मुकदर्सक ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive