Monday, September 20, 2010

- अंसियार

१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बासँग
मनको खुल्दुलि मेट्न सोध्यो गाउँमा सबैलाइ थाहा छ हजुर र काका जति मिल्ने यो गाउँमै कोहि छैन,तर आज किन हजुरहरु झगडा गर्नु भएको?नबिनको बा आवेगमा थिए उसले रीस ओकल्न थाले छोरा यो भाइ भनेको साँच्चै कु-ठाउँको पिलोनै रहेछ।आज मेरो अंसियार भा छ मेरो बिरुद्धमा नलिस दिन्छ रे ।सानैमा घाटि थिचेर मार्दिनु पर्ने रहेछ न हुन्थ्यो भाइ न हुन्थ्यो झमेला ।नबिनले बाको सबै कुरा बुझ्यो या बुझेन तर उसको दिमागमा "सानैमा घाटी थिचेर मर्दिनु पर्ने रहेछ " घुमी रहयो ।उसको सानो दिमागमा पनि कु-बिचरा पलायो अनि उ जुरुक्क उठ्यो अनि उसको २ वर्षे सानो भाइ जो सुती रहेको थियो उसको घाटी थिच्न थाल्यो ।त पनि मेरो अंसियार होइन? बिचरा २ वर्षे बालकको प्राण फुस्कियो,नबिन भने दंग थियो,उता फेरी काका र बाको झगडा मच्चिदै थियो ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive