Wednesday, January 5, 2011

- हाम्रो सम्बन्धको

आज भोलि हाम्रो सम्बन्धको बारेमा तेस्रो नेत्र प्रयोग गरेर सोच्दै छु,रात भर किन मलाइ तिम्रो याद मात्रै किन आउछ?तिमी मेरो को हो?प्रेमिका?साथी? किन किन यस्तै प्रश्न मेरो मनमा तछाड मछाड गरेर आउछन अनि मेरो मनको शान्ति भंग गर्छन ।मेरो मनलाइ किन हुरुक्कै पर्छन? एक पटक फेरी पनि सोध्छु तिमी मेरो आखिरमा को हौ??
हिजो सम्म म सोच्थे यो संसार स्वार्थी छ,यो संसारका मनिसमा अर्काको भावना बुझ्ने मुटुनै छैन ।जब बाट तिमी सँग मेरो भेट भयो यो सारा भ्रम मेरो दिमाग बाट हट्यो,आज म यो दुनियाँ सुन्दर देख्छु,प्रेमिल देख्छु । यस्तै छ महिना भो होला होइन हाम्रो भेट भएको अनुहार पुस्तिकामा? मलाई आज पनि याद छ त्यो दिन कसरी भुल्न सक्छु म त्यो दिन? एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा अनि एउटा मान्छेको साथले कति फरक पर्दछ जिउनुमा आज थाहा हुँदै छ तिम्रो आत्मियता ले तिम्रो मायालुपनले । याहुमा हाम्रो दिनहु कुरा हुन्छ फेशबुकमा भेट हुन्छ तर पनि किन यो मन मान्दैन के जादु छ तिमीमा?किन मलाई पागल बनाउदै छ तिम्रो आत्मियताले ।हामी प्रेमी प्रेमिका पनि होइनौ ।हाम्रो भेट भएको पनि धेरै भएको छैन,तर पनि म तिम्रो बारेमा मात्रै किन सोच्छु?उनी के गर्दै होलिन?उनी के खाँदै होलिन?यस्तै यस्तै लगभग २४ घण्टानै म उनि भित्र हराउछु । साँच्चै मायाको कुनै परिभाषा नहुने रहेछ। माया आफै हुदो रहेछ,कुनै इच्छा बिना कुनै मतलब बिना अनि कुनै प्रायोजन बिना ।के मेरो माया पागलपन हो ?के मन माया मा पगल हुँदैछु ?हाम्रो माया जुन र आकाशको जस्तो छ,अनी नदीको दुई किनारको जस्तो ।जसरी नदीको दुई किनार अलग अलग भए पबु सम्मुख हुन्छन्,तेसै गरेर हामी पनि दुर दुर पक्कै छौ तर हामी एक अर्कामा समाहित छौँ ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive