Friday, January 14, 2011

अ//कथा भित्रको कथा(दुई)

मेरो मन पुल्कित भएको छ । युद्धका मिसाल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको वयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न /सुनाउँन।


भाइ आज म रित्तो नितान्त एक्लो छु । म भित्र एउटा मूल्यहीन मुटु,अपराधका खाटा बसेका दुई-तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्र भित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको भार हो । अझै पनि म रातमा राम्रोसँग सुत्न सक्दिन । ती मृतआत्माले मलाई तर्साइ रहन्छ । लाग्छ संसार बर्बाद नियतीको खेलको झुपडी रहेछ । त जीवन त्यसको प्रारुप खरानी मात्रै । यसरी जिउँनुको के तुक भाइ ? अतीत मेरो जीवनको आगतको खतरनाक पाटो भएको छ। अतीतले आत्मालाई (बिलयनर)? पागल बनाइ रहेछ हरपल हरघडी,जुन अवस्थामा यात्रा आज मेरो तिरस्कृत छ,
पागलपनको भिकारी छ,बिपनाको ब्यथा सपना छ । त्यसैले मेरो जीवन मात्रै स्वार्थको छट्पटाइ बाहेका केही होइन । मेरो जीवन भोगाइ अपरिभाषित अनि विवादित ठाँने पुग्छ । त्यसैले आजसम्म मर्नको डरले बाँचेको छु, बिछोड्,पीडा अनि कुण्ठको तुवाँलोमा रुमलिंदै ।

मैले एकोहोरो सुनिरहेँ हितमान दाइको कुरा । साँच्चै मानिसको बाहिरी आवरण केही पनि होइन,भित्र भित्रै कति पीडा कुण्ठा लुकाएर मान्छे संसारलाई मुस्कन उपहार दिन्छ । अनि दाइ अरु भन्नुस् न युद्धको कथा-मैले कुरालाई अगाडि बढाँन अनुरोध गरे ।

तन्द्राबाट भंग भए झैँ हितमान दाइले ए ! भन्नु भो, मत कतापो हराउन पुगेछु अतितमा । के सुन्छौँ भाइ त्यो दुखद पाटोलाई ? किन बेकारमा पीडित मुटुको घाउ उप्काउनु ।

होइन दाइ त्यो पीडामा सत्यता छ, सत्य जति नै तितो भए पनि सत्य सत्यनै हो हुन्छ हुनेछ।

भाइ जुन सुकै स्थान,संस्था,संगठनमा राम्रा नराम्रा दुबै खाले मान्छे हुन्छन् ।मीठा पलहरु हृदयको खण्डहरमा भाँसिन्छन् । तर आत्मा कुडाउँने ती पलहरुले सताइरहन्छन् युगौँ युग । अनि एउटा कुरा थाहा छ तिमीलाई ? ईतिहास सँधै (जहाँपनि) जित्ने कै नाममा लेखिन्छ । अनि मिचाहा नै नायक हुन्छ । सोझा सादा सधैं तलको तल नै हुन्छ । मेरो कथा जति सुने पनि जति लेखे पनि मात्र शब्दमा सिमित हुन्छ । सधैं अधुरो हुन्छ मेरो कथा जसरी मेरो सपना अधुरो भयो/लाग्छ जीवन भर अधुरै हुने छ ।


बोल्दा बोल्दै दाइका आँखा सजल भए,अनि अतीतमा हराउँदै टोलाउँन पुगे हितमान दाइ । दाइ के भयो ? मेरो शब्दसँगै दाइ पुन: झस्किए ।

भो भाइ अब धेरै वयान गर्न सक्दिन त्यो कालो अतीतको । खाटा बस्न लागेको घाउलाई फेरि किन उप्काउँनु ।

दाइको यो कुरासँगै मेरो मन पनि निरास प्राय भो । एक मनले भन्यो विचराको दर्दलाइ किन बल्झाउनु ? तर मेरो मन मान्दै मानेन । यो पापी मनमा ती घटना सुन्ने चाहना चुलीचुली भएको थियो ।

फेरी कर गरे दाइ कृपया भन्नु न पीडा बाँड्यो भने कम हुन्छ, मनको आवाजलाई शब्दद्धरा बहिर निकल्नुहोस् दाइ । मेरो लाखौं बिन्तीलाई नकार्न नसकेर दाइले फेरि कहाँनी सुनाउँन थाल्नु भयो ।

भाइ क्रान्तिकारी लालसेनाहरुलाई यौन कार्य पूर्णतया बन्देज हुन्छ। यौन एक युद्धको सत्रु नै हुन्छ । तर तिमीलाई म एक दिनको घटना भन्नु त्यो सुने पछि जस्ले पनि एकपटक झस्किन्छ। पहाडी ठाउँमा मेरो इलाका थियो । हामी त्यो दिन १५,२० जना गाउँ गुम्न गएका थियौ। दिनको यस्तै ३-४ बजेको हुँदो हो । एउटा घरमा भुटेको मकै र मोही खाएर निस्किन मात्रै लागेका थियौँ । एक्कासी सेनाको गस्ती गाउँ पस्दैछ भन्ने खबर सुन्नमा आयो । अब हामी सबैको होस् अवास् उड्यो । आधुनिक हतीयारले सुसज्जित उनीहरुको २०० जनाको जत्था अनि भरुवा बन्दुकको साथका हामी १५-२० जना । त्यहाँ मुडभेट गर्ने कुरा त सोच्नु पनि मुर्खता हुन्थियो । तेसैले भाग्नुनै उत्तम ठानी हामी भाग्न थाल्यौँ । जंगल भीरपहरा हुँदै हामी भाग्दै गयौँ ।


भाग्दा भाग्दै एक्कासी एक युवतीको आइया भन्ने आवाज मेरो कानमा पर्‍यो । पछाडि फर्केर हेर्दा र आफ्नै कमरेड नुतन। उनी आफ्नो पेट छाम्दै भुइँमा बसेकी थिइन् । अब आपद पर्‍यो, जंगलको बाटो त्यसमाथि पनि लुक्दै भाग्नु पर्ने, साथी बिरामी। कस्तो आपद.....?


म नुतनको नजिकै पुगेर सोधेँ के भो कमरेड ? पेट दुख्या हो ?

उनि मेरो प्रश्नको उत्तर दिन भन्दा रुन पो थालिन् । कमरेड नरुनुस् के भो ? मैले सोधेँ । उनको आँखामा केही लज्जा देखिनथाल्यो । कतै मेरो मनले सोच्यो, होइन होइन कसरी हुन सक्छ त्यो । एक लाल सेना कामरेड । नुतन कुरा के हो चाँडो भन्नुस् ? कामरेड म दुई जिउकी छु । मेरो पेटमा बच्चा छ पाँच महिनाको । आजको कुदाइको जोडले शायद बच्चालाई असार पर्‍यो होला तेसैले मेरो पेट दुख्दै छ । लाग्छ अब मर्छु । आँखाबाट तमोर नदी बगाउँदै गला रोकिदै उनले आफ्नो पीडा पोखिन् । रीस उठ्यो । म लालसेनामा भर्ती हुँदा यौन युद्धको प्रथम दुस्मन भनेर प्रवचन दिने मान्छे नै आज ?

कामरेड यो तपाईं के भन्दै हुनु हुन्छ ? तपाईं होसमा त हुनु हुन्छ ? तपाईं के कुरा गर्नु हुँदै छ नि ? त्यो कुरा पाटीमा थाहा भो भने के हुन्छ हजुरलाई थाहा छ कामरेड ?
उनी पनि जोडले बोल्न थालिन् । मलाई सबै थाहा छ कामरेड । मेरो यो हालत के मेरो इच्छाले भएको जस्तो लाग्छ हजुरलाइ ? हाम्रो पाटीमा पनि भुसिया कुकुरको एक जमात छ, जो बोल्छ एक अनि गर्छ अर्को ।
म हेर्दा हेर्दै लुटिए आफ्नै पाटीको कमाण्डरबाट । तर पनि मैले केही गर्न सकिन । सानो हुनुको घाटा यो हो । हाम्रो आवाज हुँदाहुँदै पनि हामी लाटो हुन्छौँ । अनि पेल्छन् ती उच्च भनाउँदा ब्याधाले।

उनी बोल्दै गैइन । धेरै दिनदेखिको भडास् निकाल्दै थिइन उनी ।

मलाई यो हालतमा ल्याउने हाम्रै पाटीका छेत्रीय इन्चाज हुन । उनले मौका पाउँना साथ मेरो कमजोरीपनको फाइदा उठाउँदै लुटे पटकपटक अनि म लुटिरहेँ बारबार । उसले चाँडै विवाह गर्ने बाचा पनि गर्‍यो । तर आज उल्टै मलाई धम्किदिन्छ । के यस्तै हो त माओको सिदान्त ?

उनको पीडा कमभएकै थिएन । माथिबाट बन्दुकको आवाज आउँन थाल्यो । उत्तरतिरबाट सेनाको फौज हाम्रो पिछा गर्दै रहेछन् । अब के गर्नु एक बिरामी साथीलाई साथैमा लग्दा पनि दुई जना नै मरीने नलाग्दा पनि मनले मन्दै मानेन । नुतन सेना आउँदै छन् यतै चाँडो भागौ । उनी उठ्न खोजिन सकिनन् । अनि भनिन् रुन्चे बोलिमा कामरेड तपाईं भाग्नुस् मेरो पीर नगर्नुस् । अब म थाकिसकेँ जीवनबाट । भाग्नुस् हजुर । उनको गला रोकियो । आँखाले जीवन माग्दै थियो । म भागे त्यहाँबाट ओह्रालो नै ओह्रालो सेनाको गोली छल्दै । मेरो मुटु फुलेर आयो । धेरै पर पुगेपछि रोकिएँ । खोल्साको पानी पिएँ । लाग्यो आज पनि बाँचियो ।
त्यहाँबाट कामरेड नुतनको बारेमा सोच्दै क्याम्पमा पुगेँ । त्यो समयमा रातको ८ बगेको थियो । रेडियोबाट समाचार आउँदै थियो । हाम्खोर गाँउमा भएको दोहोरो भिड्न्तमा एक महिला छापामारको म्रुतु ।
म झस्किए । मेरो होस् उड्यो । मेरो छेउको धरती भाँसिए झैँ लाग्यो । एक अवला नारीलाई मारेर दोहोरो मुड्भेड्को नाम दिने निकम्मा सरकार अनि सेनादेखि झन्न रीस्उठ्यो । त्यो भन्दा ज्यादा रीस त्यो कुमानवसँग उठ्यो जस्ले पाटी नीति बिपारीत एक नारीको अस्मिता लुट्यो, त्यो कारणले आज लालसेनाले एक सुकल युद्धा गुमायो । म के गर्न सक्छु र म पनि त एक तल्लो स्तरको लाल सेना न थिएँ । मनमनै जल्दै सुन्त गए ।

भाइ यस्तै छ हाम्रो पीडा हाम्रो युद्दको कहाँनी यस्ता धेरै कहाँनी छन् । जो कसैले देख्या छैन देखेर पनि लेख्या छैन ।

दाइ निक्कै भावुक भएका थिए । उनको आँखा सजल भएको थियो । साँच्चै एक जनाको कु-भावनाले कतिको जीवनमा प्रभाव पर्छ हौ ? म पनि सोच मग्न भए ।

हातको घडी हेरेको रातको १२:३० भएको रहेछ । बाँकी कहाँनी पुन: कुनै दिन सुन्ने/भन्ने सर्तमा हामी सुत्न लाग्यौ ।





समाप्त

रचनाकाल-१३\\१\\२०११ दोहा कतार
Share:

3 comments:

  1. द्वन्दको समयका गर्भमा क्रमशः हराउँदै गएका यस प्रकारका अनगन्ती मार्मिक घटना छन् । कथाले तिनै मध्येको यो घटना छानेको भए पनि मानव इतिहासमा यौन र यौनजन्य अपराधको गाथा पनि कथाले उजागर गरेको छ ।
    वर्णविन्यास र वाक्यसङ्गतिमा देखिने सामान्य त्रुटि हटाउने हो भने कथामा अझ निखार आउने कुरामा दुईमत छैन ।

    ReplyDelete
  2. द्वन्दको समयका गर्भमा क्रमशः हराउँदै गएका यस प्रकारका अनगन्ती मार्मिक घटना छन् । कथाले तिनै मध्येको यो घटना छानेको भए पनि मानव इतिहासमा यौन र यौनजन्य अपराधको गाथा पनि कथाले उजागर गरेको छ ।
    वर्णविन्यास र वाक्यसङ्गतिमा देखिने सामान्य त्रुटि हटाउने हो भने कथामा अझ निखार आउने कुरामा दुईमत छैन ।

    ReplyDelete
  3. जति पढ्दै जान्छु उति डुब्दै गएँ कथा भित्र ,निरुले लेखेका हरेक कथाका पाटाहरु उत्तिकै मन छुने हुन्छन् ,यो कथा भित्र आँफै पसेर महसुस गरें रोक्न सकिन आँफुलाई चिसिन पुगे मेरा आँखा ....
    बधाई भाइ अझै धेरै प्रगतिको कामना गर्छु दिदी ||

    ReplyDelete

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive