Tuesday, March 22, 2011

होलि !!!


किरिङ् किरिङ् फोनको घण्टि बज्यो हेलो मैले फोन उठाए 
ओइ चन्द्रगडी आइज सबै केटाहरु भेला भएका छन् उता बाट जवाफ आयो ।
पख यार सुड्डो घरमै छ क्या रडिस् गर्दै छ ।मैले भने 
ल ल चाँडै आइज मैले फोन राखे उता बाट भन्यो 
हुन्छ हुन्छ मैले भने 

यो होलिको दिन बाको पनि किन अफिस बन्द भएको होला गिदी गर्छन् बुढा हल्लिन दिने होईनन् ।यसो ढोका खोलेर हेरे बुढा सुतिसकेका रहेछन् मौका यो नै हो ढोका बन्द मात्रै के गरेको थिए भित्र बाट आवाज आयो धेरै समय होलि खेल्ले होइन नि अनि त्यो खाने नखाने कुरा पनि खाने होइन तेरो सङ्गत मलाई थाहा नभएको होइन ।


म झसङ्ग भए के भन्ने के नभन्ने तर पनि मन् खुशीनै थियो लागे अब चन्द्रगडी तिर।


केटाहरु सबै भेला भएका रहेछन् अब सुरु भो होलि मनाउने काम त्यहाँ बाट सबैलाई रङ्ग दलादल गर्दै अब बाटो बाटो हिड्न थालियो ,कसैलाइ खुशिले कसैलाइ करकाप गर्दै रङ्ग दलियो बटुवाहरुलाइ पनि यो क्रम ४ घण्टा सम्म चल्यो ,धेरै रमाइलो भयो नकसैको अनुहार चिनिने कस्तो अचम्मका देखिएका सबै ।

अब घर जानु पर्छ यार नत्र सुड्डोले मार्छ मैले भने केटाहरुलाइ ।ल यो के भन्छ होलि सुरु भएको छैन घर जाने रे शिशिरले भन्यो हो त राजुले थप्यो।होइन म आज त केहि पनि खान्न घरमा बा छन् मर्छन् मैले डर पोखे।हेर घरमा हाम्रो पनि बा छन् नि जाँ.... बुढाहरुलाइ केहि थाहानै छैन आजका युवाको रहर योगिले थप्यो।ल उसो भए चाँडै जाउन त कहाँ जाने मैले प्रस्ताप राखे।उहि त हो जाने त 
कान्छिकोमा शमिरले भन्यो। ल ल जाउ जाउ सबै लाग्यौ कान्छिको छ्याङ्ग पसल तिर।

कान्छी दिदीको भट्टिमा कति पिइयो कति लेखा जोखा कसले राख्ने?अब कसैको पनि होस ठेगानमा थिएन तर मलाई भने अलिक बढिनै लागेछ हिड्नै सकिन।लड्बडाउदै अब लागियो बजारको बाटो हुदै घर तिर हातमा रङ्ग पनि छैन तर पनि अझै बाटोमा भेट्नेलाइ रङ्ग दल्ने काम बन्द भएकै छैन ,होलि हो भन्यो हात अगाडी बढायो कस्तो बेहोसिपन ।बाटामा एक केटिले साले रन्डा भनेर एक थप्पर हान्दा अलिक झिलमिल झिलमिल भएको थियो खोइ नशाको शुरमा के गरे कुन्नि मलाइनै थाहा भएन लिम्बुनी माइली परिछिन बजाइत हालिन्।

"बाहुनको छोरा घरमा बा अप्सनी नलगाई खाना खादैनन् यहाँ यो लठुवा छोराको हाल हेर हेर"खोइ कसले कसलाई भन्दै थिए  मैले बुझिन् बुझ्न पनि खोजिन्।अब भने जाँडले धेरै लागे जस्तो छ मैले त कपडानै पो खोल्न थालेछु।धन्न केटाहरुले रोकेछन् नत्र कत्रो जात्रा बाबै।माथिको भेष्ट त पिपलको रुखमा पो फ्याकिदिएछु अब आधा शरिर नाङै।

केटाहरु कता गए कता अब म एक्लै भए उता हेर्छु केटाहरु देख्दिन यता हेर्छु पनि देख्दिन।हे बालै भएन एक्लै कराउँदै,हल्ला गर्दै म घर तिर लागे अब।जडियाँले जती खाएपनि घरको बाटो भने कहिले नभुल्ने रहेछ त्यो मेरो पनि अनुभव हो।


पूर्व पनि मेरो पश्चिम पनि मेरो भन्दै अब घरमा पुगे म बाबा सँग सधै डराउँने म आज डर कता कता म छाती फुलाउँदै घरमा गए,बाटामा ममिले सोध्नु भो ल् हेर हेर यो नर्केको चाला कुकुरको मुत धोकेर आएछ।ए!सुड्डि तिमीलाइ के थाहा होलि केहो घरमा बस्यो खायो हेर कस्तो भैसि जस्तो भएको छौ।राम राम यो आज बौलाए छ कान्छा यो नर्केलाई लैजा माथिको कोठामा लगेर सुता अहिले बाबा आउँनु भो भने यसको करङ्गले दु:ख पाउँछ।जति भन्दा पनि मान्ने होइन मोराका साथिपनि कस्ता धोकाउनु धोकाए छन्।दादा आउनु माथि जाउ भाइले मेरो हात समात्यो म पनि उ सँग लागे ।कान्छा तैले होली मनाइस्?मनाए दादा गुड मनाउनु पर्छ बुझिस्।


मलाइ खाटमा सुताएर भाइ तल आयो एकै छिनमा म पनि त्यहा  आईपुगे।बाबापनि आई सक्नु भएको रहेछ गाँउबाट ।मेरो यो हालत देखे पनि बुढाको कन्सिरी
तातेछ मलाइ कानमा समातेर बस्ने गालामा एक पटक टेक्ने हातले मज्जाले बजाँए म पर हुत्तिए।म लडेछु उठदै बा सँग आँखा जुदाउँदै भने के मार्ने बिचार छ?किन जन्माएको मलाइ यसरी मर्न?बाबा सँग कहिले आँखा सिधा पारेर नहेर्ने म आज कहाँ बाट आयो यो पावर खोइ?बाबाले ममिलाइ भन्नु भो यो तेरो कारण बिग्रीदै छ,धेरै टाउँकोमा राख्दै गर कुन दिन हामि सबैको इज्जवत नालिमा हाल्दिन्छ यो धन्दुकारीले।


आमालाइ गाली गरेको देखेर मलाइ कहाँ बाट रीस उठ्यो कहाँ बाट ,म बाको नजिकै पुगेर भने ए!सुड्डा किन ममिलाइ गाली गर्छौँ ह?के मैले तिम्रो बा को सम्पती खाएको छु मेरै बाको त खाएको छु नि तिमीलाइ के को टाउँको दुखाई?मेरो बेहोशिपन यो यस्ता सवालले बा 
लाइ पनि हाँसो लागेछ ।ए कान्छा यसलाइ भित्र लैजा अनि सुता।अब म पनि गलिसकेको थिए दिनभएको कुदाइ हिडाइले ।खाटमा सुत्ने साथै निदाएछु।एक्कासि भोली १२ बजे दिनमा पो निन्द्रा खुल्यो आँखा पूरै कचेराले टाँलिएको थियो,टाउँको चटचट गर्दै थियो।बल्ल बल्ल उठेर फ्रेस भए खाना पनि खान मन थिएन सिधैँ T V कोठामा पुगे मलाइ देखे पछि भाइ मरीमरी हाँस्छ ओइ के भो किन गब्बरको जस्तो हाँसेको?भाइले हिजो भएको सबै कहानि सुनायो मेरो बिहोशि हुदाको म पनि तीन छक्क परे राम राम यो सालको होलिले त के के गरे छ के के?


राजुलाइ फोन घुमाए राजुले पनि सोध्छ ओइ तेरो भेष्ट त पिपलको रुखमा छ लिन जानेको होइन?लौन के के पो गरियो हिजो कता कता डर पनि लाग्यो तर चाँडमा गरेको रमाईलो त हो जो भो सो भो !!

जय होलि !!!

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive