Tuesday, March 22, 2011

गीत-११


जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो!
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो !!

भनौ भने जून पनि,जूनमा पनि दाग देख्छु,
सुन भन्दा सुनको पनि,बजारमा माग देख्छु।।
भेट पनि हुने होइन ,सम्झनाले ज्यानै लियो,
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो!!


जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो...

एक्लोपनले सताउँदा,फोटो हेर्छु घरीघरी,
आँखा चिम्ली हेर्छु सधैँ,देख्छु मेरै वरीपरी।।
हुन्छु कैले उदाशनै,मन बाँध्ने तिमी मियो,
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो !!

जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो.....


रचनाकाल-१७/०३/२०११
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive