Wednesday, April 6, 2011

-मैले बुझ्न सकिन


क्षितिज hello hello के हो तिमी आज भोलि किन म बाट टाढा टाढा हुदै छौँ म तिमिलाइ आवाज दिदैछु तिमी सुनेको नसुनै देखेको नदेखै गर्दै भाग्दै छौँ,के तिमी अन्धो भएको छौँ,बहिरो भएको छौँ?

"आँखाले देख्न छोडि सके कानले सुन्न?हो म अन्धो भएको छु बहिरो भएको छु।"मनु तिर हेर्दै नहेरी बोल्छ क्षितिज

सुzzzसुzzzसु हल्का सुकसुकाउँछे मनु- "क्षितिज मैले बुझि सके अब म मा रस छैन त्यसैले तिमी मलाइ त्यागदै छौँ,तिमी लोग्ने मान्छे यस्तै हुन्छौँ।आज फेरी प्रमाणित भो। भो धेरै नबोल  म तिम्रो आँखाको भाकापनि बुझ्छु,तिमीले मलाई माया नगरे के भो त?माया कसैको करकापमा गर्ने पनि होइन नि ।म खुसि छु।"

 मनु मलाइ गलत नसोच बिन्ती।म घरको एक्लो छोरा मैले बा आमाको मान गर्नु पर्छ।हाम्रो आज सम्म जे जे भएको थियो सम्झ त्यो सपना हो अनि भुलि देउ।अनि माया गर्दै विवाहनै गर्नु पर्छ भन्ने पनि त छैन नि?

 रातो रातो आँखा पार्दै बोल्छे मनु-"के के भुल्नु क्षितिज म त्यो मेरो कुमारीत्व लुटिएको पल,तिम्रो लागि मैले आफन्तलाइ त्यागेको पल?के के भुल्नु तिमिनै भन?हो म गरिब छु,तिमि धनि के गरिबको मन हुन्न?उसले माया गर्न सक्दैन?उसले चाहेको पाउँदैन ?के माया धनीको पेवा सम्पत्ति हो ?धनीले धनको आडमा जे जे गर्दै हिडछ त्यो गरीबले चुपचाप सहनै पर्ने ?"क्षितिज म त्यो १८ औँ शताब्दीको नारी होइन,बाबा आमाको मानको उस्तो ख्याल हुदो होत मलाइ किन माया जालमा पार्यौँ,मेरो जवानीको रस चुस्यौँ।म कुनै फूल होइन क्षितिज म एक २१ औँ शताब्दीको नारी हुँ।कसैको अत्याचार सहने अनि मुकदर्सक हुने छैन म।चेतना भया।।" मनुको आवाजमा आज रीस थियो।

खोइ के भन्ने के नभन्ने हुन्छ क्षितिज ।मनु मलाइ बुझ्ने प्रयास त गर हेर म तिमीलाई अझै माया गर्छु,अनि माया गरिरहने छु युग युग सम्म ।

भो भो अब मायाको नाटक धेरै नगर क्षितिज अब यो कुरा कुनै अर्की सोझी केटीलाई सुनाउँनु मलाई होइन।आज बाट म तिमीलाइ चिन्दिन अनि तिमीले पनि मलाइ।भुले मैले तिमीलाइ आज बाटै।अब तिम्रो अनि मेरो मार्ग अलग छ अनि लक्ष्य।एकै पटक यो सबै भनेर मनु बाटो लागी क्षितिज भने जहाँको त्यही ठिङ्ग उभिरहयो।उसले केहि सोच्न सकेन यो म जे गर्दै छु ठीक गर्दै छु?कतै यो पागल केटीले केहि गर्ने त होइन?उसको मनमा चिसो पस्यो।उसले एकै छिन सम्झियो अतितलाई जब उनिहरुको भेट भएको थियो।सुन्दर भन्दा धेरै सुन्दर पनि होइन तर पनि नारी शुलभता गुण उसमा थिए त्यसैले क्षितिजले उसलाई मन परायो।गाउँबाट शहर पढ्न आएकी थिइ मनु।हल्का कुराकानी बाटै माया भित्र गोतालगाउँन लागे यि दुई जोडी।क्षितिज धनी परीवारको कान्छो छोरा,मनु गरीब त्यो पनि कथित तल्लो जातको माईली छोरी थिई।मायामा नजात हुन्छ नसम्पतीको पर्खाल।माया हुर्किदै गयो।यि एक अर्कामा बिलिन हुदै थिए,समय संगै यि दुईले मन मात्रै होइन तन पनि साटासाट गरे।माया भित्र बिश्वास थियो,समर्पण थियो।पि पि पि पि गाडीको हरनले झसङ्ग भो क्षितिज।ए!भाइ मर्ने बिचार हो?किन यसरी सडकमा हिड्या नि पेटीबात हिड्नु पर्दैन?के के तालका मान्छे पनि हुन्छन् ।डाइभर करायो।तर क्षितिजले केहि पनि जवाफ दिएन उ पेटी तिर लाग्यो।

मनमा अनेक कुरा खेलाउँदै क्षितिज घरमा पुग्यो।सरासर आफ्नो कोठामा पस्यो।कोठा बन्द गरेर डायरीमा लेख्न थाल्यो।लगभग २ घण्टा उसले डायरी लेखनमा बितायो।खोइ के के लेख्यो उसले त्यो डायरीमा तर उसको मुहार मलिन थियो अनि हात थर्थराउदै थिए,आँखा सजल थिए।


कोठा बाट बहिर निस्कियो अनि बैठक कोठामा पस्यो।बैठक कोठामा उसको बुबा बस्नु भएको थियो।ए!कान्छा त आइस?अनि डाक्टर साहेब आउँनु भएको थियो धेरै समय कुर्नु भयो तर त आइनस् अनि जानु भो।चिन्ता लिनुपर्दैन भन्नु भएको छ औषधी राम्रो सँग खानु भन्नु भएको छ उहाँले।क्षितिजले बाबुको कुरा सुन्यो या सुनेन उसको ध्यान टि भिमा थियो।

खाना खान मन पनि थिएन उसलाइ तर पनि एक दुई गाँस खायो आफ्नो लागी होइन उसको प्यारी आमाको लागी।खाना खाएर सिधा उ आफ्नो कोठामा पस्यो,अनि दराजबाट मनुको पत्र निकालेर हेर्न थाल्यो।अतित सम्झेर उसको आँखामा खहरेनै चल्न थाल्यो,साँच्चै मान्छे कती लाचार हुन्छ है?जीवन यस्तै आरोह अवरोहको यात्रा त हो।सुत्न खोज्यो क्षितिज तर निन्द्रा देवीलाई निम्ता दिन सकेन।सम्झियो मनुलाई के गर्दै होली???मैले गर्दा उसले पनि दु:ख पाउदै छे,कस्तो अभागी रहिछे मोरी।अतितमा कावा खादा खादै कुन समय भुसुक्क निदाएछ क्षितिज।

उता मनुको पनि हाल् बेहाल भएको थियो,आफुलाई भन्दा धेरै बिश्वास गर्ने माया गर्ने मान्छेले यसरी जीवनको मझधारमा छोडेपछि कसको मन नरोला।जीवनमा के के सपना बुनेकिथि उसले सारा सपना अब सपना मात्र सपना भो।धिक्कारी आफुलेनै आफ्नो भाग्यलाइ।पीडा अनि आँशुको आँहालमै उसले आजको रात बिताउँने निधो गरी अनि अब यो बिरानो शहरलाई सधाको  लागी त्याग्ने अनि बिचार पनि गरी उसले।।

पूर्व क्षितिजमा तुवालो लाग्नाने आज सुर्यदेवको पनि दर्शण मिलेको छैन काठामण्डौँ बासिलाई।चिसोले अब बिस्तारै कब्जा जमाउदै छ वातावरणमा।सधैँ पनि ढिलोनै उठ्ने क्षितिजको बानी हुनाले ८-९ बजे सम्म उसको कसैले पनि खोजी गरेनन् आज घरमा,चिया नास्ता सबैको सकियो आमा पनि भान्साको काममा व्यस्त बाबु पत्रपत्रीका हेर्न व्यस्त।९ बज्यो अझै यो केटो किन नउठेको होला भन्दै आमाले क्षितिजको कोठा ढकढकाइन् भित्र बाट केहि पनि आवाज आएन्।बाबु बाबु क्षितिज अझै जोड जोडले बोलाइनन् तर अह भित्र सुनसान सन्नाटा बाहेक केहि आएन।अब आमा चाहिको मनमा चिसो पस्यो उनले ए!क्षितिजको बा यहाँ आउँनुसन् किन किन बाबु बोल्दैन के भो झट्टै आउँनुस् न भन्या रुन्चे आवाजमा बोलाईन।खोइन के भो किन कराएकि ह तिमी?बुढा पनि त्यहाँ आइपुगे/हेर्नुसन्  कति बिलाउँदा पनि बोल्दैन ढोका पनि खोल्दैन अब आमाको आँखाबाट कर्णाली बग्न थालेका थिए।क्षितिज बाबु क्षितिज बाबु क्षितिज बाबु बुढा पनि श्वस फुलुनजेल कराए तर अह आवाज बिहिननै थियो क्षितिजको कोठा।अब बुढाको पनि होस् हवास् उड्यो,उनले आत्तिदै प्रहरीमा खबर गरे।केहि समयमै प्रहरी पनि आए।जति कराउँदा पनि क्षितिज नबोले पछि अब ढोका फुटाउँने निधो गर्दै प्रहरी जवानले ढोका तोडिदे।अब कोठा खुल्यो भित्रको दृश्य दर्दनाक थियो।हे भगवान के के हुने रहेछ भन्दै क्षितिजका बाबु टाउको समाउदै भुईमा बसे,क्षितिजको आमा बेहोस् नै भइन्।

क्षितिजले आत्महत्या गरेछ।उसको लासको छेउमै एउटा पत्र अनि एउटा डायरी थियो।डायरी धागोले बाँधेको थियो अनि पत्र खाममा बन्द थियो।क्षितिजको बाबुको अनुमतीमा प्रहरीले उसले लेखेको पत्र खोले पत्रमा यस्तो लेख्या थियो-


मलाई थाहा छ यो कदम ठिक होइन हुदै होइन ,मलाइ माफ गर्दिनु होला बाब ममी।हजुरहरुको एक मात्र आश्था,बिश्वास अनि बुढेसकालको भर पर्दो लौरी म मात्र म थिए।आत्माहत्या गर्नु कायरता हो म पनि कायर भए,भग्न चाहे जीवन बाट,जगत बाट।मलाइ थाहा भइ सक्यो कि मलाइ ठुलो रोग छ भनेर बाबा हजुर र डाक्टर अंकलले गरेको कुरा सबै मैले सुनि सके।आज या भोलि आखिर मेरो आयु नजिकै थियो,जसलाइ मैले अझै सहज बनाए,आफ्नै ईच्छाले मर्ने चाहना पलायो।मेरो बोझ कहिले सम्म उठाउँनु हुन्छ हजुरहरु यो चिन्ताले मलाइ बिगत ४-५ दिन देखि सताउँन थाल्यो मैले धेरै प्रयास गरे साधारण हुने तर सकिन,जती मनलाइ बाँध्न खोजे पनि हजुर र डाक्टर संकलको कुरा मेरो कानमा गुञ्जिरहयो बारबार"हजुरको छोरालाइ ए च आइ भि छ,उ अब धेरै दिन बाँच्न सक्दैन,उसलाइ यो कुरा थाहा दिनु उचित पनि छैन।"हो बाबा हजुरहरुमा त्यो मानसिकता थियो मेरो कारण हजुरहरुको ईज्जत जाने किन कि हजुरहरु सोच्नु हुन्छ म गलत नियतको कारण यो रोगको शिकार हुदै छु।हजुरहरुलाई जस्तै मलाइ पनि थाहा छैन यो कसरी भो?असुरक्षित यौन सम्पर्क होइन होइन आज सम्म मैले मनु बहेक अरुलाइ छोएको पनि छैन ।कि मनु?होइन होइन यो कसरी हुन सक्छ?खोइ कसरी कसरी यो भयो??अनि मैले अब सबैलाइ माया मार्ने निधो गरे।मैले त्यो समय बाट मेरो मायालु मेरो जीवन मनुलाइ पनि दुखाउँन थाले।किनकि उसको घृणानै मलाइ जीवन त्याग्न सहज हुन्छ।अन्तिम पटक हिजो उसलाइ भेट्ने मेरो ईच्छा पनि मैले पूरा गरे।अब उसमा कति घृणा छ म प्रती त्यो पनि देखे म अब मर्न सक्छु।बाबा,ममी आफ्नो ख्याल गर्नु होला यो डायरी मेरो मनुलाइ दिनुहोला।

हजुरहरुको अभागी छोरा
क्षितिज
============

वातवरण झन् तनाब ग्रस्त भो।कस्तो नियती कस्तो भाग्य मान्छेको बुढाले आफ्नो भग्यलाईनै धारे हात लगाए।आमा त बेहोस् को बेहोस् नै।

एक कान दुई कान मैदान हुदै यो कुरा मनुको कानमा पनि पर्‍यो।मनु पनि क्षितिजको घरमा आइन।त्यो समयमा क्षितिजको लासलाइ पोस्टमार्टम गर्न लग्ने तयारी हुदै थियो।मनुले क्षितिजको बाबालाइ सम्बोधन गर्दै भनिन बाबा के भो यो?उनको आँखामा असारे खेतको गरामा भरी भए झै आँशु थियो।क्षितिजको बाबुले मनुलाइ डायरी जिम्मा लगाए।तुरुन्तै मनुलाइ यो डायरी हेर्न मन लागेन।उनले डायरी आफ्नो झोलामा हालिन्।प्रहरीले क्षितिजको लास पनि लिएर गए।उदाश उदाश केहि खाली केहि नमज्जा बिकेर मनुपनि चुपचाप खडा भइरहिन्।

आँसुलाई पिउदै घरको पेटिमै बसेर उनले त्यो डायरी हेन्न थालिन्।जति जति डायरीको पान्ना पल्टिदै गयो उति उति मनुको मनमा सुनामीको छाँल पर्दै गयो।आँसुले डायरीको पाना भिज्दै गयो।अब उनलाई डायरीको अरु पाना पल्टाउने आँट पनि मर्दै मर्दै गयो।कस्तो नियती उनले धिक्कारीन आफुले आफुलाइ।मैले क्षितिजलाइ बुझ्न सकिन ।उसको समर्पणलाई गाली गरे।क्षितिज म तिमी बिना एक्लि एक्लि छु,अधुरो छु ,खाली छु।आँखाको आँसु पुस्दै उनि कुदेर बाहिर गइन।हतार हतार आफ्नो कोठामा पसिन् अनि मन खोलेर रुन थालिन्।

समाप्त !!

लेखानाकाल -२६/०३/२०११ 
दोहा कतार 
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive