पहरा पो गर्जियो भन्यौ,नेती तिम्रो हातमा थियो।
च्टयाङ्गनै बज्रीयो भन्यौ,खोट तिम्रो बातमा थियो।।
अनौठो त्यो रीतिनै तिम्रो,चुस्न सम्म चुस्यौ हिजो।
फूल त्यसै मुर्झियो भन्यौ,दोष तिम्रो घातमा थियो।।
रवाफ त्यो कति हो बाबै,आसे पासे लस्कर लाग्ने।मेरो बानी सुध्रीयो भन्यौ,ब्रम लुट त रातमा थियो।।
सबै उस्तै समान देख्छु,नारा तिम्रो यस्तै यस्तै।
मुद्धा सबै सुल्झियो भन्यौ,प्रहार तिम्रो जातमा थियो।।
रचनाकाल -०३/०४/२०११
0 सुझाबहरु:
Post a Comment