Monday, April 11, 2011

अ//कथा भित्रको कथा(तीन)


धेरै दिन भएको थियो मैले हितमान दाईलाइ।युद्धको गथासो सुन्ने मेरो ईच्छा अझै पूरा भएको थिएन।उहाँ पनि व्यस्त म पनि व्यस्त भेट पातलिनु त्यो नै थियो।लामो समय पछि उहालाइ भेटन बिहिवार रात म उहाँको रुममानै गए।आखिर तिर्खा धाउँनै पर्ने हुन्छ ।

रातको ९:३० तिर खाना साना खाइ सकियो अनि पसियो सुत्ने कोठामा।दाईले लेप्टप खोल्दै समाचार हेर्न थाल्नु भो।लामो सुस्केरा हाल्दै भन्नु भो यो नेपाल कहिले नबन्ने भो भाइ,सके नेता भनाउँदाले मेरो देशलाई।जहिले पनि कुर्सि कुर्सि भन्दै बस्नेले देश बनाउछन् होला त?

खोइ दाइ के भन्ने यि सुद्धि खुस्किएका नेतालाई?खयर दाई यो कुरा भन्दा पनि मलाइ हजुरको कथा सुन्न मन छ,त्यो कारण म यहाँ आएको छु।भेट्न अनि हजुरको युद्ध कथा सुन्नके सुन्छौँ भाइ त्यो तितो बिगत?भो त्यो कथा अब सम्झिन्न म।

 होइन दाई मलाइ आफ्नै भाई मन्नु हुन्छ भने भन्नुन् मलाइ ति हजुरको अतित।

लामो समयको कर कर पछि उहाँले कथा सुनाउँन थाल्नु भो।

भाई यो कथा मेरो जीवनको एक भुल बाट सुरु हुन्छ।मान्छे जब भावनामा बग्छ अनि उसको बिबेक खोपा पस्छ।हो त्यो दिन गरेको गल्तीले आज सम्म मैले यो दु:ख भोग्दै छु।अझै कति दु:ख भोग्नु पर्छ त्यसको के लेखा जोखा। मैले कसरी यो भड्खालोमा जीवन सुम्पे ल सुन---

हित  हित  कसैले आवाज दियो बाहिर बाट।
मैले ढोका खोलेर हेरे बहिर २-३ जनाको जत्था थियो। समयकाल ठीक थिएन मैले भित्रबाटै हजुर को हुनुहुन्छ त्यहाँ प्रश्न गरे।
हामी माओवादी लडाकु है तिमी सँग सानो काम छ के हामी भित्र आउँन सक्छौ?
आवाज कता कता सुने सुने जस्तो लाग्यो अनि तिमी भन्नुले पनि त्यो मानिस परीचित नै हो भन्ने संकामा इन्धन थप्यो।

मतान कोठामा एक्लै म अध्ययन गर्दै थिए,उनिहरुलाइ मतान माथि आउँन अनुरोध गरे।उनिहरु माथि आए हात मिलाउँदै लाल सलाम कमरेड पनि भने।मेरो हात काप्न थाल्यो।जनयुद्धले पिल्सिएका हामी बिचरा जनतालाइ कति सताएका होलान्।यो कुरा सेनाले थाहा पाए भने सिमघरे माइलाको जस्तो हबिगत नहोला त मेरो?के भो कमरेड हित?

के सोच्दै हुनुहुन्छ हजुर?यो प्रश्नले म तन्द्राबाट बहिर निस्किए,होइन होइन केहि पनि सोचेको छैन मैले एकै सासमा भने।अनि प्रश्न गरे के काम थियो कुन्नी?

हेर्नुस् हित जि हाम्रो यो आन्दोलन गरीबवर्गमा लक्षित छ,हामी जे गर्छौं गरिब दु:खिकै लागी गर्छौँ।अब यो बुर्जुवा शिक्षा पढेर के गर्नुहुन्छ तपाई?तिनै लुटेरा वर्गको जयकार हाइहाइ?हेर्नुस् यो समय युद्धको हो ,हामीलाइ हजुरजस्ता योद्धा,अनि पढेलेखेका तर गरिब जेहेन्दार तर पिछडीएका मान्छेको खाँचो छ।देशले केहि माग्दै छ हामी सँग म किन चुप लाग्ने हामि?युद्ध पक्कै हामिले जित्छौँ।अब हामी जीतको संघारमा छौँ।आउँनुस् हामि सँग युद्धमा बाँचे नयाँ युगको भोग गर्नेछौँ मरे शहिद हुनेछौँ।हजुरलाई याद छ नि भुपीको कबिता-
"हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई-चार सपुत मरेर नगए।।" यो अब हामीले पनि देशको लागी अब केहि गर्नुपर्छ।मुखमा रुमाल बाँधेको एक लडाकुले भन्यो।

हो मलाइ थाहा छ यो शिक्षा ठीक छैन,यसले कसैको हीत गर्दैन तर के युद्धनै यसको हल हो त?युद्धलेकसैको पनि हीत गर्दैन।के हामी शान्त तवरले जान सक्दौनौँ?बन्दुकको सत्ता बन्दुकको हातमा हुन्छ,जब सम्म बन्दुक छ तब सम्म त्यो टिक्छ,जुन ठिक होइन हुदै होइन।मैले मेरो बिचार राखे

हो हजुरको कुरा ठीक छ,तर जरो गाँडेर बसेको सत्तालाइ उखेल्न बल पक्कै चाँहिन्छलरतरो तवरले यो हल्लिनेवाला छैन,चिनको युद्धबाट हामिले केहि पाठ सिक्नै पर्छ।बन्दुकले नै सत्तालाइ हल्लाउन अनि उखेलेर फ्याक्न सकिन कमरेड।मुख छोपेको कमरेडले भने

ल ठिकै छ त्यो कुरा म मान्छु तर खोइ यहाँ मओको जस्तो आन्दोलन खोइ माओवाद?प्रचन्डपथ आखिरमा के हो?प्रचन्डपथमा के छ?हजुरहरु माओवाद कि प्रचन्दवाद मान्नुहुन्छ?गरिब जनतालाई घुर्कि लगाउदै खानु मैले माओवदमा पढेको थिइन,उनि त जनता राजीखुशी आन्दिलनमा आउँनु पर्छ तब मात्रै आन्दोलन सफल हुन्छ भन्थे।तर हजुरहरुको आजको नारा छ कि छोरा कि बोरा यो कुन बादको कमरेड?मैले फेरी प्रश्न गरे।

मित्र चिन र नेपालको युद्धको प्रकृती फरक छ,यो बेला कसैको पनि नजर चिनमा थिएन,तर विश्वको नजर नेपालको यो युद्धमा छ।हामीले ठूलो मोर्चा बनाउँनु छ,जसको लागी अलि अलि धम्कीको भाषा पनि बोल्नु पर्छ।अनि अर्को कुरा हा माओवादीनै हो हाम्रो मुल मन्त्रनै माओको मन्त्र हो तर कमरेड प्रचन्डको बिचार पनि हामी मान्छौँ,आज हाम्रो पार्टी यो अवस्थामा छ।
कमरेड हामी सँग धेरै समय छैन हामीले भोलीको भाटे कार्यक्रमको पनि तयारी गर्नु छ।अर्का कमरेड बिचमा बोले।

ए! हो त म सँग पहिला देखीनै बहस गर्ने कमरेडले केहि सम्झेजस्तो गर्दै बोले।कमरेड भोली हाम्रो भाटे कार्यक्रम छ स्थानिय मा वि मा हजुरपनि पक्कै आउँनु होला।

यती भनेर उनिहरु जान तयार भए।होइन कमरेड मलाइ यो आन्दोलन क्रान्ती मन पर्दैन।मलाइ धेरै कर नगर्नुस् ,म जे छु ठिक छु।मैले मेरो बुढो बा आमालाइ रुवाउँनु छैन।मैले भने

कमरेड कड्किएर बोले के यो देश मेरो मात्रै हो?के मेरो घर छैन?मेरो परीवार छैन?मलाइ मर्न मन भएर यहाँ आएको हो?४महिनाको सुत्केरी श्रीमती छोडेर आएको म २ सल भो घर गएको छैन।मेरो मन कस्तो भएको होला? उनको मुख रातो पिरो भो।हेर्नुस् यो देश मेरो अनि तपाईको मात्रै होइन।यहाँ १२ महिना सम्म घोटिने हामी अनि मोज मस्ती गर्ने ति औलामा गनिने वर्गहरु?आखिर कहिले सम्म हो यो अन्यचार सहने?केहि भावुक हुदै बोल्दै थियो उ।

उसका पछिल्ला कुराले मलाइ पनि कता कता छोए झै लाग्यो।मैले उसलाइ आज रात भर मलाइ सोच्न दिनुस् भोलि म के गर्ने त्यसको निर्णय गर्नेछु।

राम्रो ठीकै छ भन्दै उनिहरु म बाट बिदा भए।

रात भर मलाइ निन्द्रा परेन।मैले मेरो बुढा बा आमालाइ सम्झे।त्यसगरी त्यो कमरेडको श्रीमतीको मन पनि बुझ्ने प्रयास गरे।कस्तो हुदो हो ति महिलालाई २-२ साल श्रीमानबाट छुट्दा।त्यस माथि उसको श्रीमान आउने नआउने पनि ठेगान छैन।यस्ता कती बा आमा होलान् कती श्रीमती होलान्? आँसुको मुल्य खोइ त यो आँखाको।के यि आँखामा सधै आँशुमात्रै हुने छ?यस्तै यस्तै सोच्न थाले म एक १४ वर्षको केटो ।मलाइ पनि अब यो युद्धमा होमिले मन हुन लाग्यो।भोली देखी शिरमा कफन बाँध्ने निधो पनि गरे।अनि सुते।

भाई यसरी शुरु भो  मेरो युद्धको जीवन।अनि खोइ के पाए मैले के गुमाए मैले त्यो समय देखी आज सम्म।आज यहाँ छु मरुभुमीमा श्रम बेच्दै छु।आफ्नै पैसाले आफै बेचिएको छु।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive