Monday, April 11, 2011

अ/कथा भित्रको कथा(चार)


रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त?

भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै छापामार थिए त्यहाँ,सबैको मुख रुमालले छोपिएको थियो सबैले मलाई एक तमासले हेर्दै थिएँ कता कता डर डर पनि लाग्यो।उनिहरुको हेराईमा केहि त थियो मैले सोचे।एक जना छापामार (जो हिजो मेरो घरमा गएको रहेछ)ले मलाइ लालसलाम कमरेड भन्यो मैले पनि लालसलाम भने।उसले मलाइ छापामार इन्चार्जकोमा लग्यो। अनि भन्यो कमरेड यो भाई पनि हाम्रो पार्टि प्रती आस्थावान रहेछन् अब यिनले पनि हाम्रो बिचार अनि वादलाइ साथ दिने रे।

मुखमा केहि बाँधेको थिएन त्यो इन्चार्ज भनाउँदोले,२८-३० वर्षको जस्तो देखिने त्यो मान्छे बोल्न थाल्यो।भाइ हजुरको नाम?
हितमान बर्देवा-मैले उत्तर दिएँ
“ए! ठिकै छ,आज बाट हजुरको नाम "कमरेड प्रभात " भो अब हीतमान होइन है”- इन्चार्जले भन्यो

मैले बच्चाले झै टाउँको हल्लाए।
“कमरेड हाम्रो पार्टीमा लागे पछि त्यो धार्निको टाउँको होइन बिसौलिको जिब्रो चलाउँनु पर्छ।आफ्नो व्यवहार अनि बोली बाट सबैलाइ प्रभाव पार्न सक्नु पर्छ बुझ्नु भो?” कमरेडले बुझाउँने प्रयास गरे।
“बुझे मैले कमरेड” -मेरो जबाफ थियो।

कमरेड शान्त उहाँलाई कमब्याट दिनुस् अनि अन्य कुरापनि भन्नुस् हाम्रो नियम कानुन के के गर्नु हुन्छ के के गर्नु हुन्न त्यो पनि बताउँनुस् म चाहन्न उहाँ बाट केहि गल्ती होस्।

हामी कुरा गर्दा गर्दै एक महिला छापामार भित्र आइन्,"कमरेड लालसलाम" महिला छापामारले भनिन्

"लाल सलाम कमरेड"इन्चार्जले जवाफ दिएँ
कमरेड हजुरले मलाइ बोलाउँनु भएको थियो रे?महिला छापामारको प्रश्न

हो हो काम थियो हजुर सँग-इन्चार्ज

तपाइहरु अझै यहि?जानुस् के हेर्दै बस्नु भएको यहाँ इन्चार्ज कडकिएर बोल्यो।कता कता डर पनि लाग्यो अनि म कमरेड शान्त सँग लागे बाहिर।कोठामा गुनगुन आवाज आउँदै थियो। कमरेड हेर्नुस् यहाँ बिहान सबेरै उठनुपर्छ,खाना बनाउँन सहयोग गर्नु पर्छ।पि टि हुन्छ बिहान सबैले त्यो पिटिमा भाग लिनु पर्छ समयमानै नत्र सजाय पाइन्छ बुझ्नु भो।यि इन्चार्ज पुरुष प्रती अलिक कडा छन् साथै महिला छापामारका प्रीय पनि।ल लिनुस् यो कपडा ।

म अब माओवादी पार्टीमा बिधिवत लागे।पहिलो दिन थियो मेरो त्यो,कता कता डर,खुसि,पीडा यस्तै यस्तै।

दिनको १ बजे तिर सबै छापामारलाइ भेला हुन आदेश आयो सबै भेला पनि भइयो।पहिलो दिन किन भेला भएका होलान् मनमा खुल्दुली पैदा भो।कसैलाइ सोध्ने पनि आँट गरीन मैले।

इन्चार्ज आएँ अगाडी अनि भाषण गर्न थाले,पार्टीले यसो गर्दै छ उसो गर्दै छ,अब यसो गर्ने छ उसो गर्ने छ,मिठा मिठा भाषण सुन्दै हामी घाममा १ घण्टा बस्यौँ।अन्त्यमा अब हाम्रो जनअदालतको कार्यक्रम के के छ त्यो पूरा गर्नुस् भन्दै इन्चार्ज भित्र लागे।

मलाइ कमरेड ज्वाला सँग जान आदेस आयो म पनि लागे कमरेड ज्वाला अनि म जस्तै अरु २५-३० जना कमरेडसँग।बाटामा हाम्रो कुरा भो।आज माथिको स्कुलमा भाटे कारवाहि छ।दिनको ४ बजे पछि,आज त्यहाँ ४ जनालाइ कारवाहि गरिदै छ।मैले जिज्ञासा राखे "किन कारवहि गर्दै हो नि?"
भ्रष्ट अनि सामन्तलाइ के गर्ने त कमरेड हजुर नयाँ हुनुहुन्छ बिस्तारै सबै कुरा थाहा हुन्छ।अर्को एक कमरेडले प्रष्ट पार्यो।

पहिलो पटक मुखमा रुमाल बाँधेको हुनाले मलाइ गाह्रो हुदै थियो।अनि हातमा भरुवा बन्दुक झोलामा सकेट बम अनि अरु के के हो के के भारी निक्कै थियो,सानो ज्यानको मान्छे मलाइ कमरेडहरु सँग हिड्न कठिन हुदै थियो,उकालो बाटो अनि गोल्डस्टार जुत्ता झन कठिन ।

के हो कमरेड गधालाई भारी पुगेन भने रुन्छ रे हजुरलाइ पनि त्यस्तै भएको हो कि के हो?हाहाहाहा सबै जना हाँसे

अर्को कमरेडले भने "भारी नपुगे मेरो झोलापनि थप्दिनु पर्ने हो कि कमरेड?"

म भने चु सम्म बोल्न सकिन चुप चाप हिडिरहे।

अब हामी पुगियो स्कुलको प्राङगनमा पहिले बाटनै कार्यक्रमको चाँजो पाँजो मिलाइ सकेको रहेछ।सानो मञ्च अनि गाँउका प्राय सबै मान्छे भेला भएका थिए।हामीलाइ चारै तिर छरिएर बस्ने आदेस आयो।म भने कसलाई कति भाटा पर्‍यो त्यो लेख्ने अनि घोषणा गर्नेमा परे।राम राम भाटामा १०,२०,५०,८०,१०० अनि १५० सम्मको नम्बर थियो।तल्लो  घरे काइला,जन्तरे अनि कान्छाको  साथमा त्यो स्कुलका प्रधान अध्यापक गरी चार जनालाई आज सजाय दिने कार्यक्रम रहेछ।


हेर्दा सरल जस्ता देखिने प्र अ ले के गरे होलान् र सजाय पाउँदै रहेछन् मेरो मनमा त्यो कुरा खेल्ल थाल्यो,तर उत्तर पाउँने अवस्था थिएन।

कमरेड ज्वाले भाषण गरे,देशलाइ सखाब पार्ने धमिरालाइ अब उठिवाँस लगाउँनु पर्छ,देश कसैको रैथान होइन,पेवा होइन,किपट होइन।यो देश सबैको साझा हो।कोही मोज मस्ती गर्ने होकि हड्डि घोट्ने यस्तो पनि प्रजातन्त्र हो?अब युद्दको सुरुवात हुदै छ,हजुरहरुको साथ पाएँ यो युद्धले जनगणतन्त्र जन्मिने छ।हजुरको छोरा नाती देशको सासक हुनेछन्।देशका बिकासको लहर चल्ने छ।जीत हाम्रो हुने छ पक्का तर साथ हजुरहरुको चाहिने हुन्छ।के हजुरहरु साथ दिन तत्पर हुनुहुन्छ?

छौँ सबै भेला भएका कराए,कमरेड ज्वाला प्रफुलित भो
अब हाम्रो जन अदालतको कारवहि सुरु हुन्छ।

प्रथम प्र अ को पालो आयो-

"प्र अ ज्यु  ल छान्नु होस् यि भाटा मध्य एक हजुरले जति नम्बरको भाटा छान्नु हुन्छ त्यति नै भाटा हजुरले खानु हुनेछ"-कमरेड ज्वलाले भने

मलिन अनुहार लगाउँदै उनले बीच तिर बाट एक भाटा निकाले त्यो भाटामा १० लेख्या थियो।

कमरेड ज्वालाले भिडलाई सम्बोधन गर्दै भने प्र अ ज्युले आज १० भाटा खानु हुने छ।
यसरी सबैलाइ भाटा छान्न लगाइयो,कसैलाइ ८०,१०० अनि २० नम्बरको भाटा पर्‍यो।अब सुरु भो भाटाले हान्ने काम।त्यो काममा खटिएका थिए कमरेड आकास।

कमरेड आकसले हान्न थाले १०,२० त ठिकै हो  तर १०० र ८० भाटा खानेको चित्कारले कसको मन छोएँन होला र?पिडुँलाबाट रगतको भेल अनि मुख बाट अनवरत चित्कार राम!राम कस्तो नियती के गल्तीको सजाय हो यो आखिर मान्छेलाई गोरु कुटाई कुट्नु कहाँको मानवता हो?मेरो मन आत्तियो,कतै गलत बाटो त लागिन म?प्रश्नका भारले आँखाको भेललाई थेग्न सकेन आँखाबाट आँसु बग्न थाले। तर त्यहाँ भावना अनि आँसुको मुल्य थिएँन।दिल अनि भावनालाई हामिले घरको चौघेरामै राखेर आउँनु पर्ने हुन्छ।यो अमानविय दण्डले कसको हित होला खोइ?

सबै कार्यक्रम सकाएर हामी लाग्यौँ आफ्नै क्याप्प तिर।।

भोली पल्ट बिहानै कमरेड मकालुले मलाई सुनाएँ हिजो भाटे कारवाहिमा पर्ने दुई जना त हस्पिटलमा छन् रे।म छक्क परे होर?अनायसै मेरो मुखबाट खुस्कियो बिचराहरु।

कमरेड मकालुले कसैलाई नभन्नु होला नि एउट कुरा भन्छु हजुरलाइ।
हुन्छ कस्तो कुरा हो भन्नु न म कसैलाई भन्दिन।

हिजो जतीले भाटा खाए नि त्यो भन्दा बदमास छन् हाम्रो समाजमा तर उनुहरुलाई हाम्रो पार्टिको संरक्षण छ। हिजोका सबैले कमरेड ज्वालाको कारण भाटा खाएका हुन,त्यो पनि ब्यक्तीगत रीसिबीको कारण।कमरेड यि ठूला भनाउँलाले हाम्रो पार्टीको बदनाम गर्दै छन्।

म अन्योलमा परे,ति खोक्रा भाषणले गर्दा दलदलमा फसे भनि आत्माग्यानी भो।

दाईको आँखामा आँसु पो आउँन थाले,उहाँ भावुक हुदैजानु भो।

दाई के भो हजुरलाई?मेरो प्रश्नने उहाँ झस्किनु भो

भाई के गर्नु ति दिन सम्झिदा म आफुलाई माफ गर्न सक्दिन।अनि आँसुलाई परेलाको ढक्कनले रोक्न सक्दैन।

यसो घडी हेरे बिहानको ३ बजे छ।दाई अब सुत्नु पर्छ होला बाँकी फेरी सुन्ने छु सुतौ है भन्दै पल्टिए खाटमा तर निन्द्र परे त।उता हीतमान दाईको हालत पनि उस्तै थियो।

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive