Wednesday, April 13, 2011

अ/कथा भित्रको कथा (पाँच)


रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो।

दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा।

यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै छु नि अब म त्यो अतितलाइ भुल्न चाहन्छु।

मलाइ पनि कता कता दुख्यो यो शब्दले"यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।" सोचे होत आखिर म को हु यो युद्ध कथा सुन्ने?मलाई कसले दियो यो अधिकार अर्काको अतितलाइ उप्काउँने।म थोरै लज्जित भए।हितमान दाइ के गर्न थालेका थिए मैले मेरो झोलाभिरेर जुत्ता लगाउँन थाले।जुत्ता लगाइ सकेपछि दाइ ल म अब जान्छु भने।मेरो यो अप्रत्यासित कुराले दाई पनि छक्क परेछन् होइन के भो भाईलाई?आज डिउटी छैन भनेको होइन बसन।

 होइन दाई म जान्छु एउटा सानो काम सम्झनामा आयो।मैले जाने बहना बनाए

मलाइ थाहा छ भाई तिमी किन जान लाग्या भन्ने कुरा।मैले मजाक पो गरेको त यदी मलाइ भन्नै मन नहुदो हो त किन पहिला पहिला सुनाए होला?चुपचाप लागेर बस अरु पनि सुन्ने भएँ नत्र ठिकै छ।

मेरो घैटामा घाम लाग्यो,खुशिको कुनै सिमा रहेन।जुत्ता खोलेर फेरी बसे युद्धकालला कथा सुन्न।

हीतमान दाइ कथा सुनाउँन थाल्नु भो-

भाई जब म घरबाट निस्किए त्यस दिन पछि मेरो बा आमामा के के बित्यो त्यो अब म सुनाउँछु तिमीलाई।

ए !राते चुप,आज यो कुकुर किन धेरैनै भुक्दै छ?यसलाई खान दिएनै कि के हो केटा केटी हो?अनि आज यो हितेको पनि चाल चुल छैन कहाँ गयो यो नर्के,पढेर ठुलो मान्छे होला भनेर हाइ स्कुल सम्म पढाइदै छ यसलाइ पढाउँदा कतिको बचन खाएको छु मैले। बा ओछ्यान बाटै कराएँ।

भित्र सुतेकि आमाले यो कुरा सुनि तर पनि केहि जवाफ दिन चाहिन्।आज सुकमायाको मन एक तमासको भएको छ अह बसमा छैन उनको मन।बिहान बाट हराएको छोराको अत्तो पत्तो छैन,बुढा पनि बोहनी गर्न गएका रातमा आए खाना खाए अनि सुते,रातमा कुकुरको भुकाइले बिउँझेर उनलाई छोरा अनि कुकुरको याद आयो।

कुकुर भुकि रहयो किन किन आज राते सधै भन्दा धेरै भुक्दै छ,सायद उसको मनमा पनि पीडाहोला तर कसले बुझ्ने त्यो निहिर पशुको आवाज।

कुकुरको भुकाई सँगै दुबै बुढा बुढि निदान प्रचेष्टा गर्न थाले।अह निन्द्रा देवी आउनै मानिनन्।यता कोल्टे फेर्दा उता कोल्टे फेर्दा रातको १ बज्न थाल्यो तर ति दुई प्राणिको नयनमा निन्द्राको लेस सम्म थिएन,दिनको भरीको थकाई अनि त्यो कुकुरको भुकाईले बा सुत्न सकेका थिएनन् आमा भने छोराको अत्तो पत्तो नहुनाले बेचैन थिइन।सधै नसोधि कहि कतै नजाने छोरा एक्कासी हराउँदा कुन आमाको मन नरुदो हो??

कोल्टे फेराईमै ति दुई प्राणिले रात बिताए,बिहानै ४-५ बजे उठ्ने अनि नित्य कर्म गर्ने गाउँने जन जीवन भालेको डाँक सँगै बा उठे तर आमालाई बिहानीपख निन्द्रा परेछ।उनि भने अलिक अबेला(सधैको भन्दा) उठिन।बा चिया पिएर काममा लाग्न मात्र के लागेका थिएँ आमाले ए!हितका बा भनेर बोलाईन भित्र भान्सा बाट ।

किन के भो र आमा चाहिँ बाले आवाज दिएँ।
हेर्नुन हाम्रो छोरा हिजो बाट घर आएको छैन।-आमाले सुकसुकाउँदै भनिन्

के रे?बा पनि तिन छक्क परे।होइन के भन्छे यो आईमाइ?अनि हिजो मलाइ सुनाउँनु पर्दैन?ल हेर अब कहाँ गो होला?आज फेरी काजीकोमा धेरै काम छ चाँडै आ है भनेकि छिन कजिनीले ।होइन त्यो साँड पनि कहाँ अन्मरियो।तलाइ सोधेन कतै जान्छु भनेर?

अह मलाइ केहि पनि सोधेन,बिहान देखिनै छैन।खाना खान पनि आएन।मैले सोचे टिउसन पढेर आउँने टाइम भएन होला साथिकोमानै खाएर स्कुल गयो होला।तर रातमा पनि आएन।आमाले रुन्चे श्वरमा भनिन्।

जता सुकै अन्मरियोस् नर्के।"सानो हुदा सम्म मर्छन् भन्ने डर ठुला भएँ पछि मार्छन् भन्ने डर " त्यसै कहेका होइनन् नि यो उखान बुढापाकाले।आज भोलीको काल जमनापनि ठिक छैन।मनमा आगो दन्के पनि श्रीमतीको लागी यति सम्म बोले बा।

ल ल बुढि म लागे काममा आउँछ होला नि धैरै चिन्ता लिनुपर्दैन।बा लागे बाटो मनमा भारी बोकेर।बाहिर जे जस्तो भने पनि आज सम्म कहिले पनि नजरको दुर नगएको एक मात्र छोरा हराउँदा बाको मन कस्तो भएको थियो होला।

हितमान दाई पनि रुन पो थाल्नु भो।भाई मैले मेरो बा आमालाई कहिले पनि सुख दिन सकिन।सुक सुक गर्दै बोल्दै हुनुहुन्थियो हितमान दाई।

म जब जन्मिए बा आमा कति खुशि भएका थिए रे।मेरो छोरालाई यसो गराउँछु उसो गराउँछु,धेरै पढाउँछु,आफु जस्तओ अर्काको हली बनाउँदिन।बा ले मेरो पढाइकोलागिनै काजीकोमा हली काम पनि गर्नु भो तर खोइ मैले बाको सपना पूरा गरेको भाइ म त न एक असल जनता भए न असल छोरा धिक्कार छ मलाई अनि म जस्ता सबै छोरालाई जसले बा आमालाई खुनको आँसु पिलाएका छन्।

भावना अनि आँसुले मलाइ पनि धैरै छुन्छ मेरो आँखापनि रसाएँ।मैलेपनि मेरो डेडलाइ सम्झिए एक पटक मेरो डेडले पनि कति सपना सजाए होलान् के मैले त्यो पूरा गरे त?

दाई यस्तै हो कुनै पनि छोराले कुनै बा आमाको सपना पूरा गर्न सक्दैनन्।४ कक्षा पढेका मेरो बाले मलाइ आई ए ,बिए पढाए तर खोइ मैले के दिन सके यस्तै हो दाई सबैको नियती

केहि सम्हालिए हीतमान दाइ र फेरी सुनाउँन थाले अतित तितो सत्य।

पीरले गर्दा बाको मन काममा पनि लाग्न सकेन,यता आमाको पनि हालत उस्तै थियो।उनले खाना बनाइन् तर खाइनन्।दिन यसै बित्यो।साँझमा बा घर आएँ।जब घर आएँ घरको दृष्य देखेर बाको होस् हवास् उड्यो।आफुलाई समाल्दै गए बा।

मेरो घरमा हातहतीयार धारी शाही सेनाको जत्था थियो।उनिहरु मेरो घरमा अड्डा जमाएर बसेका थिएँ।

जब बा घरमा आउँनु भो सेनाको प्रमुख(यो समुहको)ले भन्यो त आतन्ककारीको बा हजुरनै हो?
यो प्रश्नले बा झन् तिन छक्क पर्नु भो।
होइन हजुरके भन्दै हुनुहुन्छ मैले केहि बुझिन नि?बाले प्रतीप्रश्न गरे।

ए!बुढा किन नजानेझै गर्छस् ह?प्रमुख कड्कियो।आफ्नो छोरालाई बन्दुक बोकाउँने त्यत्रो सोख भए नेपाले सेनामा भर्ती गराएको भए हुदैन थियो?त पनि बामे आतन्ककारीकै मतियार हो जस्तो छ।

होइन होइन हजुर यो बिषयमा मलाई केहि थाहा छैन हिजो बिहान देखि मेरो छोरा घर आएको छैन।कत्रो चिन्ता छ यहाँ आफुलाई हजुर उल्टै मलाइ पो आरोप लगाउँनु हुन्छ।बाले भने

कुटिल मुस्कान छोड्दै प्रमुख बोल्यो-ए! कुरा त्यसो पो?तेरो छोरा माओवादी नहुदो हो त अस्ती राती छापामार तेरो छोरालाइ भेट्न किन आएँ?

अस्ती राती?अलमल्ल परे बा

अ अस्ती राती मेरो छोरा र माओवादी छापामारको गोप्य वार्ता भएको प्रमाण छ हामी सँग।प्रमुखले भने

होइन सर यो हुनै सक्दैन् मेरो छोरा माओवादी होइन हुदै होइन।बाले जिकिर गरे

खयर जे होस् हाम्रो समय छैन त सँग कुरा गर्ने।अर्को पटक हामी यहाँ आउँदा तेरो छोरा घरमानै हुनु पर्छ नत्र के हुन्छ त्यो तलाई थाहानै होला।धम्की दिएर गए सेनाहरु मेरो बालाई।

बा एकै पटक छाँगाबाट खसे जस्तो भएँ।एका तिर छोरा हराएको पीर अर्को तिर त्यो धम्की।हे भगवान त किन आखिर गरिबलाई मात्रै दु:ख दिन्छस्?आखिर किन?बाले भगवानलाई गाली गरे।

आमाको आँखा रातो रातो भएको थियो रुदा रुदा।

यो नर्केले हामीलाई सुख नदिने भो भन्दै बाले लामो सुस्केरा ताने।

भाइ यसरी पीडित भए मेरा बा आमा,मेरो कारण दु:ख  पाए धेरै।

अझै धेरै सुन्ने मन थियो तर समय पापी,भोली काममा फिर्नु पर्ने बाध्यताले गर्दा तीन बजे म दाई सँग छुटे।

गाडीमा पनि मैले सोचि रहे ति बा आमाको बरेमा,जो बीना गल्ती पनि सजाय पाउँदै थिए।

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive