Monday, June 6, 2011

किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???


सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो शंकाले लंका जल्छ होइन काली मन जल्छ  भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ , मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, तिम्रो  अँगालोमा रोए पछि म निकै हल्का भएँको हुन्छु सपनिमा पनि।तिमीलाई याद छ त्यो दिन जुन दिन तिमी मलाइ बिदाइ गर्न  एयरपोर्ट गएकी थियौ ?तिमी पनि चुप म पनि चुप सुन्य सुन्य वातावरण  थियो त केवल छुटिनुको पीडा ,अत्यास आँखा आँखा कुरा गर्थे होइन सुटुक्क ,हुन त मैले तिम्रो आँखामा आँखा जुधाएर हेर्ने हिम्मत गर्न सकेको थिइन  यो जेष्ठको महिना रिमझिम रिमझिम वर्षा भिजेरनै जाने ईच्छा थियो तिम्रो आलिंगनमा तर त्यो कहाँबाट सम्भव थियो होइन ?
बिदाइको हात हल्लाउनु अघि मैले के भने तिमीलाई याद छ ?के  याद होला सबै भुलीदियौ होला होइन ?तर मलाई याद छ मैले भनेको थिएँ के म तिमीलाई चुम्न सक्छु ,तिमीले आँखा नत गरौ मैले मौन स्विकार होला ठानेर  तिम्रो चौडा गोरो निधारमा चुमे, शायद तिम्रो  चाक्लो निधारमा यो मेरो अन्तिम चुम्मन थियो यो सालको लागी या भनौ सधैको लागिमेरा आँखाहरु पनि विस्तारै रसाए मैले आँखाको आँशु नपोखियोस् भनेर परेलाको ढकनी लगाएँ,तर पनि केही थोपा ढकनीको भारले थिचिएर बाहिर बग्यो। शायद मलाई आँखाले रुन सिकायो, मुखले प्रत्येक पीडामा मौन रहन र कानले बहिरो हुन सिकायो। म यस्तै पीडाहरु सिकेर बाचेँ। मलाई लाग्छ— मान्छेले हाँस्न पनि आफै सिक्यो, दुखमा रुन पनि आफै सिक्यो। जन्मनु दुख थियो। र मान्छे जन्मिँदै रोयो। र म अहिले पनि जीवनका कति पीडाहरुमा आँशु बहाइरहेछु। प्रत्येक मान्छेलाई आमाको गर्भबाट पृथ्वीको गुरुत्वाकर्षणले धर्तीमा झारिदियो र ऊ रोयो। र मान्छे सके सम्म आफैमा आनन्दित हुन चाहिरहृयो। अरुको पीडा उसले सोचेन।

शायद त्यही भएर होला आफूलाई के के न ठान्दा पनि मान्छे दुखी हुन्छ, केही होइन भन्ने ठान्दा पनि दुखी नै हुन्छ। प्रेमी वा प्रमिका वा शत्रु नै सम्झिँदा पनि मान्छे दुखी हुन्छ। दु:ख सम्झिँदा पनि दुखी हुन्छ र दुःख बिर्सिन खोज्दा पनि मान्छे दुःखी हुन्छ। किन त्यसो हुन्छ? किन सम्बन्धहरु विना कारण जोडिन्छन् र विना कारण टुक्रिन्छन्। सामान्यजस्ता लाग्ने कारणहरु किन भयानक भएर खडा हुन्छन्? जानै नपर्ने पहाडजस्तो सम्बन्धको भित्तो कसरी कमजोर बन्दै धसि्रँदै जान्छ? यस्ता प्रश्नहरु मसँग अनुत्तरित छन्।सम्बन्ध स्वर्गमै बन्छरे ,आखिर  स्वर्ग कहाँ छ?के स्वर्ग यो धरती होइन?आखिर तिम्रो जीवनसाथी हुने भाग्य मलाइ छैन,त्यसैमा मैले चित्त बुझाउने जमर्को गरे,यो चित्त कहाँ सजिलै बुझ्दोरहेछ र।मलाइ अत्यासले सधै सधै थिच्यो,किच्यो,सके सम्म मैले त्यो थिचाइलाइ भाग्यको उपमा दिएँर जीउने प्रयास गरे।प्रयास हरे तर सफल हुन सकिन,या भनौ चाहिन्,यादको यो पहाड सधैँ मन भरी नाँच्यो।

याद यसरी आए कि मैले ति यादलाइ सम्हाल्ननै सकिन। हामिले खाएको कसम बाचा यति कमजोर छ?म तिम्रो दुलाहा हुनेछु त्यो मेरो आशा हो,सायद त्यो आशा पूरा होला या नहोला,त्यो त भविश्यलाईनै थाहा होला।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive