Monday, June 6, 2011

युग पुरुषको आमा बन्न चहान्छु !!!


बामे सर्दै छु म
हिजो जन्म लिएँकी   मैले
केहि बुझ्दिन तिम्रो भाषा-लिपी

म पहाडकी  छोरी
हिमालको छातीमा नुनु गर्छु
लहरा पहरा मेरो सखी-सखा

समय सँगै हुर्किएँ म
बाल्यकाल समाप्तिए
म जवान भएँ 
तर थाहा छ 
नाङ्गो जन्मिएँ
नाङ्गोनै मर्छु
जवानीमा पनि 
नाङ्गै छु म 
अब के नाङ्गो बनाउँछौ?
बेसरम म 
लिङ्ग भेद के थाहा मलाई
जात के थाहा मलाइ??


सक्छौ मलाई सम्भोग गर्न?
मेरो कुमारीत्व भोग्न ?
तिमी त आलिसान महलको मान्छे
जीन भर्जीन सँग 
गोरो तिघ्रा मुसार्ने मान्छे 
यो चिसो सेउलामा के भोग गर्छौ होइन
तिमीलाई १० वाटको बत्तीको रङ्गीन दुनिया चाँहिन्छ
यहाँ जूनको मधुरो प्रकास त छ
तिमीलाई त पप संगीत चाहिन्छ होला होइन?
यहाँको किराको झन्कार के मन पर्ला?

ए!प्रथम वर्गका मान्छे 
आउँ मलाई सम्भोग  गर
म अब नयाँ शिशुलाई जन्म दिन चाहन्छु
तिमी प्रथम वर्ग र म दोस्रो वर्गको सम्भोगबाट
म तिमीबाटै गर्भवती हुन चाहन्छु 
तिम्रो आधुनिक बिर्यबाट 
मेरो गाउँले डिम्ब निसेचित हुदा 
हाम्रो भ्रुण तेस्रो वर्ग हुनेछ
जसले सन्सार बदल्ने छ

हाहाहाहाहाहाहाहा
ए!लाछी मनुस्य
सक्दैनस् तैले 
म गाउँकी  छोरीलाई भोग्न
तलाई डर छ
कतै पक्कै जन्मिने नै होइन 
मैले भने जस्तो 
तेस्रो वर्ग
जो नाङ्गो भएर पनि नाङ्गो हुन्न
उ पहाड हुन्छ
सत्यको पक्षधर हुन्छ
अनि 
अनि 
सखाप हुन्छ तेरो
तान्डप
उसले सखाप पर्नेछ
यो युगका घमिरालाई

ए!मनुस्य
आइजन भोग गर मलाई
म अब एक
बुद्ध होइन
महामानव जन्माउँन चहान्छु
झुकेर होइन लडेर खान सक्ने बनाउँनु
काम पर्दा गधालाइ बाउ भन्ने होइन
कालोलाई गोरो भन्ने होइन
सत्य देख्ने,कर्मवीर 
पहराको छाती भएको 
मेरो सगरमाथा जस्तै अटल
एक युग पुरुषको
आमा बन्न चहान्छु!!!!

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive