Monday, September 19, 2011

गीत-१३


दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।
कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।

रनबन उस्तै होला,मैले डुल्ने चौतारी'नि ।
लाखा पाखा लागे होलान् सँगै खेल्ने दौतारी'नि।।
मनै रम्ने मेरो गाँउ एक्लियो रे हिजो आज ।
कोइली'नि चुपचाप,उल्लु रुन्छ सँधै साँझ।।
झल्को तिम्रै मेरी आमा,कस्तो होला तिम्ले छुदा।
कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।

ढुङ्गे साघु जोडी वर,पैरोलेनै खायो भन्छन्।
नहुदामा युवा पुस्ता सुन्यतानै छायो भन्छन्।।
डल्ली भैंसी तिल्के गाई बच्चा खोज्दै कराउँदा।
तिम्रो मन रुन्छ होला मेरो यादमा हराउँदा।।

दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।
कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive