Monday, September 19, 2011

बुलबुलमा पत्र!!


हृदय भित्र गाँसिएको माया र प्रेमलाई अस्थाईरुपमा यसै पत्र मार्फत तिमी सामु टक्राउँदैछु।विछोडको दुरीले घच्घच्याउँदै,समय सापेक्ष ढिलो चाँडो २ शब्द कोर्दैछु "बुलबुल इरानी चरी"मार्फत आशा गरे तिमीपनि यो रातको प्रहरमा बुलबुल सुन्दैछौँ।


अतितको विछोडसँगै असिमित यात्रामा भौतारीदै भएँपनि यो क्षण सम्म कुशलैछु भन्नु पर्‍याछ।तिमीमा पनि कुशलताको कामना गरे है काली।

"काली" माया गर्नु चानचुने कुरा होइन।दिल दिलको समागम माया हो।माया पूजा हो,आस्था हो।दुई चिम्टी सिन्दुर तिम्रो खाली सिउँदोमा हालेर,अग्नीको सात फेरा लिएर तिमिलाई जुनि जुनि साथा दिने वाचा गरेको छु मैले।२ दिन दुर हुदैमा मेरो माया अनि बिश्वास माथि शंका गर्नु तिम्रो कमजोरी होइन नादानी हो।काली मान्छेलाई हामीले दिलले हेर्नु पर्छ तालिम नभएका आँखाले होइन,हृदयले सुघ्नु पर्छ नसधाएको नाकले होइन।काली विश्वासनै त जीवन जिउने कशि हो।हो सबैलाई लाग्छ आफ्नो मान्छे सधै आफ्नो साथमा बसोस् तर त्यो कहाँ सधै सम्भव छ र लाटी।जीवन एक संघर्ष हो, जीवन जीउन जुध्नु पर्छ समय सँग,बाध्यता सँग।म भाग्यवादी भएर होइन कर्मवादी भएर जीउन चाँहने मान्छे।

काली तिमीलाइ पनि याद होला कुनै स्वामीले भनेका यि शब्दहरु:-उठ तिमी नउठे उठेकाहरुलेनै तिमिलाई कुल्चेर अघि बढन बाध्य हुनेछन्।उनिहरु लक्ष्यमा पुग्नेछन्  र तिमी घायल भइ आफ्नै कक्षभित्र हुनेछौँ।तिमी आजन्म शोषित हुन्छौँ अरुबाट र पीडित हुन्छौँ आफ्नै कुरुप बिचार र भवनाबाट।अफ!!! कस्तो विडम्वनापुर्ण जीन्दगी प्रहार बहिरबाट पनि भित्र बाट पनि।तिम्रो नराम्रो पराजयको कहानिलाई प्रयोग गरी केहि राम्रो कथाको प्लट बनाई प्रख्यात कथाकार बन्छन्।तिम्रो दयनिय बृतान्तको नक्कल गर्ने मान्छे असल-सम्भ्रान्त कलाकार बन्छ।तिम्रो काँध अरुलाई नेता भइ कुर्चिमा पुग्ने सिढी बन्छ।तिम्रो खुट्टापनि कसैलाई जुत्ता बेचि धनि बन्ने सपना साकार पार्ने माध्यम बन्छ।यस बिच तिमीलाई लाग्ने शाररिक अनि मानशिक रोगपनि स्वस्थकर्मिहरुको बिल्डिङ्गको कच्चा पदार्थ बन्छ।तिम्रो परिवारको आशाको केन्द्रबिन्दु तिमी तर तिम्रो चर्तिकलाबाट आजित भइ आफ्नै मनको कसिङगर फाल्ले पात्र बन्छौँ तिमी।"सोच त कति गहिराई छन् यि शब्दहरुमा।हो यिनै शब्दहरुले मलाई कर्मयोद्ध बन्न आवाज दिएँ।पढेर प्रमाणपत्र मेरो सिरानि मुनि त हुन्थ्यो हज्जरौ हण्डरपनि त खान्थेहोला नि मैले।आफ्नै देशमा शरनार्थि हुन्थे म।आफैलाई हिनताबोध हुने थियो,बेरोजगारीको पीडा एकातिर अनि पारिवारको दायित्व अर्को तिर।मलाई मेरै नियतीले हाँसेर खिल्ली उडाउने थियो होला तर हरियो बाँस जस्तै हरियो पासपोर्ट लिएर पराईदेशनै सहि केहि मुल्य त कमाएकोछु।हो काली मेरो तिमीबाट दुर हुने रहर होइन हुदै होइन बाध्यताको घट्टामा पिसिदा जसरी गहु सँग घुन पिसिन्छन् उसै गरेर हाम्रो रहर पनि पिसिदैछन् समयको जाँतोमा तर अब धेरै  छैन रहरको बली चढाँने दिन।तिमीबाट दुर हुदा मेरो हृदयमा पर्न गएको पीडाको लेखाजोखा नगर्दानै जाती हो तिमीमा पनि कम पीडाको भार छैन,मेरो भन्दा कम भने पक्कै छ यो अर्थमा कम भन्दैछु-तिमी आफ्नो देशमा छौँ,परिवार सँग छौँ त्यसैले।मेरो जस्तो पराईदेश पराई वातावरण त होइन नि तिम्रो??

 काली "दुरछ मगर देर छैन" अब चाँडै मिलनका प्रहरहरुले तिम्रो शहर चुम्नेछ भन्दै यो लेखन यात्रालाई पूर्णविराम लगाउँछु।।


उहि तिम्रो जीवनसाथी
निराजन प्रभात लुइटेल
हाल दोहा कतार
बालुवाटार बाट(मरुभुमीको)

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive