Monday, June 2, 2014

गीत,

खाली मुटु तिम्रै ठाउँ तिमी भित्रै पस्नु । 
यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।। 

जुन तिमी सधैं सधैं शीतलताको खानी । 
घुर्की धम्की धेरै माया अनौठो त्यो बानी ।। 
एक्लो हुन्छु हिजो आज अङगालोमा कस्नु । 
यसै गरी सधैं तिमी मुटुभित्र बस्नु ।। 



मुटु चिरी खोजी हेर तिम्रै हुन्छ फोटो ।
अल्पायुमै मरे भने भाग्य हुन्छ खोटो ।।
घाम सँग झर्छ शीत तिमी किन खस्नु ।
यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।।

03/01/2014
Jhapa Nepal
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive