Monday, June 2, 2014

वाचा,बिवाह र बिछोड



दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल पालेकी,हुर्काएकी आफ्नै खून बेच्नु थियो दाइजो जो दिएर ।
भएको,खोजेको,मागेको,ल्याइएको,रीन गरेको सबै सकिदै थियो,आजको दिनको लागि भोलिको दिन जोखिममा पर्दै थियो अनि कसरी खुशी हुनु ती ५० काटेका बा । आज कति किलो चामलको पुलाउ पाक्यो,कति बेसनको जेरी,कति पनिर बने कसलाइ थाहा। कति खाइए,कति फाकिए। यहाँ कति ग्यास जल्यो,कति दाउरा बल्यो,कति खरानी भो कति धुवा भो त्यो बुझ्ने फुर्सद कसलाइ जो रमाइलो खुशिको दिन थियो आज ।आफुले जन्माएर हुर्काएको छोरी जिम्मा लगाउने हर्षमा आफुले पालेका ती निमुखा खसिले पनि ज्यान गुमाए। दुई जनाको दरिलो बन्धन गाँस्न यहाँ निमुखाको बली चढाइयो ,ती निमुखाको बलीको मुल्य थियो पाहुनाको स्वागत ।बाहुन एकोहोरो पढी रहेछन,बेहुला-बेहुली बाहुनको फोरो मारिरहेछन । अग्निको कसम खुवाउदै छन पबित्र,युग युग को नाताको लागि । रमाइलो गरेर,खुशी साथनै सम्पन्न भो बिवाह ।

दिन,रात,हप्ता,महिना, वर्ष बित्दै गयो, भित्रामा नयाँ पात्रो फेरियो। तर नातामा खिचलो देखा पर्यो।पति सधै ढिला आउने,अलेक गाली गर्ने क्रमले निरन्तरता पायो।पहिला अग्नि सामु खाएको बाचा भुल्दै गयो लोग्ने ।अती भए पछि स्वास्निले भिटो प्रयोग गरि ,सधै मौन हुने ओठ खोली -"आखिर के कमि छ म मा ?"
लोग्ने कड्कियो-" पल्नाको स्वास्नीको चाल,लुवाइ, खुवाइ कस्तो छ ,त भने पाखे सधैँ ।
पत्नी चुप भइ उसले सोधिन फल्नाको पति त उस्तो छ भनिन ।सायद उसले त्याहाँ गल्ती गरि मौनता साँधेर ।

आज दुई शब्द,भोलि चार शब्द हुँदै अनि बाट चार भो,पत्नीले कानुनी बाटो रोजि।उनिहरु अलग भए।एक वर्ष पहिला लिएका शुभकामना,अग्नि साक्षी राखेर खाएको बाचा केबल एक कागजको खेस्राले टुट्टायो। अब थिएनन कुनै शुभकामना दिने अनुहार त्यहाँ सान्त्वना दिन। थिए न एक्लोपन ,मुटु भित्रको आलो घाउ । रित्तो ओछ्यान अनि भित्तामा टागिएको फोटी ।
यता यसो भो उ ता बुढा बालाई मुल घरे मुखियाले ७ दिनको भाका दिएर गएको छ रे ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive