Saturday, August 30, 2014

मुख सम्हालेर बोल

निराजन प्रभात लुइँटेल 

मन धोएर हेर
मुटुको धड्कन छोएर हेर
उ सँगै रोएर हेर 
अनि भन 
को खाते हो?

एक छिन बिना जुत्ता सडकको दुरी नाप
चिसो रातमा आकाश ओढ
रात भर भोकको कवाली सुन
अनि भन
को खाते हो ?


रक्सिले बाबू मर्यो
बैसले आमा पोइला हिडी
बाध्यताले दिदी बेश्या भै
संगतले दाजु गुण्डा भो
अनि भोकले उ माग्ने भो
अब भन
को खाते ?
तिमी खाते कि उ खाते?

पैसाले मातेको तिमी
गगनचुम्बी भवन हुँदै के तिमी आकाश छुन्छौ
तिमीलाई के थाहा तिम्रो अन्तिम सत्य ६ फिट जमिन हो
जुन दिन तिम्रो पापको घैलो भरिन्छ
तिमी एक्लो हुन्छौ
तिमी खुनको आँसु रुनेछौ
तिम्रो दिमागमा किरा पर्ने छ
त्यो बेला तिमी एक्लो हुनेछौ
सडकको भुसिया कुकुर पनि तिमी सँग हुनेछैन
त्यो बेला भन्नू
तिमी खाते कि उ ?

बा आमालाई वृद्ध आश्रममा बेच्ने तिमी
श्रीमतीको गुनिउ समात्ने तिमी
एक बाबू बन्न सक्दैनौं
एक छोरा बन्न सक्दैनौं
मात्र एक धनको घमण्डी बन्नेछौ
एक फेर हेर बास्तबिकतालाई
दाँज आफुलाइ अनि उसलाइ
अनि भन
को खाते हो
तिमी कि उ ??
महासय मुख सम्हालेर बोल
गरिबको उपहास नगर
तिमीलाई डस्ने छ
तिमिलाइ पोल्ने छ
तिमिलाई बर्वाद पार्ने छ
समयले

एक पटक सोचेर हेर
छाती माथी हात राख
यो कुहिएको दिमागलाई सद्दे पार
अनि फेरि भन
तिमी खाते कि उ ??
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive