Wednesday, August 20, 2014

दिमाग चटनी ।।

दिमाग चटनी ।।

बन्द कोठा भित्र रंगिन वातावरण थियो।टेबुलमा बिदेशी रक्सि बोतल भित्र कैद थिए,साथमा दुई खुट्टे चार खुट्टेको मासु प्लेटमा पारखी कुर्दै थिए।ज्ञानले भरिएका दुई चार जनाको बिचमा अल्पज्ञानी म पनि थिएँ।बोतल फोडिए,मासुहरुको प्लेट खाली भए,अब सुरु भयो साहित्यको कुरा।ज्ञानिहरु बिच अब भाषाको अवरोध थिएन,भुगोलको बन्धन थिएन।नेपाली कम अंग्रेजी बढी बोलिन थाले।वादको कुरा निस्कियो,सबैले मेरो कुरा ठूलो भने।कोहि कसैको बिचार सुन्ने मुडमा थिएनन् ।मपात्वको घडा चुली चुली थियो सबैमा।
एक ज्ञानिले भने "अब अति भयो बोतल बाट रक्सी पेटमा चढ्न पाएको छैन सुरु हुनै पर्ने जुँघाको लडाइ?"
उनले म चुप चाप बसेको देखेर प्रश्नको वाण फ्याके "तपाइले देख्दै हुनु हुन्छ,यो जुँघाको लडाइ?यिनिहरु सधै जुँघाको लडाइ लडिरहन्छ बुझ्नु भयो।"
म छक्क परे यिनिहरु जुँघाको पो लडाइँ गर्दैछन?अगाडि बढेर सबैको कुच्चिएको,रक्सिको भारले पच्चिएको अनुहार हेरे।कसैको नाक मुनि जुँघा थिएन।ए जुँघा नहुनेले तरल पदार्थ पिए पनि जुँघाको खोजाइमा गर्ने युद्धलाई आधुनिक भाषामा जुँघाको लडाइ भनिदो रैछ।बिसैलिको जिब्रोले बोल्नु भन्दा धार्निको टाउको हल्लाएर मैले बुझे भने।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive