Thursday, June 5, 2014

गीत By निराजन प्रभात लुइँटेल

यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
 nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com

यता उता सधैँ आँखा जुधाउँछ्न  किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।


सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु चुकाउँछ्न किन।।


 घाटा नाफा हुन्न,मायानै ठुलो।
रोप्न माया मन्मा,लगाउहै कुलो।।
आँखा नत गरी शिर झुकाउँछन किन
चोखो माया गर्ने माया लुकाउँछन किन।।


हेराइ भिन्दै यहा,माया भो जाली।
माया गर्ने हुन्छ,मुटु टुक्री खाली।।
मनको गाँठो उल्टो गरी फुकाउँछन किन ।
अतित् सम्झि ज्यान त्यसै सुकाउछन किन ।।


सधैं किन अन्तै आँखा जुधाउँछ्न किन।
रुप नाप्दै मन फेरी कुदाउँछन किन।।

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive