Tuesday, July 1, 2014

कथा-प्रयोग नम्बर एक


निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार​​


मिति ३०३० साल
स्थान चन्दमा  प्रयोगशाला
प्रयोग नम्बर #१
ठूलो भवन
मा​म छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै छ।बुढेसकाल भन्नू एक्लो जीवन,एक जना कियर गिभरको साथ सधैँ।आफ्नो शरीर आफुलाई घाँडो हुदा पनि केही गर्न नसकिने।पहिला पहिला धेरै बाँच्ने आशाले दिर्घजिवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु ?छोरा छोरी छन भन्नू मात्र,कोहि मंगलमा रे कोहि चन्द्रमा रे,त्यो   ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ,पहिला म सानो हुदा फेसबुक थियो,अहिले टाइमबुक भा छ।यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ,आफू जस्ता सँग कुरा गर्यो,सधैँ समान कुरा,सबैको भोगाई एक,उस्तै दुरुस्तै।गुनासो गरौ कहाँ गरौँ?कति क्रुर छ यो विश्व सरकार,पहिला जस्तो यहाँ छैन देश सबै एक देश,एक भेष,एक भाषा।सेक्स (स्त्री,पुरुष बीच)बन्देज छ यहाँ,सबै मेशिन बाट हुन्छ काम।बाबुको छोरा को चिन्न कठीन छ,ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नु पर्छ।यहाँ कोहि गरिब छैन,कोहि धनी छैन।सबैलाइ समान हक अधिकार छ।समान श्रम,समान उपयोगिता।न धर्म छ न युद्द छ।
आज यो विश्व सरकार,विश्व जनता अनि विश्व बैज्ञानिकको लागि बिशेष दिन,आज यो प्राविधिक युगको नयाँ क्रान्तीको प्रयोग हुने दिन अनि म त्यो प्रयोगको लागि छानिएको म ।कता कता खुशी लाग्दैछ,कता कता दुख पनि।अनौठो अनुभव हुदैछ ।आज बिश्व  जनता बडो कौतुहलता भएर यो बिशेष दिनलाई हेर्दै छन।

विश्व सरकारको नयाँ लक्ष्य​ भनेको नयाँ जन्मिने संतानलाइ निरुत्साहित गरि बिबेकशिल पूराना मानिसलाई पून जवान बनाई उनिहरुको कला कौसललाई उर्जा दिनु हो।नयाँ जन्मिएका संतानबाट केही आशा गर्न कठिन छ,उनिहरु ज्ञानले ​युक्त​ हुन्छन भन्ने पूर्ण भरोसा छैन ।नयाँ पिडी धेरै कुलतमा परेका,उनिहरुले कुनै प्रयोगात्मक कुरामा ध्यान नदिएकाले विश्व सरकारले यो नयाँ आविष्कार गर्दैछ। आज थोमस,ग्यालिलियो,आइस्टाइन जिवित भएका भए युगले नयाँ फड्को मार्ने थियो भन्ने निश्चित गरेर यो कदम चालिएको विश्व सरकारको धारणा छ।संतान जन्माउने कार्यले समयको बर्बाद मात्र हुने,नयाँ संतान भएपछी धेरै महिना निष्क्रिय हुने अनि संतानको भरण पोषण गर्ने चिन्ताले मानवलाई एउटा तनावको खाडलमा धकेल्दैछ।मानिसको महत्वपूर्ण समय खेर जादैछ,जून आजको यो विश्व मानवको हितमा छैन।यसैले धेरै लामो खोज अनुसन्धानकर्ताको मेहनतले आज बुढालाई पून जवान बनाउने प्रयोग हुदैछ।त्यो प्रयोगको लागि छानिएको म डा. निचोर्ड।

भोलि देखि सबै पुरुषको सुक्रकिट मार्ने काम हुनेछ।भोलि देखि कुनै महिलाले प्रसबको पीडा भोग्नु पर्दैन।नौ महिना दु:ख झेल्नु पर्दैन,हुन त उनिहरुको आमा बन्ने हक खिसिदैछ तर पनि सबैको प्रतिकृया यो कदमको स्वागतमै छ।खुशि नभएर दुखि हुने अनि आन्दोलन गर्ने यि सबै सक्त बन्देज छ यहाँ,सरकारले पारीत गरेको बिधाननै कानुन हो आज।पहिला जस्तो लिखित कानुन छैन हिजो आज।सरकारको बिरुद्ध बोल्ने अनुमति कसैलाई छैन छ त केबल न्यायपालिकालाई,न्यायपालिकाले चाहेमा सरकारको आदेश उल्टाउन पनि सक्छ।त्यसैले सबैले एकै श्वरमा यो कानुनको स्वागत गरेका छन् साथमा न्यायपालिकालेपनि यो सरकारी कदमको खुलेर स्वागत गरेको छ।यो विश्व सरकार चाहन्छ यो दुनियामा अमन चयन कायम राख्न । विश्व सरकार  युद्धको बिरोधि हो,युद्ध गर्न,आन्दोलन गर्न यहाँ पाइन्न।आफुलाइ चित्त नबुझेको कुरा उसले न्यायपालिका सामु राख्न सक्छ,त्यो बिषयमा न्यायपालिकाको फैसलानै अन्तिम हुने गर्छ।मनमा हलचल यसरी चल्न थाल्यो कि बिचारको ज्वारभाटाले डस्नु डस्यो,मलाइ कस्तो नमज्जा पनि लाग्दै छ खुशि पनि लाग्दैछ,डरपनि लाग्दै छ यसरी एकै पटक मानविय उत्वेग आएको पहिलो पटक होला,मन थाम्न कठिन हुदैछ,तर यो मनलाई नबाँधेरपनि नहुने बाध्यता छ।अनौठो कुरि कुरि हुदैछ मनमा।​कुर्सिबाट उठेर झ्यालबाट बगैचामा हेरे बगैचामा चराहरु डुलेको देखेर मलाई ईश्या लाग्यो।त्यसै गरेर स्वतन्त्र हुन पाएँ हुने जस्तो लाग्यो।सधैको यो प्रयोगशालाको जीवनबाट मुक्ति हुन मन लाग्यो।सररर आकासको सयर गर्दाको मज्जा अर्कै हुन्थियो होला भन्ने लाग्यो तर मलाइ त्यो स्वतन्त्र कहाँ छ र म त एक यन्त्र न हु,एक मेसिनको मान्छे जस्तो न हु।अरुको प्रयोग हुने साधन न हु।मैले यो दुनियाँलाई धेरै आविश्कार दिएको छु।यो युगको एक सफल बैज्ञानिक हु म।कहिले कहिले त लाग्छ कुन दिनमा यो क्षेत्रमा आएछु,आफुले आफुलाई नै धिक्कार्छु।तर कहिले भने खुशि लाग्छ यो दुनियाँले मलाई चिन्छ,मेरो आविश्कारलाई प्रयोग गर्छ।अब त झन् म चर्चित हुदैछु,ईतिहासमा मेरो नाम लेखिदै छ।नयाँ प्रयोग यो पनि मेरो आविश्कार हो,यो खोजमा मैले मेरा हज्जारै रात दिन बिताएको छु,मेरो दिमागको प्रयोग गरेको छु,अनि आज म नै यो प्रयोगको लागि तयारी हुदैछु।खुशि पनि छ,दु:ख पनि छ।खोइ के भन्नु के हो यो हाल?​
 ​
मेरा सबै सहकर्मि तयार भए प्रयोग गर्न।मलाई प्रयोगशालामा लगियो।हेरे मैले अनुसन्धान गरेको त्यो ल्याबलाई अनि हेरे मैले बनाएका यि शिष्यलाई,यि सबैमा एउटा नयाँ चमक छ,एउटा आशा छ,एउटा विश्वास छ।सफलताको स्वाद लिन आतुर छन् यि सबै साथमा म पनि।मलाइ बिहोस् पारिनु अगाडी मेरो मुटु अनि रक्त चाप चेक गरियो,सबैमा म पास भएँ।त्यस पछि प्रयोग गर्ने स्थानमा सुताइयो अनि सोधियो ​ डा निचोर्ड हजुर तयार हुनुहुन्छ यो प्रयोगको लागि भनेर।एक मनले त तयार नभए पनि यो सरकारको ईच्छा कसले उल्टियाउने त तर त्यसो भनिन म तयार छु भने।"निचोर्ड यदी यो प्रयोग गर्दा गर्दै ज्यानको तलमाथि भएमा तपाइ आफै यसको जिम्बेवारी हुनुहुने छ मञ्जुर छ?"सहकर्मिको प्रश्न  यो प्रश्नले कता कता मलाइ डर पलायो,मनमा डरको सत्ता हुदा मान्छेको मुटु किन छिटो छिटो धड्किन्छ आज थाहा भो मलाइ।डरलाइ काबु गर्दै भने म मञ्जुर छु।त्यस पछि मलाई बिहोस् पारियो।
 
जब म बिहोसी बाट बाहिर आएँ सारा मेरो आँखाले देख्ने जति दुनियाँ सबै रंगिन देखे,लाग्दै थियो यो एउटा विजय जुलुस हो। सबैको मुहारमा एक प्रकारको चहक-महक देखे,हर्ष देखे अनि सफलताको क्रान्ती देखे।म होसमा आए पछि बिश्व सरकार प्रमुखले मलाइ बधाई दिए।"डा निचोर्ड बधाई छ,अब यो ऐना हेर्नुस् हजुर जवान हुनु भो,हजुरले गरेको प्रयोग सफल भएको छ।अब हामिले नयाँ युगको थालनि गर्दै छौ यो सबै हजुरको लगनको प्रतिफल हो।
 ​"
मेरो अगाडी राखेको बडेमानको ऐनामा हेर्नु भन्दा पहिले मैले आँखा बन्द गरे अनि याद गरे मेरो दिन रातको मेहनतलाई।आज मेरो मेहेनतको प्रतिफल हेर्दै थिएँ म,हुन त आज सम्म मैले धेरै आविश्कार गरेको थिएँ तर यो मेरो जीवनको बिषेश आविस्कार थियो,मेरो लागि मात्र होइन यो बिश्वलाईनै नयाँ अनि बिषेश थियोहुनेछ।​
ऐना अगाडी उभिएँ बिस्तारै आँखा खेरे अहो! मलाई विश्वासनै भएन,साँच्चै म जवान भएको थिएँ।मेरो बाहिरी आवरण मात्र होइन भित्री मन पनि जवान भएको थियो।म भित्र जवानिको ताजगि,जोस् भरिएको थियो।अनायसै म उफिएँ,कराएँ,विजयको त्यो दिनलाई सम्झिएर मुक्कुराएँ।
समाप्त।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive