Monday, December 1, 2014

लघुकथा -खोक्रो आडम्बर


अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश छि छि! लाग्छ कहिले पाइला नटेकु खोक्रो रवाफ ओकल्यो ।दुई महिनाको बिदा कसरी बिताउनु चिन्ताको रेखा देखियो निधारमा ।उसको भनाइले लाग्दै थियो उ नेपाल कहिले आएको थिएन दुई महिना होलिडे मनाउन आएको छ पहिलो पटक ।

यी सबै उसले बोल्दै गर्दा म भने पूगे 2 वर्ष पछाडी,निगुरमुण्टी न भएर बारीको डिलमा सुच गर्दै गरेको भिडियो काष्ट भयो दिमागमा । बीना पानी उनिउको पात सोसेर सफा भए भिडियोको नायक । फेरि हलो जोत्न थाले,खाजा आयो लगाएको कपडालाइ टिसु मानेर दले उल्यो,सुल्टो दुबै तिर हात अनि बारीको डिलमै बसेर खाजा खाए तिनै हातले।
हातले भन्दा पो मेरो नजर उनको हातमा पर्यो जहाँ बेल्चा चलाउदाको ठेला स्पष्ट देखिन्थ्यो ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive