Monday, December 1, 2014

लघुकथा - " गुणस्तर"


हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा केही दिन रोजगार पाइएला भन्ने आशा पनि टुट्यो ।पश्चिमका इन्जिनियर,कामदार,मेसिन,ठेकेदार आए । खोलाको बगरमा टेन्ट लगाएर काम गुरु गरे ।

दुई कि मी काम भएपछी स्थानीय दलका अगुवाले काम गुणस्तरहिन भएको भन्दै अवरोध गरे,अगुवाको कुरा राम्रो हुनाले गाउँलेहरुले पनि ऐक्यबद्धता जनाए। एक,दुई,तीन हुँदै १५ दिन सम्म काम रोकियो।फाल्गुको अन्तिममा सुरु भएको काम यसरी अवरोध हुदा वर्षा भन्दा अगाडीनै सकिनेमा शंका हुनेनै भयो।
अगुवाले ठेकदार सँग वार्ता गर्ने भए,उनिहरुलाइ चिन्ता थियो यसरी अवरोधले मात्र निदान हुन्न । जो आफ्नो गाउँ बनाउने सपना थियो उनिहरुको।वार्ता सफल भयो,अब ठेकेदारले गुणस्तरमा जोड दिने वाचा गरे।
ठेकेदारले माछापुच्छ्रे बैकको चेक बुझाए होण्डा बाइक सोरुममा,अनि आठ बाइक लागे गाउँ तिर ।
आज बाटोको निरीक्षण भयो आठ बाइक चालकबाट । गुणस्तर १००% भएको प्रमाणपत्र दिइयो। यसै अनुसार बाटो पूर्ण गराउन आग्रह गरियो । सबै खुशी भए ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive