“चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले एकै स्वासमा बोल्यो । उ अर्थात् मेरो नयाँ रुम मेट । खासमा उ इन्डियन हो,तर अलिक आत्मीय छ म सँग ,खोइ केले त्यो न मैले बुझ्न चाहे,न उसले...
Thursday, August 27, 2015
भेडा जनता !
राजा बिरेन्द्रको हत्या हुदा म ताप्लेजुङको एउटा गाउँमा मावल बसेर पढ्दै थिएँ । त्यो बेलाको घटना मलाई याद छ राजा मरेको दुखमा मेरो हजुरबाले कपाल मुण्डन गराउनु भयो दुई छाक अनिलो खानु भयो । उहाँको भनाइ राजा भनेका शिर हुन, ईश्वरको एक रुप हुन । हो जस्तै लाग्थ्यो त्यो बेला बाल मस्तिष्कमा राजा भगवान नै भन्ने गहिरो छाप परेकाले पछि सम्म पनि त्यो छापले छोडेन...
नेता ज्यु, सडकमा टायर बालेर हो देश विकास हुने ?
देश हिजोआज कुन दिशामा बग्दैछ कसैलाई थाहा छैन । दिनदिनैको बन्द र हड्तालले देश झन्-झन् अधोगतितर्फ लाग्दैछ । हो, हामीलाई देशको चिन्ता छ; तर बाध्यताको जंजिरले बाँधिएर अरबभूमिमा श्रम र पसिना बगाउँदै छौँ । टायर बालेर र ढुङ्गामूढा गरेर आखिर देशलाई कुन स्थानमा पुर्याउने सोच छ होला यी आन्दोलनकारीको? आन्दोलनले देशलाई प्रगतितर्फ नभएर दुर्गतितर्फ धकेलिरहेको तथ्य...
“छोरा ! मेरो कात्रो माथि कुनै दलको झण्डा नपरोस्”….
एक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो...
Friday, August 14, 2015
काठमाडौँमा एक दिन , स्मृतिमा दिन दिन ।
आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव...
Tuesday, August 4, 2015
संस्मरण - मित्रता जोगिएको दिन
यो मेरो लागी नितान्त नयाँ स्कुल थियो।जीवनमा मैले ७,८ वटा स्कुल परिवर्तन गरे हुला।बुबा प्रहरीको जागिरे हुनाले बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ त्यहाँ हामी पनि जान्थ्यौ।बिरालोले छाउरा सारे जसरी सार्नु बाध्यता ।जब देखी मैले मावल बसेर पढ्न थाले तब स्कुल फेर्ने रोग निको भयो। धेरै स्कुल धेरै मित्र,धेरै शिक्षक।कक्षा ८ पास गरेर म मावल देखी पैदन उकालो...
मुक्तक ! 03-08-015
एक दिन पक्का देखाउने छु त्यो चन्द्रमामा गएर !
आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !!
धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल ,
इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!!&nbs...