Friday, February 26, 2016

लघुकथा - "देखाउने र चबाउने दात"

"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे 
"राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोले
आफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई स्थान दिन्छौ सम्म भन्न भ्याए । बजार व्यवस्थापन सम्म गर्दिने वाचा दिए ।

मेरो मन त्यही अल्झियो,कृति बजारमा आएको सपना सम्म देख्न भ्याए मैले त्यही समयमा । मैले मनको लड्डु घ्यु सँग चोबेर, कुपुकुपु खान सम्म भ्याएँ ।
पाण्डुलिपि जिम्मा लगाएर म बाहिर निस्किएँ ।
बाटोमा पुगेको थिएँ, केही सोध्न भुलेको हुनाले पून संचालकलाई भेट्न प्रकाशक गृहको कार्यलय तिर लागे ।
संचालकको कोठामा पस्नै लाग्दा, सुने ।
"के कस्तो चल्दैछ व्यापार ?" तेस्रो व्याक्ती
" धन हुने ,बुद्धि नहुने हुदा सम्म व्यापार चलिहाल्छ नि,यी भक्खर एउटा मुर्गाले पाण्डुलिपि दिएर गएको छ। " संचालक खित्का छोड्दै
म अलमल्ल , बाहिर जाउ या भित्र ?।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive