Monday, March 14, 2016

लघुकथा - बाकस


राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको लुगा खोलेर दराजमा राख्यो । पुरानो लुगा लगाएर कोठाबाट निस्कियो । 

बराण्डामा राखिएका काठका टुक्रा निकाल्यो,केही छरिएका काटी बटुल्यो । अनि ढुङ्गाको अचानो राखेर ढुङ्गाकै हेम्बर बनाएर काठलाई एउटा काठको बाकस आकार दियो । केही गम खायो, अनि कोठा तिर हेरेर चिच्यायो " मा गिरमिट छ ? "

आमाले भित्रबाटै कराइन " होइन यो केटालाई आज के भयो? किन चाहियो गिरमिट ? " 

"मा म बाकस बनाउदैछु" तुरुन्तै जवाफ दियो राकेशले

" होइन आज खाजा पनि खान पर्दैन ? के गर्न बाकस बनाएको अनि किन गिरमिट खोजेको ? " केही रुखो स्वरमा आमाले सोधिन

"मा म एउटा बाकस बनाउदैछु, रीताको बा पैसा कमाउन हाम्रो बा जस्तै टाढा जानु भएको थियो, आज बाकसमा बन्द गरेर ल्याएका थिए । कस्तो बडेमान बाकस थियो तर नि मा त्यसमा कतै प्वाल थिएन । रीताको बालाई श्वास फेर्न कस्तो गह्रो भयो होला है ? त्यसैले मैले पनि हाम्रो बालाई बाकस बनाउन लागेको । श्वास फेर्न सजिलो होस भनेर प्वाल पार्न गिरमिट खोजेको नि ।" राकेशले जवाफ दिदा दिदै पर कन्या खोलामा एकोहोरो शंख बजेको सुनिदै थियो ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive