Monday, March 14, 2016

कविता - परदेश र नियती


 भुत अध्यारोमा बित्यो
वर्तमान चिच्याउदै छ
भविस्य अत्यासिन्छ
दुख्छ पूरा जीवन
समयले कोर्‍रा हानी रहन्छ नियतिमा
जीउनुको नाममा जीवन बग्दैछ मेची कालीको पानी झै
मात्र पर्खिरहे झै लाग्छ मृत्यु उत्सव
पात्रोको पल्टाइ सँगै

सपनाका बडेमान भकारी
लडिरहेछन गन्तव्यको अनेक मोडमा
कहिले भरिएनन यी
बिताइए जीवनका अनेक वसन्त
फगत सपनाको भकारी भर्ने चहनामा
गिद्धहरुको शहरमा
बिचरा मेरा सपना 

सिनो भए
लुसि रहे कामको ,श्रमको नाममा
हरियो पासपोर्ट दुख्न थालेकोछ अचेक
दुखाइका चोट अझै ताजा हुदा छन्
दुखेर दुख्न नपाउनु को पीडा
रित्तिए र अरुलाई भर्नुको दुखेसो
ललाटमा कोरिएको कर्म रेखा
पसिनाको चुटाइले उहिले बगे जस्ता छन्
इनपूट पोर्ट एउटा छ
आउटपूट सयौ
सलहले बाली टिपे जस्तै
महङ्गिले आम्दामी टिपिरहेछ
जीन्दगीका बहि खातामा
खर्चका शीर्षक बढ्दा छन् ,
आम्दामीको शिर्षक घट्दो
आइडी फेरीए अरबमा
अह !
भरिएनन निराशका खाल्डाहरु

मन नभएका मनहरुको बस्तिमा
मेरो मन पनि मन नलागी नलागी
मन नभएको बन्दैछ
मरुभूमिको मिराज बन्दैछ
मृग तृष्णा कहिले नमेटिने रैछ
सखी
यो लोभिको भाडो साँच्चै उभिण्डो हुदो रैछ ।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive