Saturday, February 12, 2011

यो महान दिवसमा


अ-शेस अ-शेस माया तिमीलाइ यो महान दिवसमा

"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवसमा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्डको सहयोगले । हुन त यो मायाको महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सारा जस्तै मपनि रमाउँन खोजे मायामा डुब्न चाहे,यो बिशेष दिन पक्कै हो,त्यैले मात्र यो दिलको फोल्डरलाई तिम्रो मन को फोल्डरमा मेल गर्दै छु राम्रो सँग सुरक्षा गर है ।

प्रगढताको सितल्तामा महान्ताको संगीत गुन्जाउने यि अन्नत स्मरण मा चन्चलताहरु दिन त के कुरा गरौ हरेक पल स्मरण को मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन भन्न सकिन्न ।जाँहा पत्थरझै कठोरतामा छट्पटाई रहेका ति जिवित आत्मामा गन्तव्य बिहिन बिचार अंकुर हुन्छन तब सहयोगी पात्र को खोजी हुदोरहेछ,तेही खोजकै पात्र हो तिमी मेरो जीवन मा ।


असार महिनामा गरामा टिलपिल पानी भरिएझै गहमा आँशु ।वियोग बेदनले मान्छे लाइ कति सम्म डढाउछ?सपनिमा तिमीलाइ देख्छु,तब केही आशाका किरण देखा पर्छन तर सपना आखिर सपना नै त हो,यो पापी मन भड्किन्छ,मान्दै मान्दैन त्यसैले काली भोली तिमी मेरो सपनि मा आउनु है,पक्का आउनु नि!मा तिम्रो पर्खैमा हुन्छु ।साच्चै यो दिलको दिल सँगको समागम इश्वेर को लीला हो,नत्र टाढा हुँदा यो मन नदुख्नु पर्ने हो,दर्शनको आशा न अंकुराउनु पर्ने हो । भन्छन् नि माया जती टाढा भो उति गाँढा हुन्छरे।तर म त्यो मान्दिन।तड्पिदै भेट्ने ईच्छाहरु मनमा दबाउँदै मन मारेर बस्नु के माया के प्रेम?त्यसैले म आउँदै छु केवल हाम्रो मायाको,लागि तिम्रो लागि।

मैले पहिला देखिनै यो तन्,मन तिमीलाइ सुम्पिएको थिए ।तर आज पनि फेरी यो अस्वेत कागजमा शब्दलाई ओकल्दै मनका भावना पोख्ने अठोट गरे ।यसरी मैले तिमी लाई समर्पित गर्दा आफ्नो मुटुमा परेका उल्लास,उमङ म कसरी व्याख्या गरु ?यो कलम सँग शब्द कहाँ छ र यो भाव-भावना लाइ समेट्ने ।भन्छन् नि माया जती टाढा भो उति गाँढा हुन्छरे।तर म त्यो मान्दिन।तड्पिदै भेट्ने ईच्छाहरु मनमा दबाउँदै मन मारेर बस्नु के माया के प्रेम?त्यसैले म आउँदै छु केवल हाम्रो मायाको लागि तिम्रो लागि।

"काली"भगवानले मानिस लाई ठुलो छाति दिएका छन्,जहाँ जती पनि माया अटाउन सक्छ,किन तिमी मेरो माया लुकाउन चाहनछौ ?मलाई थाहा छ तिमी पनि म मा हराउन चाहन्छौ,मलाई माया गर्छौ तर किन काली आखिर किन ? ? ?माया त जती गर्यो उति बढ्छ,माया मन को बैक मा राखेर ब्याज आउँदैन ।

तिमी नलुकाउँन माया!
त्यसै नझुकाउँन माया!!

 रोप्पौँ आउँन सँगै प्रेम!
त्यसै नसुकाउँन माया!!


जे भए पनि तिमी लाख लाख जुनि सम्म मेरी हो केबल मेरी ।यो मायाको दिवसमा तिमी लाई शुभकामना है । । ।

हँशोको रंगशालामा आशुको अभिनय,
लेखिएको पत्रको अन्त्य मा मेरो परिचय


===============
मायालु मनहरु

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive