Thursday, January 6, 2011

"ठग"

"ठग"

"हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु हुन्छ?"
उसले आँखामा आँशु टिलपिल पर्दै भन्यो"३ महिना भयो हजुर,गरिबको छोरा भएर तेस्ले धेरै दु:ख पायो ।" त्यो मान्छे देखेर मेरो बाबाको मलिन अनिहार याद आयो ।सोचे मलाई पाल्न अनि हुर्काउन मेरो बाबाले अनि यस्तै कति दुखमा दिन काट्नु भयो होला है।अनी मेरो साथमा भएको १०० रियाल मैले दिदै भने दाई मैले यो भन्दा धेरै सहयोग गर्न सकिन,यो लिनुस् एक थोपा भए पनि हजुरको छोरालाइ काम लाग्छ ।हजुरको छोरालाइ भगमानले रक्षा गर्ने छन ।

तीन दिन पछाडि काम बिशेषले म सनैया गएको थिए,बाटामा लुमा खाएर हल्लिदै हिडेको मान्छे चिने जस्तै लाग्यो गाडी रोकेर हेरेको त त्यो मान्छे त त्यै  नक्कली बिरामी  छोराको नक्कली बाबु रहेछ । उसलाइ बोलाए उसले पनि मेरो आवाज तिर हेर्यो तर मलाइ देख्ने साथै उ झस्कियो,यो पलमा उसलाइ लुमाको मातले पनि रोक्क सकेन उ त्यहाँ बाट भाग्न थाल्यो।मैले उसलाइ पिछा गरिन अनि गर्न उचित पनि मानिन।मेरो मन कता कता अमिलो भयो।मन बाँधे अनि अगाडि बढे,अमिलो मननै लिएर।


note-लुमा-एक पिए प्रदार्थ(रक्सि जस्तै) जस्को प्रयोग धनिहरुको(सेख)घरमा पाइखान सफा गर्न गरिन्छ

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive