Tuesday, January 25, 2011

(शुभ-दिनको सुरुवात

मैले लेख्दै गरेको उपन्यास-"प्रभात(शुभ-दिनको सुरुवात)" बाट एक अंश हजुरहरु माझ राखेको छु,उचित सुझाब को आशामा-निराजन)

अशोज महिना तोक्मे डाँडाको चिसो सिरेटो,मनमा नयाँ कपडा लगाउने रहर ।काकी र म कपडा किन्न भनि आज बजार गएका थियौ,यसै सिलसिला मा हामी एउटा कैयाको पसल मा गयौ ।त्याहा मैले एक मन पर्ने कपडा देखे त्यो किन्न लगाइ हाले ।काकी भने अरु लाइ कपडा हेर्दै हुनु हुन्थियो,त्यही समय मा मेरो नजर बाटामा हिडिरहेको काली मा पर्‍यो ।म छक्क परे काली पनि बजार ।काकी लाई एक छिन म यसो बहिर घुमेर आउछु भन्दै कैयाको बाट निस्किए ।
काली लाई पछि लागे अनि उनको नजिकै पुगेर बोलाए ए!काली ।एक्कासी कसैको मुख बाट आफनो नाम त्यो पनि यो टोक्मे बजार मा लिदा आस्चर्यमा पर्दै पछाडि फर्किन ।

मलाई देखे पछि मुसुक्क हाँस्दै ओइ प्रभात त पनि यहाँ? अनि कस्तो तर्सिने गरी किन कराएको नि?अनी को सँग आइस नि?प्रश्न माथि प्रश्न गरीरही ।काली हो म पनि बजार मा अनि काकी सँग आएको नि अनि तिमी मैले पनि प्रश्न गरे उत्तरको साथमा । म एक्लाई आएको काली को उत्तर ।यसरी कुरा गर्दै हामी निक्कै पर पुगिसकेका थियै ।कुरा गर्दै गर्दा ओइ प्रभात आज बजार मा भेट भा छ मलाई केही उपहार किनिदिदैनस? काली ले आज पहिलो पटक म सँग केही माग्दै छे मायाको चिनो ,मायालुको लागि मान्छेले के के गर्छन रे म पनि के कम हुन्छ किन्दिन्छु मेरो काली भन्दै एउटा घडी पसल तिर लागे ।पसलमा धेरै प्रकार को घडी थिए,एक गरीब किसान को छोरो म म सँग धेरै पैसा कहाँ थियो र अस्ती भख्खरै कुखुराको भाले बिक्री गरेको २०० रुपया थियो त्यो पैसा ले एउटा लेडिज घडी किन्दिए ।बाहिर आएर ओइ काले तेरै हातले यो घडी बाँन्देन भन्दै घडी र हात म भए फैलाइ ।उसको हातमा त्यो घडी कति सुन्दर देखियो ।त्यो समयमा खुशी लाइ लुकाउन नसकेर काली ले मेरो गला सुमसुमाइ पछि लजाउदै हात मेरो गाला बाट निकाली।त्यो समय काली धेरै खुशी थिइन ।बाटुलो अनुहार,छौदा निधार,चुच्चो ना साच्चै सुन्दर थि काली झन खुशीको किरणले अधर चुम्दा ।काली मेरो मुटुको धड्कन थिइ,रगत थिइ,श्वास थिइ,लंगडोको बैसाखि,कानोको आँखो थिइ ।माया मन मा हुन्छ अनि मुटुमा जरा गाँडेर बस्छ सदा सदा ।

कुरै कुरा मा हामी तोक्मे बजार को पल्लो छेउ पुगिसके छौ ।म- काली एक कुरा भन्छु नाइ नभन ल । काली-के कुरा हो भनन ,म-होस भन्दिन भरे मानेनौ भने? काली काले मान्छु पहिला भनत सही ।म-काली आज फिल्म हेरौन ल ।लामो समय पछि मैले प्रस्ताब राखे ।काली ले मुस्कौदै ओइ लाटा यतिकुरा गर्न पनि यत्रो गाहो है ल जाउ हेर्न भनि । हामी दुई फिल्म भवन तिर लाग्यै ।त्यो समयमा नेपाली चलचित्र आगो लागिको थियो ।"आगो"एक मर्म स्पर्शी फिल्म्,प्रहरी ज्याजति,मओबाद जन्मनुको कारण त्यहाँ पूरै देखाइएको छ ।म कोमल हृदय भएको मान्छे पक्कै होइन तर यो फिल्म को कहाँनिले मलाई रुवायो,म फिल्म हेर्दा हेर्दै रोए छु,त्यो पल कालीले मायालु पारालेबोलाँउदा म झस्किए,कालीले मेरो आशु पुछिदिइन त्यो समय मेरो मन ले भन्यो काली यसरी सधैं सधैं मेरो आशु पुसिदेउल ।

०२:३० मा फिल्म सकियो हामी बाहिर निस्कियौ ।म भित्र त्यो फिल्म को प्रभाव गहिरो पर्‍यो ।बाटा मा भने काली मैले आज एउटा निधो गरे ।के निधो प्रभात?काली ले प्रश्न गरिन ।म भाबुक हुँदै भने काली अब म पनि मओवादी मा जान्छु यो देसको मुहार फेर्छु ।देश मा भएको कु-संकार,कुरिती हरु लाई हटाइ देशमा गणतन्त्र ल्याउनु आज को खाँचो हो ।म बोल्दै गए काली मलाई हेर्दै कालो अनुहार लगाउदै गाइन ।एक्कासी काली बजारमै मान्छेको हुलमै रुन पो थाली ।अनी मेरो हात समातेर एक नास्ता पसल तिर लागि म पनि उस्कै पछि लगे ।नास्ता पसल मा हामीले चाउमिन बनाउन लगायौ ।अनी हामी एक कुर्सिमा बस्यौ ।कालीले मलाई एक तमासले हेरीरहि,म प्रभात न भएर अरु कोही नयाँ मान्छे जस्तै गरी ।अनी रुन्चे स्वरमा भनि काले पक्कै तिमी मओवादी मा जानेहो?मैले निसन्देह हाँस्दै भने काली यो जनयुद्धमा म जस्ता हजारौ,आमाका छोरा छन ,हजारौ प्रेमिकाका को प्रेमी छन ।काली देशको लागि म यो सारा संसार त्याग्न सक्छु ।काली तिमी लाई गुरुप्रसाद मैनालिको "शाहीद" कथा याद छ नि हो म पनि वीरबहादुर बन्न चाहन्छु ।काली यो मेरो उन्बेगमा लिएको निधो होइन ।काली जब देशमा हाम्रो बिजय हुन्छ तब हामी विवाह गरौला,एक सुखी जीवन बिताउला ।मैले यती के भनेको थिए काली रुदै बहिर निस्की र बाटो लागि,मैले उस्लाई रोक्ने प्रयास सम्म गरिन मेरो मन फेरी सकेको थियो ।चाउमिन नखाइ पैसा तिरेर म पनि बहिर निस्किए ।
कता कता नेप्थय मा यो गीत बजिरेहे थियो ।"खोकु चिन्ताङ दुख्यो कि अरुण सुसाउदा मन सबको रुन्छ नि दु:ख बिसाउदा ।"म भित्रको आगो दन्कीहेको थियो .......

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive