कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।
आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।
छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?
अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।
ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।
साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म ।
बाबु माग्ने युग सँग माग्दै बित्यो समानता ।रीती फेर्न शक्ती पाउँ अंजुलीनै थाप्दैछु म ।
लेखनकाल -२०११ /०२/०४
0 सुझाबहरु:
Post a Comment