Thursday, March 10, 2011

गज़ल-६४


जब हुन्छु एक्लै एक्लै ,एकोहोरो मात्रै हुन्छु म त ।
जून जस्तो मुहार सम्झि,धुरुधुरु आज रुन्छु म त ।।

तिमी उता म छु यता,आजै भेट्न पाएँ कस्तो होला ।
कल्पी कल्पी फोटो हेर्दा,अत्यासले मुख थुन्छु म त ।।

दियौ माया मुरी भरी,भाग्यमानी ठाने आफुलाई।
बढ्ने याद जाने होइन,तर तिमै फोटो छुन्छु म त ।।

आशा गर्दै मिलनको,सम्हालेर मुटु आज सम्म।
तिम्रो साथ पाएँ पछी,सफलताको आशा तुन्छु म त।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive