Saturday, May 21, 2011

बुलबुलमा वाचन भएको पत्र


"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु।

यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि ।।

 "काली" तिमी विना म एक्लोछु,अपूर्ण छु।सधैँ साथ बस्ने चाहनालाइ लात हानेर यो मरुभुमीमा बस्न बध्य,विवस यो परदेशिको मन पक्कै बुझ्नेछौँ तिमीले।तिमी बिना मेरो मुटु मुल्यहिन छ,निश्सर छ तर के गर्नु बाध्यता एका तिर खम्बा जस्तै उभिएको छ अनि अर्को तिर तिमी।भोलीको सुखद दिनको खातिर आज बाध्यतालाइ  स्वीकार गर्दौछु ।।

हिजो आज एकान्तनै प्रीय लाग्छ मलाई किन किन कोलाहलले भरिएको वातावरण भन्दा।सदा सदा सम्झन्छु तिमिलाई ,मेरो मनकी रानीलाई,मेरो मनको ढुकढुकीलाई।मनले भन्छ अंगालोमा कसु र यो अत्यासले भरीएको जीवन सुम्पिदिउ तिमीलाई।मेरो चक्षुबाट अनवरतरुपमा वर्षाको पानीझै झर्ने आँसुले रुझाईदिउ तिम्रो पछ्यौरी-आभाष दिलाईदिउ तिम्रो अनुपस्तिथिमा यो मन कती बिरक्तिएको छ,आत्मामा कती मायाले तछाडमछाड गरिरहेछ।अनि मन लाग्छ देखाईदिउ तिमीलाई यो मनमा छताछुल्ल भएको माया केवल तिम्रो हो मात्र तिम्रो।।

"काली" शारदिय धरतीमा चन्द्रमाको उपस्तिथिमा त्यस्ता कयौ रातहरु समाप्तिएका छन् स्म्रुतीको अमर अक्षरहरु बनेर।आगतको आँगनबाट विगतको सम्झनामा फर्किन कति मिठो हुन्छ।विगत जतीसुकै तितो,बिरुप,अनकन्टार भएँ पनि आगत भन्दा विगत प्रीय लाग्दो रहेछ।तिनै प्रीय विगातहरुको सुखद स्मृतीमा बाँछिरहेछ यो वर्तमानपनि केवल तिम्रो नाममा।।

हिजो सम्म रिक्त रिक्त म तिम्रो साथले पूर्ण हुदैछु,दूर भएपनि जीवन के हो बुझ्दै छु तिम्रो मायालुपनले।"कली"यदी अन्तर्मिलनले पनि यसरी त्यहि(मनबाट)मिलनकै वावजुद विछोडको भूलसरह संज्ञा दिन्छ भने यसरी यो नाशवान भौतीक तनलाई बिताईदिन्छु बिछोडको काखामानै लुडिबुडि गर्दै।।

"काली"मानव जीवन आखिर बिछोड-मिलन,दु:ख-सुख त भोगाई हो भने एकतर्फी संगमपनि।तसर्थ आपसि नाता,स्नेह,प्रेम प्रतिक्षा हो पूजा हो,केवल धैर्यता पनि त हो होइन र??मिलनको सुखद दिन कुरेर बस्दै गर म पक्कै आउनेछु मायाका बिशाल सन्दुक बोकेर,तिम्रो आलिंगनमा बेरिन,यो मायाले छछल्किएको मुटुलाई बिसाउँन।केवल प्रतिक्षा गर त्यो पलको।।।



उहि तिम्रो जीवन साथी
रेगिस्थानबाट
निराजन"प्रभात "लुइँटेल 

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive